Shittalpati
पाल्पामा टिपर दुर्घटना : चालकको मृत्यु

पाल्पा, जिल्लाको तिनाउ गाउँपालिका– ५ केराबारी नजिकै सिद्धार्थ राजमार्गमा टिपर दुर्घटना भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको ना ८ ख ७९२४ नम्वरको टिपर गए राती ११ः५० बजे दुर्घटना भएको हो ।

घटनामा चालक स्याङ्जा गल्याङ् नगरपालिका –१ राम्दीका २२ वर्षीय सरोज न्यौपानेको मृत्यु भएको छ । उनको घटनास्थल नजिकै तिनाउ खोलामा मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । घटना राती भए पनि न्यौपानेको खोजतलास गर्दा आज विहान मात्र शव फेला परेको हो ।

टिपर सडकदेखि १३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । टिपर पूर्णरुपमा क्षति भएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update