Shittalpati
आज राम नवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा
आज राम नवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा आज श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा आराधना गरी रामनवमी पर्व मनाइँदै छ । हरेक बर्षको चैत शुक्ल नवमीमा यो पर्व मनाउने परम्परा छ ।
स्थानीय सरकारले दियो पञ्चेबाजा
स्थानीय सरकारले दियो पञ्चेबाजा पछिल्लो समय लोप हुँदै गइरहेको परम्परागत पञ्चेबाजा संरक्षणका लागि आँधीखोला गाउँ सरकारले पञ्चेबाजा वितरण गरेको छ ।
आज चैते दशैं मनाइँदै
आज चैते दशैं मनाइँदै आज चैत शुक्ल अष्टमी, अर्थात् चैते दशैं । नवदुर्गा भवानीको उपासना गरी चैते दशैं पर्व आज मनाइँदै छ । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्य माथि सत्यको विजयका रुपमा लिइने दशैं हिन्दु धर्मावलम्बीहरुले वर्षमा दुईपटक मनाउने गर्दछन् ।
गुल्मी महोत्सव सुरू, गृहमन्त्री खाणले गरे उद्घाटन
गुल्मी महोत्सव सुरू, गृहमन्त्री खाणले गरे उद्घाटन चौथो गुल्मी महोत्सव सुरु भएको छ । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न शुक्रबारदेखि महोत्सव सुरु भएको हो । गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भएको महोत्सवको गृहमन्त्री बालकृष्ण खाणले उद्घाटन गरेका थिए ।
आजदेखि अर्गली–पाल्पा महोत्सव सुरु
आजदेखि अर्गली–पाल्पा महोत्सव सुरु पाल्पा, गुल्मी र स्याङजाको संगमस्थल रुरु क्षेत्र धाम रिडीमा आजदेखि अर्गली– पाल्पा महोत्सव सुरु भएको छ । अर्गली जनचेतना युवा मञ्चको आयोजना र तानसेन नगरपालिका १४ को सहयोगमा चैत्र १७ गतेदेखि २७ गतेसम्म हुने अर्गली–पाल्पा महोत्सव विहीबादेखि सुरु भएको हो ।
पुरुषोत्तमले ल्याए जिल्ला चिनाउने ‘पाल्पाली ढाका’ गीत
पुरुषोत्तमले ल्याए जिल्ला चिनाउने ‘पाल्पाली ढाका’ गीत पाल्पाली गायक पुरुषोत्तम गैरेले पाल्पालाई चिनाउने गीत ल्याएका छन् । उनले पाल्पाको धार्मिक, साँस्कृतिक, पर्यटन क्षेत्रलाई समेटिएको ‘पाल्पाली ढाका’बोलको गीत ल्याएका हुन् । गायक गैरेले उक्त गीत केही दिन अघि तानसेनबाट लोकापर्ण गरेका छन् । उक्त गीत तानसेन नगर सरकारका प्रमुख अशोककुमार शाहीले एक औपचारिक कार्यक्रमका बिच विमोचन गरेका हुन् ...
गंगा, जमुना लघु चलचित्र प्रदर्शन
गंगा, जमुना लघु चलचित्र प्रदर्शन जिल्लाको रिब्दीकोट गाउँपालिकामा गंगा, जमुना लघु चलचित्र प्रदर्शन गरिएको छ । मोहन कन्या जागृती बाल क्लब द्वारा निर्मित म्याप नेपालको सहयोगमा बनेको बाल विवाह रोकथाम विषयक गंगा जमुना लघु चलचित्र एक कार्यक्रमका बिच गाउँपालिकाको कार्यालयमा प्रदर्शन गरिएको हो ।
चैत्र १७ देखि अर्गली–पाल्पा महोत्सव हुने
चैत्र १७ देखि अर्गली–पाल्पा महोत्सव हुने पाल्पा, गुल्मी र स्याङजाको संगमस्थल रुरु क्षेत्र धाम रिडीमा यही चैत्र १७ गतेदेखि अर्गली– पाल्पा महोत्सव हुने भएको छ । अर्गली जनचेतना युवा मञ्चको आयोजना र तानसेन नगरपालिका १४ को सहयोगमा चैत्र १७ गतेदेखि २७ गतेसम्म अर्गली–पाल्पा महोत्सव हुने भएको हो ।
होलीको हर्षोल्लास
होलीको हर्षोल्लास पाल्पाको बगनासकाली घर भएका मीना बस्याल, रेनुका न्यौपाने र गुल्मीकी शान्ति शाहीले यो वर्ष साथीभाइसँग जमघट भएर नै होली पर्व मनाए । तानसेनको भगवती टोल, शित्तलपाटी, मखनटोल, टुँडिखेल, बसपार्क, बसन्तपुर क्षेत्र वरिपरी नै भेला भएर उनीहरूले एकआपसमा रङ दलेर होलीलाई उल्लासमय बनाए ।
रेग्मीद्वारा लिखित ‘अमर पात्र’को तानसेनमा परिचर्चा
रेग्मीद्वारा लिखित ‘अमर पात्र’को तानसेनमा परिचर्चा पाल्पाली साहित्यकार तथा समीक्षक पुस्कर अथक रेग्मीद्वारा लिखित ‘अमर पात्र’ को तानसेनमा परिचर्चा गरिएको छ । शनिबार पाल्पा साहित्य समाजले साहित्यकार रेग्मीको ऐतिहासिक नाटक संग्रह ‘अमर पात्र’को एक औपचारिक कार्यक्रमका बिच परिचर्चा गराएको हो ।
रकम उठाएर शिवालय मन्दिर निर्माण
रकम उठाएर शिवालय मन्दिर निर्माण जिल्लाको मुसिकोटमा रकम उठाएर शिवालय मन्दिर निर्माण गरिएको छ । मुसिकोट नगरपालिका–२ पात्लाकोटमा रकम सहयोग जुटाएर गाउँमा शिवालय मन्दिरको निर्माण गरिएको हो ।
पाल्पामा छायाँकन भएको ‘परदेशी–२’  दशैंमा
पाल्पामा छायाँकन भएको ‘परदेशी–२’ दशैंमा बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘परदेशी –२’ आउँदो दशैंमा प्रदर्शनमा आउने भएको छ । पाल्पाका विभिन्न स्थानमा छायाँकन गरिएको नारायण रायमाझी निर्देशित चलचित्र आगामी दशैंको अवसरमा प्रदर्शनमा आउने पक्का भएको हो ।
Weather Update