सेवा विस्तार गर्दै रामपुर अस्पताल
बुधबार, चैत ८, २०७९

चन्द्र भण्डारीको स्वास्थ्य अवस्थामा सुधार
शुक्रबार, फागुन २६, २०७९
भारतको मुम्बईस्थित नेशनल बन्र्स सेन्टरमा उपचाररत नेपाली कांँग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार आइरहेको छ ।

‘हजार दिने आमा’लाई निःशुल्क क्याल्सियम
शुक्रबार, फागुन २६, २०७९
अर्घाखाँचीको पाणिनि गाउँपालिका–६ मा ‘हजार दिने आमा’हरुलाई क्याल्सियम वितरण गरिएको छ । गर्भ रहेदेखि बच्चा दुई वर्षको हुँदासम्मका आमाहरुलाई निःशुल्क क्याल्सियम वितरण गरिएको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

रेसुङ्गा नगर सरकारले चलायो निःशुल्क स्वास्थ्य शिविर
आइतबार, फागुन २१, २०७९
जिल्लाको रेसुङ्गा नगर सरकारले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नगरभित्रै विशेषज्ञ डाक्टरहरुबाट सेवा दिने उद्देश्यले नगर सरकारले तम्घासमा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

कांग्रेस नेता डा.भण्डारीको स्वास्थ्यमा सुधार
शनिबार, फागुन १३, २०७९
नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । काठमाडौँको बुद्धनगरस्थित आफ्नै घरमा १० दिन पहिले ग्यास चुहिएर विष्फोट हुँदा घाइते भएका डा भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको हो ।

तीन जिल्लामा हात्तीपाइले रोगविरुद्ध अभियान
बिहीबार, फागुन ११, २०७९
लुम्बिनी प्रदेशका तीन जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान आजदेखि सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीस्थित पिपरी स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा सो अभियान शुभारम्भ गरे ।

अर्घाखाँची अस्पतालमा बिरामीको चाप बढ्दो
बुधबार, फागुन १०, २०७९
जिल्ला सदरमुकामस्थित अर्घाखाँची अस्पतालमा बिरामीको संख्या ह्वात्तै बढेको छ । केही समयपहिला सरकारी तथा सामुदायिक अस्पतालमा उपचार गराउनाको साटो निजी स्वास्थ्य संस्थामा उपचार गराउनेहरू पनि अहिले जिल्ला अस्पतालमै उपचार गराउन पुग्ने गरेका छन् ।

रामपुर अस्पतालमा एकद्वार संकट व्यवस्थापन केन्द्र
आइतबार, फागुन ७, २०७९
पाल्पाकै ठूलो अस्पतालका रुपमा रहेको रामपुर अस्पतालमा लैङ्गिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना गरिएको छ । लैङ्गिक हिंसामा परेका नागरिकको स्वास्थ्योपचार, कानुनी उपचार र कानुनी सहायता, परामर्श र पुनरुत्थान गर्ने उद्देश्यले यहाँ एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) स्थापना गरिएको हो ।

सांसद भण्डारीको ‘दुवै खुट्टाको शल्यक्रिया, आत्तिनुपर्ने अवस्था छैन’
शुक्रबार, फागुन ५, २०७९
घरमै ग्याँस लिक भएर आगलागी हुँदा जलेर घाइते भएका काँग्रेस नेता तथा गुल्मी १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद डा. चन्द्र भण्डारीको भारतमा उपचार जारी छ । सांसद भण्डारीको अवस्था स्थिर रहेको र आज दुवै खुट्टाको सफल शल्यक्रिया गरिएको नेपाली काँग्रेसका नेता योगराज कँडेलले मुम्बईबाट जानकारी दिएका छन् ।

काँग्रेस नेता भण्डारीको भारतमा उपचार हुँदै
शुक्रबार, फागुन ५, २०७९
बुधबार राति खाना पकाउने ग्याँस लिक भएपछि आगलागीबाट घाइते भएका नेपाली काँग्रेसका नेता एवं सांसद डा. चन्द्रकान्त भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ ।

रामपुर आयुर्वेद अस्पतालको भवन नगरपालिकालाई
शुक्रबार, फागुन ५, २०७९
निर्माण गरिएको रामपुर आयुर्वेद अस्पतालको भवन नगरपालिकालाई हस्तान्तरण गरिएको छ । १५ शैयाको उक्त भवन एक कार्यक्रमका बिच रामपुर नगरपालिकालाई हस्तान्तरण गरिएको हो । नेपाल सरकार शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यन्वयन इकाई रुपन्देहीबाट बजेट विनियोजन भई भवन निर्माण गरिएको थियो ।

सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बइ लगियो
बिहीबार, फागुन ४, २०७९
ग्याँस सिलिण्डर विस्फोबाट घाइते भएका नेपाली कांँग्रेस सांसद डा.चन्द्र भण्डारीलाई थप उपचारका लागि मुम्बइ लगिएको छ । श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत् भारतको मुम्बईस्थित नेसनल स्किन वर्न अस्पताल उपचारका लागि लगिएको हो ।

ग्याँस सिलिण्डर विस्फोट हुँदा दुई घाइते
बिहीबार, फागुन ४, २०७९
दाङको तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरामा आज खाना पकाउने ग्याँस सिलिण्डर विस्फोट हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१६ लहलौराका ५० वर्षीया कुसुम केसी र चितवन जिल्ला भरतपुर महानगरपालिका–५ घर भई हाल तुलसीपुर–१६ मा बस्दै आएका २९ वर्षीय आशिष खनाल रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।