Shittalpati
सिद्धार्थ राजमार्गमा टिपर सञ्चालन गर्न रोक

पाल्पा, सिद्धार्थ राजमार्गमा टिपर सञ्चालन गर्न रोक लगाइएको छ । सडक डिभिजन कार्यालय पाल्पाले सूचना जारी गर्दै भदौ मसान्तसम्म तीन महिनाका लागि सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्डमा टिपर सञ्चालनमा रोक लगाएको हो ।

सिद्धबाबा दोभान क्षेत्रमा हालै कालोपत्रेको काम भएको र वर्षात्को समयमा ठूला मालवाहक सवारी सञ्चालन हुँदा कालोपत्रेको पटहोल निस्कन गई सडक जीर्ण बन्ने हुँदा अत्याधिक भारबहन भएका टिपर सञ्चालनलमा रोक लगाइएको सूचनामा उल्लेख छ । सडकमा अत्याधिक भारवहन भएका टिपरहरु सञ्चानलमा रोक लगाउन सहजीकरणका लागि स्थानीय प्रशासन र प्रहरी कार्यालयललाई समेत सडक डिभिजन पाल्पाले अनुरोध गरेको कार्यालय प्रमुख रामेश्वर लम्सालद्वारा जारी सूचनामा भनिएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २, २०७९  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update