Shittalpati
टिपर दुर्घटनामा एक जनाको मृत्यु

चितवन, नारायणगढ–मुग्लिन सडक खण्डमा आज बिहान टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ्को बेनिघाट रोराङ गाउँपालिकाका ४२ वर्षीय सन्तबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता विजयाराज पण्डितका अनुसार मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको बा २ ख ७४६२ नं को टिपर अनियन्त्रित भई पल्टिँदा टिपरका चालक राईको मृत्यु भएको हो । इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलबाट २० मिटर तल तुईन खोलामा टिपर खसेको उनले जानकारी दिए । –रासस

प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update