ताजा जनादेश : नेकपा–जनसभाको सन्देश
शुक्रबार, माघ २३, २०७७

निर्वाचनका लागि बजेटको कुुनै अभाव हुने छैन : अर्थमन्त्री पौडेल
बुधबार, माघ २१, २०७७
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक आर्थिक व्यवस्थापन लगायत विषयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरेको छ । सरकारले वैशाख १७ र २७ गते दुई चरणमा हुने गरी प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति करिब डेढ महिनाअघि नै घोषणा गरिसकेको छ ।

पाल्पा र गुल्मीमा पनि संसद विघटनविरुद्ध प्रदर्शन
सोमबार, माघ १९, २०७७
केपी शर्मा ओली नेतृत्वको सरकारले असंवैधानिक भएर गरेको संसद विघटनविरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरुले तेस्रो चरणको आन्दोलन अन्तर्गत सोमबार ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेका छन् । काँग्रेसका १३ वटै भ्रातृसंस्थाले विरोध प्रदर्शन गरेका हुन् ।

निर्वाचनमा केन्द्रित हुन मन्त्री रायमाझीद्वारा कार्यकर्तालाई निर्देशन
शनिबार, माघ १७, २०७७
नेकपा दोलखा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज यहाँ आयोजित ‘बृहत कार्यकर्ता भेला’ लाई सम्बोधन गर्दै उहाँले नेकपा दाहाल–नेपाल समूहका नेता तथा कार्यकर्ताले भ्रम सिर्जना गरिरहेकाले कत्ति पनि भ्रममा नपरी चुनावमा लाग्न निर्देशन दिएका हुन् ।

काँग्रेसले गर्यो तेस्रो चरणको आन्दोलन घोषणा
मंगलबार, माघ १३, २०७७
नेपाली काँग्रेसले प्रतिनिधि सभा विघटन विरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । काँग्रेसको मंगलबार बसेको केन्द्रीय समितिको बैठकले पहिलो र दोस्रो चरणका आन्दोलनका कार्यक्रमको समीक्षा गर्दै तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

पद र सत्तालोलुप प्रवृत्तिले कम्युनिष्टमा विभाजन : पोखरेल
आइतबार, माघ ११, २०७७
नेकपा ओली समूहका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेश इञ्चाज शंकर पोखरेलले पद र सत्ताको लोभले गर्दा कम्युनिष्टमा विभाजन आएको बताएका छन् । ओली पक्षीय अगुवा कार्यकर्ता भेलालाई शनिबार तानसेनमा सम्वोधन गर्दै उनले प्रचण्ड–माधव र झलनाथ खनालको सत्ता र पद लोभका कारण कम्युनिष्ट आन्दोलनमा विभाजन आएको बताएका हुन् ।

बेलायतका राजदूतमा रेग्मी नियुक्त
सोमबार, माघ ५, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा उनलाई नेपालका लागि आवासीय बेलायती राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमा जनाएका छन् ।

नयाँ जनादेशका लागि निर्वाचन घोषणा अग्रगमन : पोखरेल
आइतबार, माघ ४, २०७७
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले प्रतिनिधिसभा विघटन गर्दैमा प्रतिगमन नहुने बताएका छन् । उनले संसद् विघटन गरेर नयाँ जनादेशका लागि निर्वाचनको मिति तोक्ने काम अग्रगमन भएको बताएका हुन् । नेकपा अर्घाखाँचीले सन्धिखर्कमा शनिबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले प्रतिनिधिसभा विघटन हुँदैमा संघीयता, गणतन्त्र केही खारेज नहुने स्पष्ट...

संसद् विघटनविरुद्ध पाल्पा र गुल्मीमा पनि काँग्रेसको प्रदर्शन
शनिबार, माघ ३, २०७७
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले शनिबार देशैभरका स्थानीय तहमा आह्वान गरेको विरोध कार्यक्रम पाल्पा र गुल्मीका स्थानिय तहमा पनि भएको छ । काँग्रेसले पाल्पाका १० स्थानीय तह र गुल्मीका १२ स्थानीय तहमा विरोध प्रदर्शन गरेको हो ।

प्रधानमन्त्री ओलीको प्रश्न ‘निर्वाचनबाट किन डराउने ?’
शनिबार, माघ ३, २०७७
धानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो संघर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताएका छन् ।

आज देशभरका स्थानीय तहमा काँग्रेसको विरोध प्रदर्शन
शनिबार, माघ ३, २०७७
नेपाली काँग्रेसले आज देशभरका स्थानीय तहमा विरोध प्रदर्शन गर्न लागेको छ । काँग्रेसको गत पुस १९ गते बसेको केन्द्रीय समितिको बैठकले शनिबार (माघ ३ गते)संसद् विघटनका विरुद्ध देशभरका ७५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

भोलि देशभरका स्थानीय तहमा काँग्रेसको विरोध प्रदर्शन
शुक्रबार, माघ २, २०७७
नेपाली काँग्रेसले भोली देशभरका स्थानीय तहमा विरोध प्रदर्शन गर्न लागेको छ । काँग्रेसको गत पुस १९ गते बसेको केन्द्रीय समितिको बैठकले शनिबार (माघ ३ गते)संसद विघटनका विरुद्ध देशभरका ७५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।