कृषि सडकको स्थलगत अनुगमन
आइतबार, मंसिर १४, २०७७
गुल्मीमा जेसिबीले पल्टाएको ढुङ्गाले लागेर घाँस काट्दै गरेकी महिलाको मृत्यु
शुक्रबार, मंसिर १२, २०७७
गुल्मीमा जेसिबीले पल्टाएको ढुङगाले लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका ३ हाड्हाडेमा सडक विस्तार गर्ने क्रममा पल्टिएको ढुङ्गाले लाग्दा महिलाको ज्यान गएको हो ।
सडक कालोपत्रे गर्न सिद्धार्थ राजर्माग दैनिक ४ घण्टा बन्द गरिने
शुक्रबार, मंसिर १२, २०७७
सिद्धार्थ राजमार्ग दैनिक चार घण्टा पुनः बन्द रहने भएको छ । सिद्धार्थ राजमार्गको झुम्सा–दोभान सडकखण्डमा कालोपत्रे गर्ने कार्यका लागि दैनिक चार घण्टा सडक बन्द गरिने भएको हो ।
गुल्मी जीप दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो
शुक्रबार, मंसिर १२, २०७७
गुल्मीमा भएको जीप दुर्घटनामा मृतकको संख्या ६ पुगेको छ । शुक्रबार विहान इस्मा गाउँपालिका ४ हुलदेखि सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप दुर्घटनामा घाइते भएका हुलका १९ वर्षीय फर्सुराम थापाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको हो ।
गुल्मीमा जीप दुर्घटना , ५ को मृत्यु ३ घाइते, (हेर्नुहोस विवरण सहित)
शुक्रबार, मंसिर १२, २०७७
गुल्मीमा जीप दुर्घटना भएको छ । आज विहान ७ बजेको समयमा इस्मा गाउँपालिका ४ हुलदेखि सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप दुर्घटना भएको हो ।
गुल्मीमा जीप दुर्घटना , ५ को मृत्यु २ घाइते , एक बेपत्ता
शुक्रबार, मंसिर १२, २०७७
गुल्मीमा जीप दुर्घटना भएको छ । आज विहान ७ बजेको समयमा इस्मा गाउँपालिका ४ हुलदेखि सदरमुकाम तम्घासतर्फ आउँदै गरेको जीप दुर्घटना भएको हो ।
ट्याक्सी दुर्घटनामा चालकको निधन
बुधबार, मंसिर १०, २०७७
ढोरपाटन नगरपालिका–२ मा गए राति ट्याक्सी दुर्घटना हुँदा बडिगाड गाउँपालिका–६ का २८ वर्षीय चालक नकुल केसीको ज्यान गएको छ । बडिगाडबाट बुर्तिबाङ बजारतर्फ जाँदै गरेको ध १ज ५४२ नंको ट्याक्सी बडिगाड खोलामा खसी दुर्घटनामा परेको थियो ।
पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, तीन घाईते
बुधबार, मंसिर १०, २०७७
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६, चहलासिमलमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मंगलबार साँझ पराल बोकेर चहलातर्फ आउँदै गरेको लु ३ त ७१५६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सह–चालक रैनादेवी छहरा–६, का १९ वर्षीय रमन भट्टराईको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पाल्पामा मलामी छाडेर फर्कदै गरेको जिप दुर्घटना, दुई घाइते
सोमबार, मंसिर ८, २०७७
पाल्पामा मलामी छाडेर फर्कदै गरेको जिप दुर्घटना भएको छ । आज (सोमबार) साझाँ रम्भा गाउँपालिका २ टिम्मुरडाँडा स्थित भित्री कच्ची सडक खण्डमा गोरङ्चेबाट झोकेदीतर्फ मलामी छाडी फर्कने क्रममा लु १ ज २१६३ नं.को जिप दुर्घटना भएको हो ।
टिपरको ठक्करबाट पाल्पाका एक युवाको बुटवलमा मृत्यु
सोमबार, मंसिर ८, २०७७
टिपरले मोटरसाईकललाई ठक्कर दिँदा पाल्पाका एक युवाको बुटवलमा मृत्यु भएको छ । आइतबार दिउँसो बुटवलको नयाँ बसपार्कमा टिपरले मोटरसाईकललाई ठक्कर दिँदा पाल्पा निस्दी गाउँपालिकाका ३३ वर्षीय मानबहादर सोतीको मृत्यु भएको हो ।
पाल्पाको रामपुरमा स्कुटी दुर्घटना : एक युवकको मृत्यु
सोमबार, मंसिर ८, २०७७
जिल्लाको रामपुर नगरपालिका ७ बट्टारमा स्कुटी दुर्घटना भएको छ । आज (सोमबार) विहान रामपुर ७ बट्टार स्थित डम्रीगाउँबाट विजयपुरतर्फ जाँदै गरेको लु ५० प ६२१ नं.को स्कुटी अचानक अनियन्त्रित भई दुर्घटना भएको हो ।
अव्यवस्थित पार्किङ्ग र सडकले तानसेन कुरुप बन्दै गएपछि सरोकारवालाको चासो
बिहीबार, मंसिर ४, २०७७
तानसेनमा अव्यवस्थित पार्किङ्ग र सडकलाई व्यवस्थित गरिने भएको छ । नगर क्षेत्रका मूख्य सडकदेखि मुख्य बजारका सडकहरुमा अव्यवस्थित सवारीसाधन पार्किङ्ग गर्ने, सडकपेटी र सडक छेउमा पसलहरु राख्नले नगर क्षेत्र नै कुरुप देखिन थालेपछि यसलाई व्यवस्थित गर्न थालिएको हो ।
जीप दुर्घटनामा एकको मृत्यु, ११ घाइते
बुधबार, मंसिर ३, २०७७
गण्डकी प्रदेश अन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।