Shittalpati
गोर्खाली  भ्वाईस लोक दोहोरी सिजन–१ सकियो

पाल्पा, गोर्खाली भ्वाईस लोक दोहोरी प्रतियोगिताको सिजन –१ सकिएको छ । गत वैशाखदेखि जेएन सनराइज मिडिया प्रा.लि. को आयोजनामा सञ्चालित ‘नेपाल र नेपालीको पहिलो अनलाइन लोकदोहोरी प्रतियोगिता’को पहिलो सिजन सकिएको हो । सिजनको लोक गायक बमबहादुर कार्कीले एक औपचारिक कार्यक्रमका बिच समापन गरेका हुन् ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै लोक गायक कार्कीले नेपाल र नेपालीको पहिलो अनलाइन लोकदोहोरी प्रतियोगिता सञ्चालन भएकोमा खुसी व्यक्त गर्दै लोक सांस्कृतिक क्षेत्रमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले प्रतियोगितामा विजयी प्रतियोगीहरुलाई हार्दिक बधाई तथा शुुभकानमा दिदै पराजित प्रतियोगीहरुलाई उच्च मनोवलका साथ पुनः प्रयास गर्न आग्रह गरे । उनले भने‘ प्रतियोगिता भनेकै हारजित र अनुभव बटुल्ने थलो पनि हो ।’ टाइटल कसले हात पार्‍यो भन्दा पनि मैले के सिकें भन्ने कुरा महत्वपूर्ण हुने गायक कार्कीले बताए । उनले भने ‘यदि ऐतिहासिक दोहोरी प्रतियोगीता जितेको कलाकारले भविष्यमा आफुलाई थप दक्ष र अनुभवी बनाउदै लैजान सकेन भने आफु मात्र होइन आयोजक, निर्णायक तथा हजारौं शुभ चिन्तकहरुको मनमा पनि बिझाउने छ, तर फाइनलमा नपुगेका कलाकारहरु मध्येबाट कसैले यहाँबाट सिकेर अन्य प्रतियोगिताहरुमा विजेता बन्दै निरन्तर अभ्यास गरेर कुसल सर्जक गायक बन्न सक्दछ भने उ सबैको मन जित्दै राष्ट्रबाट विभूूषित बन्न सक्छ ।’

प्रतियोगिताको पहिलो सिजनमा नारायण पौडेल र विमला सुनारको जोडी प्रथम, बसन्त तिमिल्सेना र संगीता तामाङको जोडी द्वितीय, दिलु मगर र लक्ष्मण घिमिरेको जोडी तृतिय भएका छन् । प्रतियोगितामा प्रथम हुने जोडीलाई ५० हजार, द्वितीय हुने लाई ३० हजार र तृतिय हुनेलाई नगद २० हजार सहित प्रमाणपत्र तथा सिल्डले सम्मान गरिएको थियो । प्रतियोगितामा ५० जोडीको सहभागिता रहेको थियो । प्रतियोगितामा लोक गायक रामचन्द्र चन्द, सर्य खड्का र गायिका टिका सानुले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगिताको समापनको अवसरमा जेएन सनराइज मिडिया प्रा.लिले गोर्खाली भ्वाइस डट कमको काठमाडौं स्थित डिल्लिबजारमा सम्पर्क कार्यालय समेत खोलेको छ । प्रा.लिको रजिष्ट्रड कार्यालय भने पाल्पाको तानसेनमा रहेको छ । प्रतियोगितामा कार्यक्रम निर्देशक संजय पौडयाल, निर्माता विश्वास आचार्य, कार्यक्रम संयोजक कमल पन्थी, कार्यक्रम प्रस्तोता दिनेश गौतम, परिकल्पनाकार तथा अवधारणा, भाका चयन, विषयवस्तु निर्माण, तथा अतिथि आह्वानको लागि हेमनाथ खरालले भूमिका निर्वाह गरेका थिए । कार्यक्रम प्रालिका अध्यक्ष भविन्द्र गौतमको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update