Shittalpati
पाल्पामा ट्याक्टरको ठक्करबाट स्कुुटरमा सवार दुुई जनाको मृत्युु

पाल्पा, पाल्पाको तानसेन– दर्लमडाँडा सडक खण्डमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिंदा दुुई जनाको मृत्युु भएको छ । तानसेनबाट बगनासकाली गाउँपालिकाको झिरुभञ्ज्याङतर्फ जाँदै गरेको लु २ त ९८८४ नम्बरको ट्याक्टरले सोही दिशातर्फ जाँदै गरेको लु ५३ प ७५७१ नम्बरको स्कुटरलाई बगनासकाली –९ गुनठाँटीस्थित तानसेन– दर्लमडाँडा सडक खण्डमा आज बिहान ठक्कर दिँदा स्कुटरमा सवार दुुई जनाको ज्यान गएको हो ।

मृत्युु हुनेमा तानसेन नगरपालिका –१३ बौघागुम्हाका १९ वर्षीय अभिषेक थापा र सोही ठाउँकी ३९ वर्षीया मिना थापा मिधुन रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारका लागि तानसेनस्थित जिल्ला अस्पताल पठाएकोमा चेकजाँचपछि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । मृतक उनीहरू आमा छोरा रहेको बुुझिएको छ । प्रहरीले ट्याक्टर र चालक धादिङ रोडाङ गाउँपालिका –९ का हरिलाल चेपाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको जनाएको छ ।

 

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update