Shittalpati
हाइस दुर्घटनामा चारको मृत्यु

सुर्खेत, सुर्खेतमा हाइस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सुर्खेतको छिन्चुदेखी वीरेन्द्रनगर आउँदै गरेको हाइस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ झुप्रा खोलास्थित रत्न राजमार्गमा बा.प्र. ०१०२६ च ९२१३ नम्बरको डबल क्याप हाईलेक्स गाडी बिहान दुर्घटना भएको हो । दुर्घटनामा चालक वीरेन्द्रनगर नगरपालिका–७ का २७ वर्षका सागर शाही, दैलेख डुंगेस्वर गाउँपालिका–५ का ३३ वर्षका दिपकजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका– ५ का ३१ वर्षका बबिन शाही र दैलेख गुराँश गाउँपालिका– ३ का राजेन्द्र बिसीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका गाभैरबी गाउँपालिका–५ का २६ वर्ष वीरेन्द्र शाहीको उपचार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update