लुम्बिनी प्रदेशको वित्तिय प्रगतिमा स्वास्थ्य मन्त्रालय पहिलो
शनिबार, फागुन १०, २०८१

रामपुरमा घुम्ती शिविरमार्फत नागरिकलाई सेवा
बिहीबार, फागुन ८, २०८१
जिल्लाको रामपुर नगरपालिकाले वडा नं. ९ मा एकीकृत घुम्ती शिविरमार्फत नागरिकलाई सेवा प्रवाह गरेको छ । नगरपालिकाको कार्यालयको पहुँच भन्दा टाढा रहेका नागरिकहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले शिविरमार्फत सेवा प्रवाह गरेको हो ।

पाल्पामा प्रजातन्त्र दिवसमा निःशुल्क स्वास्थ्य परीक्षण
बुधबार, फागुन ७, २०८१
प्रजातन्त्र दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले निःशुल्क रुपमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शिविरमा सुगर, ब्लड प्रेसर, मृगौला परीक्षण तथा उचाई र तौल नाप जाँच गरिएको हो ।

अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली शुरु
सोमबार, फागुन ५, २०८१
गुल्मी अस्पताल तम्घासमा विश्व स्वास्थ्य संगठन नेपालको सहयोगमा पहिलो पटक यो सातादेखि विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु गरियो । सो प्रणालीको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले एक समारोह बीच गरेका हुन ।

पाल्पाको रिब्दीकोटमा पहिलो दिन ३ सय बढी किशोरीले लगाए ‘एचपिभी’ खोप
सोमबार, माघ २८, २०८१
जिल्लाको रिब्दीकोट गाउँपालिकामा पहिलो दिन ३ सय भन्दा बढी किशोरीहरुले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एच.भि.पि ) खोप लगाएका छन् ।

६ वर्षदेखि ओछ्यानमै, निको हुने आशामा केशर
शुक्रबार, माघ २५, २०८१
एक्चालिस बर्षको लक्का जवान, मझेरीमा मुढो जस्तै पल्टी रहन्छन् । बोली टाठो छ, अनुहारमा आशाका किरणहरु झल्की रहेका छन् ।

आज विश्व क्यान्सर दिवस मनाइँदै
मंगलबार, माघ २२, २०८१
विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्ष फेब्रुअरी ४ तारिखका दिन मनाउँदै आएको विश्व क्यान्सर दिवस आज नेपालमा पनि मनाइँदैछ । विभिन्न चेतनामूलक कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।

‘एचपिभी खोप अभियान सफल बनाउन सबै लागौं’
बिहीबार, माघ १७, २०८१
जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले पाठेघरको मुखको खोप अभियान सफल बनाउन सबैलाई आग्रह गरेका छन् । स्वास्थ्य कार्यालय गुल्मीले आयोजना गरेको खोप समन्वय समितिका पदाधिकारी र सञ्चारकर्मीबीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले सञ्चालन गर्न लागेको पाठेघरको मुखको क्यान्सर बनाउने Þयुमन प्यापिलोमा (एचपिभी) भाइरस विरुद्धका खोप अभियानमा सफल बनाउन...

पाल्पामा सरसफाइ गरेर मनाइयो सहिद दिवस
बुधबार, माघ १६, २०८१
बुधबार पाल्पासहित देशैभर विविभन्न कार्यक्रम गरी सहिद दिवस मनाइएको छ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी दिवस मनाइएको हो ।

रामपुरमा एच.पि.भी खोप सम्बन्धी अभिमुखिकरण
मंगलबार, माघ १५, २०८१
जिल्लाको रामपुरमा पाठेघरको मुखको क्यान्सरविरुद्धको Þयुमन प्यापिलोमा भाइरस (एचपिभी) खोप सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ । नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम भएको हो ।

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप, तयारी प्रायः पूरा
सोमबार, माघ १४, २०८१
दाङको राप्ती गाउँपालिकाले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतका अनुसार पालिकाभित्रका दुई हजार आठ सय १२ जना किशोरीलाई खोप लगाउन सम्पूर्ण तयारी अन्तिम चराण्मा पुगेको छ । सामुदायिक र संस्थागत विद्यालयका दुई हजार सात सय १६ र विद्यालय बाहिर रहेका...

पाल्पामा १० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
सोमबार, माघ १४, २०८१
जिल्लामा १० हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एच.भि.पि ) खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लाका दश स्थानीय तहमा रहेका २ सय ४ वटा सामुदायिक र ३१ वटा संस्थागत विद्यालयका १० हजार ४ सय ५८ जना किशोरीलाई खोप लगाइने भएको हो ।

बागलुङमा ‘फेको’ प्रविधिबाट आँखाको शल्यक्रिया
बुधबार, माघ ९, २०८१
बागलुङमा प्रविधिको प्रयोगबाट पहिलो पटक आँखाको शल्यक्रिया गर्न थालिएको छ । नेपाल नेत्रज्योति सङ्घ बागलुङ र धौलागिरि आँखा अस्पतालद्वारा ‘फेको’ प्रविधिबाट मोतियाबिन्दु भएका बिरामीकोे शल्यक्रिया गर्ने कार्यको शुभारम्भ गरिएको हो ।