Shittalpati
पाल्पामा जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु
पाल्पामा जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु जिल्लामा जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । रम्भा गाउँपालिका ५ मुडुलिचौपारी स्थित आर्यभञ्ज्याङमा जिपको ठक्करबाट पैदल यात्री सोही स्थानका ६० वर्षका भुपाल सिंह रानाको मृत्यु भएको हो ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु रुपन्देही जिल्लाको गैडहवामा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् ।
बागलुङ बाढी : १२ जनाको शव निकालियो, ४१ बेपत्ता
बागलुङ बाढी : १२ जनाको शव निकालियो, ४१ बेपत्ता बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाको तटीय बस्तीमा भूजी खोलाको बाढी पस्दा १२ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दा सम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो ।
बागलुङ बाढी अपडेट : १० जनाको शव फेला, ४१ बेपत्ता
बागलुङ बाढी अपडेट : १० जनाको शव फेला, ४१ बेपत्ता बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढीपहिरोमा बेपत्ता भएकामध्ये अहिलेसम्म १० जनाको शव फेला परेको छ । नगरपालिकाको ७, ८ र ९ वडाको तटीय वस्तीमा भूजी खोलाको बाढी पस्दा ४१ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
पाल्पाको रामपुरमा ट्रक दुर्घटनामा एकको मृत्यु
पाल्पाको रामपुरमा ट्रक दुर्घटनामा एकको मृत्यु जिल्लाको रामपुरमा ट्रक दुर्घटना भएको छ । रामपुर नगरपालिका टुनीभञ्ज्याङ्गमा बुटवलबाट रामपुर आउँदै गरेको ०३००१००७१ नम्बरको मिनिट्रक आज विहान दुर्घटना भएको हो ।
तिनाउमा घरमाथिबाट खसेको ढुंगाले लाग्दा आमाको मृत्यु,छोरी घाइते
तिनाउमा घरमाथिबाट खसेको ढुंगाले लाग्दा आमाको मृत्यु,छोरी घाइते जिल्लाको तिनाउ गाउँपालिका ३ श्रीडाँडामा घरमाथिबाट खसेको ढुंगाले लागेर एक महिलाको मृत्यु भएको छ । अविरल वर्षाका कारण गोविन्द्र सोमैको घर माथिको पहाडबाट खसेको ढुंगाले लाग्दा माथागढी गाउँपालिका ७ रहवासकी २९ वर्षकी समिक्षा चौहान मगरको मृत्यु भएको हो ।
एम्बुलेन्स दुर्घटना : दुईको मृत्यु
एम्बुलेन्स दुर्घटना : दुईको मृत्यु वालिङ नगरपालिका–५ मजकोटमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बा २ झ ४०११ नम्बरको एम्बुलेन्स आईतबार बिहान करिब ५ बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । घाइते भएका चारमध्ये दुई जनाको गह्रौ प्राथमिक अस्पताल वालिङमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी प्रमुख...
ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु
ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु रुपन्देहीको सैनामैना नगरपालिका–५ स्थित बुद्धनगरमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको मालवाहक ट्रकले ठक्कर दिँदा एकजना पैदल यात्रुको अकालमा मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना –६ का १६ वर्षीय विनोद विक रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक कमल परियारले जानकारी दिए ।
निषेधाज्ञाले रोकिएन सडक निर्माणको काम, तानसेन–बुटवल सडक मर्मत गरिदै
निषेधाज्ञाले रोकिएन सडक निर्माणको काम, तानसेन–बुटवल सडक मर्मत गरिदै जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि जारी गरेको निषेधाज्ञाले अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु ठप्प भइरहेको बेला सडक निर्माणको काम भने रोकिएको छैन । निषेधज्ञाको सदुपयोग गरी डिभिजन सडक कार्यालय पाल्पाले भने सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्डमा परेका खाल्टाखुल्टी पुरी कालोपत्रे गर्ने कार्यलाई तिव्रता दिएको छ ।
कोरोना संक्रमित गर्भवतीको मृत्यु
कोरोना संक्रमित गर्भवतीको मृत्यु बाराको सुवर्ण गाउँपालिका—४ की कोरोना संक्रमित एक गर्भवती महिलाको उपचारका क्रममा आज बिहान वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि भदौ १० गतेदेखि अस्पतालमा उपचाररत २३ वर्षीया ती महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाराले जनाएको छ ।
स्कुटर दुर्घटनामा एक युवकको मृत्यु
स्कुटर दुर्घटनामा एक युवकको मृत्यु रुपन्देहीको तिलोत्तममा ३ मा स्कुटर दुर्घटनामा एक युवकको मृत्यु भएको छ । तिलोत्तमा–३ सीता राइस मिलनजिक भएको दुर्घटनामा चालक तिलोत्तमा–२ शंकरनगरका ४० वर्षका शंकर कार्कीको मृत्यु भएको हो ।
रैनादेवी छहरामा भिरबाट लडेर एक युवकको मृत्यु
रैनादेवी छहरामा भिरबाट लडेर एक युवकको मृत्यु जिल्लाको रैनादेवी छहरा गाउँपालिका ६ खुनधारामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । खुनधाराका २६ वर्षका कमल घर्तीको भिरबाट लडेर मृत्यु भएको हो ।
Weather Update