बुटवल–नारायणगढ सडक अवरुद्ध
बिहीबार, चैत २८, २०८१

नारायणी नदीमा बेपत्ता दिदीभाइको शव फेला
बुधबार, चैत २७, २०८१
मङ्गलबार साँझ नारायणी नदीमा डुबेर बेपत्ता भएका दुईजना दिदीभाइको शव फेला परेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ स्थित ब्रिटिश क्याम्प नजिकै नारायणी नदीमा डुबेर बेपत्ता भएका उनीहरुको शव आज दिउँसो सोही स्थानमा फेला परेको हो ।

नारायणगढ–बुटवल सडक विस्तारः दाउन्ने खण्ड चार घण्टा बन्द
बुधबार, चैत २७, २०८१
नारायणगढ–बुटवल सडक योजनाले दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ ।

अर्घाखाँचीको मालारानीमा जीप दुर्घटनाः दुई जनाको मृत्यु, दुई घाइते
आइतबार, चैत २४, २०८१
अर्घाखाँचीको मालारानीमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने दुई जना घाइते भएका छन् । मालारानी गाउँपालिकाल–३ लुटिपोखरी–खनदह भित्री सडकखण्डमा लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु२च २९९० नम्बरको जीप (सिङ्गल क्याब) अनियन्त्रित भई आज विहान दुर्घटना भएको हो ।

कालीगण्डकीमा एक पुरुष मृत फेला
शुक्रबार, चैत २२, २०८१
कालीगण्डकीमा नदीमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको रम्भा गाउँपालिका –१ बिसमुडे घाटस्थित कालिगण्डकी नदीमा असर्दीका ५२ वर्षीय सञ्जय बोटे आज मृत अवस्थामा फेला परेका हुन् ।

रिब्दीकोटमा आगो निभाउन गएका एक पुरुषको मृत्यु
शुक्रबार, चैत २२, २०८१
जिल्लाको रिब्दीकोट गाउँपालिका– ७ पालुङ कोर्तुङस्थित पालुङ सामुदायिक जङ्गलमा लागेको आगो निभाउने क्रममा एक पुरुषको ज्यान गएको छ । आगो निभाउने क्रममा अचानक भिरबाट लडेर सोही ठाउँका ६१ वर्षीय टेकबहादुर सर्तुङ्गेको मृत्यु भएको हो ।

बागलुङमा पिकअप दुर्घटना हुँदा एकको मृत्यु
बिहीबार, चैत २१, २०८१
बागलुङमा पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने तीनजना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–३ हटिया बजारदेखि कोटमैदान जाँदै गरेको ग१ज ६१०० नम्बरको पिकअप दुर्घटना हुँदा गलकोट –११ रिघाका २२ वर्षीय विष्णु रानाको मृत्यु भएको हो ।

कुम्भ स्नानबाट फर्किंदै गरेको गाडी दुर्घटना, ३ जनाको मृत्यु
सोमबार, फागुन ५, २०८१
रूपन्देहीको देवदहबाट भारतको कुम्भ मेला स्नान गर्न गएका तिर्थालु सवार गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह नगरपालिका वडा नं ९ का ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दिपा खनाल र ४० वर्षिया गीता शर्मा रहेको इलाका प्रहरी कार्यालय बेलहियाका इन्स्पेक्टर मुकेश न्यौपानेले...

पाल्पामा विस्फोट हुँदा एक जनाको मृत्यु
शुक्रबार, पुस ५, २०८१
जिल्लामा विस्फोटक पदार्थ विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका –२ बुढाचटकमा विस्फोटक पदार्थ विस्फोट हुँदा एक जनाको मृत्यु भएको हो ।

दाङमा गाडी दुर्घटना हुँदा दुईको मृत्यु
सोमबार, पुस १, २०८१
दाङमा गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउखोला बक्सकटिङ नजिकै आज बिहान लु १ ज ४२९८ नम्बरको विङ्गर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मुग्लिन–पोखरा सडक अवरुद्ध हुने
शुक्रबार, मंसिर २८, २०८१
मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पाँच दिन सडक अवरुद्ध हुने भएको छ ।

तिनाउमा एक पुुरुष मृत फेला
शुक्रबार, मंसिर १४, २०८१
जिल्लाको तिनाउ गाउँपालिका –६ मस्यामस्थित ढाक्रिपार भिरमा एक जना पुुरुष मृत फेला परेका छन् । हाल नामथर वतन नखुलेको अन्दाजी ३०/३५ वर्षको जस्तो देखिने पुरुष व्यक्ति शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । स्थानीयले ति पुुरुषलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

माथागढीमा २८ वर्षीय युवक खोलामा मृत फेला
बिहीबार, मंसिर ६, २०८१
जिल्लाको माथागढी गाउँपालिका –३ अगेनी सिमलघाटस्थित खोलामा २८ वर्षीय युवक मृत फेला परेका छन् । सिमलघाटका बस्ने हुम बहादुर घर्तीका २८ वर्षीय छोरा निल प्रसाद घर्ती मृत अवस्थामा फेला परेका हुन् ।