रेसुङ्गा नगरप्रमुख पन्थीले गरे सडक खण्डको अनुगमन
बुधबार, जेठ १८, २०७९

जहाज दुर्घटना : तेह्र जनाको शव भेटियो
सोमबार, जेठ १६, २०७९
मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरेमा भएको तारा एयरको जहाज दुर्घटनास्थलमा १३ जनाको शव भेटिएको छ । दुर्घटनास्थलमा पुगेका सुरक्षाकर्मी र स्थानीयले आज बिहान १०ः३० बजेसम्म १३ जनाको शव भेटाएको जिल्ला प्रशासन कार्यालय, मुस्ताङले जनाएको छ । कार्यालयका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले क्षत्विक्षत बनेको जहाजले थिचेका शव पहिचान गर्ने काम भइरहेको बताए...

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध
सोमबार, जेठ ९, २०७९
सुख्खा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । सोमबार दिउँसो तिनाउ गाउँपालिका–५, कालीमाटी नजिकै खसेको सुख्खा पहिरोका कारण सडक अवरुद्ध बनेको हो ।

भैरहवाबाटै वैदेशिक रोजगारीमा जाने तयारी
शनिबार, जेठ ७, २०७९
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि वैदेशिक रोजगारमा जाने व्यवस्था मिलाउन लागिएको छ । श्रम मन्त्रालयले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिका लागि सेवा दिने गरी आवश्यक तयारी थालेको छ ।

पाल्पामा जिप दुर्घटना एकको मृत्यु, दुई घाइते
बिहीबार, वैशाख २२, २०७९
जिल्लाको तिनाउ गाउँपालिका –५ चरचरेस्थित सिद्धार्थ राजमार्गमा जिप दुर्घटना हुँदा एकको मृत्यु दुई घाइते भएका छन् । बिहीबार दिउँसो बुटबलबाट रामपुरतर्फ आउँदै गरेको लु.१ च ७७८० नम्वरको डबल क्याप जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका हुन् ।

तानसेनमा शौचालय गएका भरियाको लडेर ज्यान गयो
सोमबार, वैशाख १९, २०७९
जिल्लाको तानसेनमा शौचालय गएका एक भरियाको लडेर ज्यान गएको छ । तानसेन नगरपालिका–२ हुलाक चोकस्थित सती शाहीको घरको शौचालयमा लडेर नाम थर नखुलेका अन्दाजी २६ वर्षीय युवक बेहोस भएका थिए ।

तिनाउमा पौडी खेल्ने क्रममा डुवेर एकको मृत्यु
आइतबार, वैशाख १८, २०७९
जिल्लाको तिनाउ गाउँपालिका –३ ड्रयामस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुवेर एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो भारतको गोरखपुरबाट घुम्न आएका ३५ वर्षीय अंकति श्रीवास्तव पौडी खेल्ने क्रममा डुवेर घाइते भएका थिए ।

तानसेन–रानीमहल सडक बैशाख २१ गते सम्म बन्द रहने
बुधबार, वैशाख १४, २०७९
तानसेनदेखि रानीमहलसम्म जोड्ने सडक बैशाख १५ गते विहीबारदेखि वैशाख २१ गतेसम्म पूर्ण रुपमा बन्द हुने भएको छ । निर्माणाधिन तानसेन रानीमहल सडकमा पूर्ण रुपमा कालोपत्रे, ठाउँ–ठाउँमा मर्मत सम्भारको लागि पूर्वाधार सडक कार्यालय तानसेन पाल्पाले एक हप्ते सूचना जारी गर्दै सडक पूर्ण रुपमा बन्द गर्ने जनाएको छ ।

रामपुरमा रुखबाट लडेर एक जनाको मृत्यु
सोमबार, वैशाख १२, २०७९
जिल्लाको रामपुरमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । रामपुर नगरपालिका –७ घिमिरे टोलका ३५ वर्षीय रमेश आचार्यको सोमबार विहान काब्रोको रुखबाट लडेर मृत्यु भएको हो ।

स्याङ्जामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या छ पुग्यो
सोमबार, वैशाख ५, २०७९
स्याङ्जाको वालिङ–१२ डाँडाखर्क फिरफिरेमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ–१२ डाँडाखर्कका ५० वर्षीय अंगबहादुर दालाको उपचारका क्रममा सोमबार बिहान गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता पदमराज थापाले जानकारी दिए...

स्याङ्जाको वालिङमा भएको जिप दुर्घटनामा ५ को मृत्यु, ६ घाइते
आइतबार, वैशाख ४, २०७९
स्याङ्जाको वालिङमा बोलेरो जीप दुर्घटना भएको छ । वालिङ नगरपालिका १२ बाट वालिङबजारतर्फ आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जीप आइतबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ, भने ६ जना घाइते भएका छन् ।

रैनादेवी छहरामा बस दुर्घटना : २ को मृत्यु, ४ घाइते
शुक्रबार, वैशाख २, २०७९
जिल्लाको रैनादेवी छहरा गाउँपालिका –६ जुठापौवामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार साँझा पानीडाँडाबाट जुठातर्फ जाँदै गरेको ग १ ख ४९०२ नम्बरको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

जिप दुर्घटनामा ४ घाइते
सोमबार, चैत २८, २०७८
जिल्लाको रामपुरमा भएको जिप दुर्घटनामा ४ जना यात्रु घाइते भएका छन् । सोमबार साझाँ रामपुर नगरपालिका–२, स्थित कालीगण्डकी करिडोर सडक खण्डमा रामपुरबाट नवलपरासीको डेढगाउँतर्फ जाँदै गरेको ग १ ज ५७०९ नम्बरको जिप दुर्घटना भएको हो ।