Shittalpati
शीत काव्यका लागि पुरस्कार स्थापना

पाल्पा, पाल्पाको साहित्यिक फाँटमा जन्म लिएको शीत काव्यका लागि पुरस्कार स्थापना गरिएको छ । समाजसेवी, शिक्षासेवी साहित्यकार लव जोशीले शीत काव्यको व्यापिकरणका लागि रामबहादुर सुन्दरीमाया स्मृति शीत साहित्य पुरस्कारका लागि अक्षयकोष स्थापना गरिदिएका छन् ।

लुम्बिनी वाङमय प्रतिष्ठान नेपाल पाल्पाद्वारा आयरुोजित साहित्यिक कार्यक्रममा जोशीले लुम्बिनी वाङमय प्रतिष्ठान नेपालद्वारा यो पुरस्कार शीत काव्यको व्यापिकरणका लागि कलम चलाउने स्रष्टालाई हरेक बर्ष नगद १० हजार प्रदान गर्ने गरी अक्षयकोष स्थापना गरिदिएका हुन् । वर्ष २०७९ का लागि यो पुरस्कार शीत काव्य समाज नेपालका अध्यक्ष, शीत काव्यका परिकल्पनाकार, साहित्यकार पुष्कर अथक रेग्मीलाई प्रदान गरिएको छ । साहित्यकार कमल खत्री, डा.टंकप्रसाद पन्त, ऋषि आजाद, पुरस्कारदाता लव जोशीले संयुक्त रुपमा उक्त पुरस्कारबाट रेग्मीलाई सम्मान गरेका थिए ।

२०७८ असार ७ गते पाल्पाको तानसेन श्रीनगर क्षेत्रबाट पुष्कर अथक रेग्मीले कविता–काव्य साहित्यको लघुतम उपविधाको रूपमा शीतको परिकल्पना प्रस्ताव गरेसंगै साहित्यकार लव जोशीले शीत लेख्दै आएका थिए । शीतबाट प्रभावित भएपछि यसको प्रचार–प्रसारका गर्ने उद्देश्यले जोशीले पुरस्कार कोषको स्थापना गरिदिएका हुन् । चतुष्पदीय, मुक्तकीय प्रभेदभित्रको लघुतम अष्टाक्षरी काव्य नै शीत हो भनि परिकल्पनाकारले परिभाषित गरेका छन् । छोटो समयमै हालसम्म आधा दर्जनभन्दा बढी शीत कृतिहरू प्रकाशित भईसकेका छन् । शीतको प्रचार–प्रसारको लागि प्रथम शीत ईश्वर कृष्ण केसीले शीतकर्ण साहित्य पुरस्कारको स्थापना गरेका छन् भने अहिले आएर लव जोशीद्वारा रामबहादुर सुन्दरीमाया स्मृति शीत साहित्य पुरस्कार स्थापना गरिदिएर शीतको व्यापीकरणमा पहल थालिदिएकोमा अक्षयकोष दादाताहरुलाई शीतका परिकल्पनाकार रेग्मीले धन्यवाद दिएका छन् ।

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update