तिनाउ नदीले बगाउँदा एक महिलाको ज्यान गयो
शनिबार, असोज १०, २०७७
तानसेनमा कार दुर्घटना हुँदा ४ घाइते
शुक्रबार, असोज ९, २०७७
पाल्पाको सदरमुकाम तानसेनमा कार दुर्घटना भएको छ । शुक्रबार दिउसो तानसेन नगरपालिका ७ सालघारी स्थित बासटारी दमकडा भित्रि सडक खण्डमा कार दुर्घटना हुँदा कारमा सवार चार जना यात्रु घाइते भएका छन् ।
वर्षाका कारण गुल्मीका अधिकांश सडक अवरुद्ध
बिहीबार, असोज ८, २०७७
अविरल वर्षाका कारण गुल्मीको तम्घास–रिडी सडक खण्ड अवरुद्ध बनेको छ । विगत तीन दिनदेखि परेको भारी वर्षाका कारण तम्घास– रिडी सडक खण्डअन्तर्गत रेसुंगा नगरपालिका– १२ को उर्लेनी र रुरुक्षेत्र गाउँपालिका–३ पानीट्याँकीमा सडक माथिबाट पहिरो खसेपछि विहिबार बिहानदेखि सडक अवरुद्ध भएको हो ।
पहिरामा पुरिएर पाँचको मृत्यु, चार बेपत्ता
बिहीबार, असोज ८, २०७७
पहिरामा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएका पाँच जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।
पाल्पाका ठाउँ–ठाउँमा पहिरो : मानवियसँगै भौतिक क्षति
बिहीबार, असोज ८, २०७७
तीन दिनदेखि निरन्तर परेको वर्षाका कारण पाल्पाका अधिकाँस ठाउँहरुमा पहिरो गएको छ । पहिरोका कारण मानवियसँगै लाखौंको भौतिक क्षति भएको छ ।
फोक्सिङकोट पहिरो अपडेट : बेपत्ता मध्ये एकको शव भेटियो
बिहीबार, असोज ८, २०७७
पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा पहिरोमा परी बेपत्ता ६ जना मध्ये एक जनाको शव भेटिएको छ । फोक्सिङ्कोट सुरुमडाँडामा विरबहादुर गाहाको पहिरोले घर पुरिदा बेपत्ता २७ वर्षीया मोतिसरा गाहाको शव भेटिएको हो ।
प्रेमको प्रतिक ‘रानीमहल दरबार’ जाने सडक पिचको काम धमाधम
बिहीबार, असोज ८, २०७७
प्रेमको प्रतिकका रुपमा रहेको ‘रानीमहल दरबार’ जाने सडकको पिच गर्ने काम धमाधम भइरहेको छ । अहिले रानीमहल दरवार जाने सडकमा दिनहुँ सडक पिचको काम भइरहेको छ ।
निरन्तरको वर्षाले सिद्धार्थ राजमार्गमा पहिरो, सडक अवरुद्ध
बिहीबार, असोज ८, २०७७
सिद्धार्थ राजमार्ग अन्र्तरगत बुटवल पाल्पा सडक खण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षाले बुटवल पाल्पा सडक खण्डको कालिमाटी भन्ने स्थानमा पहिरोले सडक अवरुद्ध भएको हो ।
अविरल वर्षाका कारण पाल्पामा पहिरो, ३ घर पुरिदा ६ बेपत्ता
बिहीबार, असोज ८, २०७७
मंगलबार दिउसोदेखि आएको अविरल वर्षाका कारण पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोट बेलौजामा पहिरो गएको छ । आज विहान गएको पहिरोले फोक्सिङकोट बेलौजाका तीन घर पुरिएका छन् ।
पाल्पाको रिब्दीकोटमा महिला मृत अवस्थामा फेला
बुधबार, असोज ७, २०७७
जिल्लाको रिब्दीकोट गाउँपालिकामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । रिब्दिकोट २ धाराधी बस्ने केशव लाम्टांगे मगरको श्रीमति ३२ वर्षीया पद्मा लाम्टांगे घर नजिकैको सडकमा मृत अवस्थामा फेला परेको प्रादेशिक प्रहरीले जनाएको छ ।
पाल्पा–बुटवल सडक खण्ड अवरूद्ध
बुधबार, असोज ७, २०७७
पाल्पा–बुटवल सडक खण्डमा अवरूद्ध बनेको छ । मंगलबारदेखि परेको अबिरल वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने तिनाउ गाउँपालिका ५ कालिमाटीमा ढुङ्गा सहितको पहिरो खस्दा सडक अवरुद्ध बनेको हो ।
पहिरामा पुरिएर दुईको मृत्यु
मंगलबार, असोज ६, २०७७
इस्मा गाउँपालिका –२ हस्तीचौर, रातचौर, स्यालाको पहिरामा पुरिएर दुई जनाको मृत्यु भएको छ । सोमबार राति गएको पहिरामा पुरिएर बेपत्ता बनेका दुई जना आज बिहान मृतावस्थामा फेला परेका छन् ।