आन्दोलन फिर्ता लिन चिकित्सकलाई स्वास्थ्यमन्त्रीको आग्रह
शुक्रबार, असोज १२, २०८०
1695899608.jpg)
पाल्पाका चिकित्सकहरु पनि आन्दोलित
बिहीबार, असोज ११, २०८०
सुरक्षाको माग गर्दै देशभरका चिकित्सक आन्दोलित बनेका छन् । पाल्पामा पनि बुधबारदेखि चिकित्सकहरु आन्दोलित भएका छन् । ज्यानको सुरक्षा नभएको भन्दै उनीहरू सरकारलाई दबाब दिन आन्दोलनमा उत्रिएका हुन् ।

पाल्पाको पूर्वखोलामा देखियो मलेरिया
बुधबार, असोज १०, २०८०
जिल्लाको पूूर्वखोला गाउँपालिकामा मेलेरिया देखा परेको छ । विगतमा तराइमा लामखुट्टेको टोकाइबाट लाग्ने मलेरिया बिस्तारै लामखुट्टे उकालो लागेसँगै पहाडी जिल्ला पाल्पामा पनि देखिन थालेको हो ।

पाल्पामा डेंगी संक्रमणबाट थप एकको मृत्यु
सोमबार, असोज ८, २०८०
पाल्पामा डेंगी संक्रमणबाट थप एक जनाको मृत्युु भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार सोमबार माथागढी गाउँपालिका– १ चिदीपानी बुढीकोटका ३५ वर्षीय गोविन्द सारुको डेंगी संक्रमणबाट मृत्यु भएको हो ।

स्वास्थ्य क्षेत्रमा धेरै सुधारको काम गरेका छौँ : स्वास्थ्यमन्त्री बस्नेत
बुधबार, असोज ३, २०८०
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा मन्त्रालयले धेरै सुधारको काम गरेको बताए । मिर्गौलाका बिरामीलाई जुटाएको सहयोग हस्तान्तरण गर्ने कार्यक्रममा आज सहभागी हुँदै उनले स्वास्थ्य क्षेत्रमा लामो समयदेखिका यथावत समस्या समाधान गर्न सफल भएको दाबी गरे ।

महङ्गा स्वास्थ्य उपकरण अस्पतालका कोठामा थन्किए
बुधबार, असोज ३, २०८०
लुम्बिनी प्रादेशिक अस्पतालले विशेषज्ञ सेवासहितको सेवा प्रदान गर्दै आएको छ । यस अस्पतालमा बहिरङ्ग (ओपिडी) विभागमा दैनिक बिरामीको परीक्षण र उपचार गर्ने क्षमता पाँच सय जति रहेको छ । तर यहाँ दैनिक दुई हजार पाँच सयसम्म बिरामी उपचारका लागि आउँछन् ।

सर्पले डसेर दुई महिनामा छ जनाको मृत्यु
बिहीबार, भदौ २८, २०८०
दाङमा दुई महिनामा सर्पको टोकाइबाट छ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दुई महिनामा सर्पदंशका एक सय सात घटना भएका थिए । साउनमा ३६ र भदौमा १८ गरी ५४ जना महिला तथा साउनमा २८ र भदौमा १३ गरी ४१ पुरुष सर्पले टोकेर घाइते भएका थिए ।

लायन्स क्लव पाल्पाद्वारा रक्तदान
बुधबार, भदौ २७, २०८०
जिल्लामा क्रियाशील सामाजिक संस्था लायन्स क्लव अफ पाल्पाले रक्तदान कार्यक्रम गरेको छ । बिरामीका लागि रगतको अभाव हुन नदिन क्लवले वार्षिक कार्यक्रम अन्तर्गत बुधबार रक्तदान कार्यक्रम गरेको हो ।
पूर्वखोला स्वास्थ्य शाखा उत्कृष्ट घोषित
बुधबार, भदौ २७, २०८०
गत आर्थिक वर्षमा पाल्पाका १० स्थानीय तहमा पूर्वखोला गाउँपालिका स्वास्थ्य सेवा प्रदानमा उत्कृष्ट स्वास्थ्य शाखाको रुपमा घोषित भएको छ ।

कार्यक्रमको समीक्षा गर्दै कार्ययोजनामा जुटे पाल्पाका स्वास्थ्य संस्था
मंगलबार, भदौ २६, २०८०
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले गत आर्थिक वर्षको समीक्षा सुरु गरेको छ । कार्यालय अन्तरगत सञ्चालन भएका विभिन्न कार्यक्रमको प्रभावकारीता र चालु आर्थिक बर्षको योजना बनाउने उद्देश्यसहित सोमबारदेखि समीक्षा गोष्ठि सुरु गरेको हो ।

स्क्रब टाइफसबाट एक महिलाको मृत्यु
सोमबार, भदौ २५, २०८०
जिल्ल्लामा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको कावासोती नगरपालिका–१७ की ४८ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप भदौ २७ देखि
बुधबार, भदौ २०, २०८०
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले एचपीभी खोपको शुभारम्भ परोपकार प्रसूति तथा रोग अस्पतालबाट गर्ने तयारी भइरहेको जानकारी दिए ।

वालिङमा मोतियाविन्दुको शल्यक्रिया सेवा
बुधबार, भदौ २०, २०८०
स्याङ्जाको वालिङ स्थित गह्रौँ प्राथमिक अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया सेवा सुरुआत हुने भएको छ । यसका लागि हिमालय आँखा अस्पताल पोखरा र जिल्ला आँखा उपचार केन्द्रका बीचमा मासिक शल्यक्रिया सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको छ ।