पहिरोमा एकको मृत्यु, तीन बेपत्ता
मंगलबार, असार ३०, २०७७
प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ
मंगलबार, असार ३०, २०७७
प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ परेका छन् । लागुऔषध मुद्दामा पक्राउ परेका दुर्गाराम खत्रीको मुद्दा मिलाई दिनुपर्यो भनि जवरजस्ती एक लाख ५० हजार रुपैया घुस दिन खोज्ने दुई जना पक्राउ परेका हुन् । दाङमा प्रहरी निरीक्षकलाई घुस दिन खोज्ने घोराही उपमहानगरपालिका वडा नं. १८ सुपैलाकुटी बस्ने २७ बर्षीय...
पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध
मंगलबार, असार ३०, २०७७
अविरल वर्षाका कारण खसेको पहिराका कारण पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणघाट खण्डको दाउन्नेमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । उक्त क्षेत्रमा रातिदेखि झरेको पहिराले राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रुपले बन्द रहेको प्रदेश नं ५ ट्राफिक...
पाल्पाको निस्दीमा एक वृद्ध मृत भेटिए
आइतबार, असार २८, २०७७
जिल्लाको निस्दी गाउँपालिकामा एक वृद्ध मृत भेटिएका छन् । निस्दी गाउँपालिका २ सिलमिङ गैराको जंगलमा सोही स्थानका ८२ वर्षका खडे कानुङ मृत भेटिएका हुन् । उनलाई घर नजिकैको भिरबाट ३ सय मिटर तल मृत अवस्थामा फेला पारिएको प्रादेशिक प्रहरीले जनाएको छ । कानुङ गत शुक्रबार बहिनी ज्वाई भेट्न भनि सुकेकोट...
रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध
आइतबार, असार २८, २०७७
वर्षाका कारण पहिरो गएपछि रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । सत्यवती गाउँपालिका –६ डहरे खोलामा ट्रक भासिएपछि गए रातिदेखि सडक अवरुद्ध बनेको हो । सडक अवरुद्धपछि एम्बुलेन्ससहित दर्जनाँै सवारी साधन र यात्रु बीच बाटामा अलपत्र परेका छन् । सडक पुनःसञ्चालन गर्न डोजर परिचालन गर्ने तयारी भइहेको सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर...
जिप दुर्घटनामा एकको मृत्यु
आइतबार, असार २८, २०७७
रुपन्देहीको कञ्चन गाउँपालिकास्थित फायरलाइनमा बलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । स्थानीय हरैयाबजारबाट फायरलाइनतर्फ आउँदै गरेको बा१५च ९३८९ नंको बलेरो अनियन्त्रित भई सालको रुखमा ठोक्किएको इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीले जनाएको छ ।
मृत भनिएका व्यक्ति जीवित भेटिए
आइतबार, असार २८, २०७७
पाल्पामा मृत भनी दाहसंस्कार गरिएका व्यक्ति जीवित भेटिएका छन् । गुल्मी जिल्ला रुरु गाउँपालिका–५ बम्गाका ६५ वर्षीय श्यामशरण भण्डारी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ अर्चलेमा जीवित अवस्थामा भेटिएको रिडीमा बसोबास गर्दै आएका चुरामणि तिमिल्सिनाले बताए । गुल्मी निवासी भण्डारी हाल रुपन्देही जिल्लाको मणिग्राममा सपरिवार बसोबास गर्दै आएका थिए ।
च्याउ खाँदा चार बिरामी
शनिबार, असार २७, २०७७
रुपन्देहीको रोहिणी गाउँपालिका – १ मा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी परेका छन् । शुक्रबार साँझ जङ्गलबाट ल्याइएको च्याउ खाँदा रोहिणी – १ निवासी ३० वर्षीया सहनाज खातुन, २० वर्षीया मसिहुस निसा, १६ वर्षीया सहिदा खातुन र १० वर्षीय समिर अन्सारी बिरामी भएका हुन् ।
प्रदेश पाँचमा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु
शनिबार, असार २७, २०७७
प्रदेश पाँचका तीन जिल्लामा भएको छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । शनिबार रुपन्देही, गुल्मी र प्यूठानमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको हो । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका ९ शंकरपुर चोक नजिकै सिद्वार्थ राजमार्ग सडक खण्डमा ट्रकमा ठोकिन जाँदा एक जनाको मृत्यु भएको प्रादेशीक प्रहरीले जनाएको छ...
गुल्मीमा भिरबाट लडेर एक महिलाको मृत्यु
शनिबार, असार २७, २०७७
गुल्मीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका १ हुंगाक निवासी बसन्त नेपालीको श्रीमती ३४ वर्षकी गीता नेपालीको भिरबाट लडेर मृत्यु भएको हो ।
गुल्मीमा ढिस्कोले पुरिएर एक पुरुषको मृत्यु
शुक्रबार, असार २६, २०७७
जिल्लामा ढिस्कोले पुरिएर एक पुरुषको मृत्यु भएको छ । माथिबाट खसेको पहिरोको ढिस्कोले पुरिएर कालिगण्डकी गाउँपालिका ४ का ६२ वर्षका यमबहादुर श्रीसको मृत्यु भएको हो । खेतको कुलो बनाउने क्रममा माथिबाट एक्कासी खसेको पहिरोको ढिस्कोले उनलाई पुरेको थियो । श्रीसको घटनास्थलमै मृत्यु भएको हो ।
पहिरोमा परी चारको मृत्यु, नौ घाइते
शुक्रबार, असार २६, २०७७
अविरल वर्षाका कारण गएको पहिरोमा परी गए राति पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । आज बिहान अन्दाजी २ः४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ ।
चरेससहित दुई जना पक्राउ
सोमबार, असार २२, २०७७
लागूऔषध चरेससहित रुपन्देहीमा दुई जना पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका १४ तामनगरको हरियाली टोलबाट साढे २२ किलो चरेस सहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहहरुमा गुल्मीको मदाने गाउँपालिका–७ घर भई हाल बुटवल १२ बस्ने २९ वर्षका मेघराज गिरी र पूर्वी रुकुम सिस्ने गाउँपालिका ८ का ३५ वर्षका...