संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै छ : भण्डारी
सोमबार, पुस २७, २०७७

पाल्पा र गुल्मीमा पनि संसद् विघटनविरुद्ध काँग्रेसको प्रदर्शन
शनिबार, पुस २५, २०७७
संसद् विघटनको विरोधमा नेपाली काँग्रेसले देशभर प्रदर्शन गरेको छ । संसद् विघटनलाई असंवैधानिक भनेको उसले पाल्पा, गुुल्मी सहित देशभरका ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो । विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेताहरुले संसद विघटन असंवैधानिक भएको बताएका छन् ।

आज संसद् विघटनका विरुद्ध काँग्रेसको आन्दोलन
शनिबार, पुस २५, २०७७
संसद् विघटनका विरुद्ध सडक आन्दोलनमा जाने निष्कर्ष निकालेको नेपाली काँग्रेसले शनिबार (आज) देशका ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रबाट एकसाथ सो कदमको विरोध गर्दैछ । आन्दोलनका लागि पाल्पा र गुल्मी काँग्रेसले पनि आफ्नो तयारीलाई व्यापक बनाएका छन् । आज हुने विरोध सभालाई सम्बोधन गर्न केन्द्रस्तरदेखि प्रदेशस्तरका नेताहरु शुक्रबार नै...

गुल्मीमा भोली हुने आन्दोलनलाई सम्बोधन गर्न केन्द्रीयस्तरका नेता आउदै
शुक्रबार, पुस २४, २०७७
नेपाली काँग्रेसको केन्द्रीय परिपत्र अनुसार भोली शनिबार (पुस २५ गते) गुल्मी जिल्लाका चार वटै प्रदेश निर्वाचन क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंवैधानिक कदमको विरुद्धमा हुन लागेको बिरोध कार्यक्रममा केन्द्रीय नेताहरु सहित जिल्लाका नेताहरुले पनि सम्बोधन गर्ने भएका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पुर्व सांसद संविधान सभा...

पाल्पामा संसद् विघटन विरुद्ध एक, आन्दोलन भने फरक–फरक
शुक्रबार, पुस २४, २०७७
प्रधामन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि नेपालको राजनीतिमा तरंग छाएको छ । संसद् विघटनविरूद्ध एकाध बाहेक सम्पूर्ण राजनीतिक शक्तिहरु एक ठाउँमा उभिएका छन् ।

संसद् विघटनका विरुद्ध पाल्पाका राजनीतिक दलहरु एक, आन्दोलन भने फरक–फरक
बिहीबार, पुस २३, २०७७
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध अहिले पाल्पाका सबै पार्टीहरु आन्दोलनमा छन् । प्रधानमन्त्री ओली नेतृत्वको नेकपा पक्ष मात्र चुनाव भन्दै आफ्नो अभियानमा केन्द्रित छ ।

प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोधमा सहभागी हुन गुल्मी काँग्रेसको आग्रह
बुधबार, पुस २२, २०७७
नेपाली काँग्रेस गुल्मीले पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरुद्धमा हुन लागेका विभिन्न कार्यक्रमहरुमा सम्पूर्ण जिल्लाबासीहरुलाई सहभागीको लागि आग्रह गरेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ शुरु
बुधबार, पुस २२, २०७७
सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सुनुवाइ शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा पेशी तोकिएको छ ।

संसद् पुनःस्थापना गर्नुको विकल्प छैन : पाण्डे
मंगलबार, पुस २१, २०७७
विघटित प्रतिनिधि सभाका सांसद तथा नेपाली काँग्रेसका महासमिति सदस्य मोहनप्रसाद पाण्डेले संसद् पुनःस्थापना गर्नुको विकल्प नरहेको बताएका छन् । सोमबार नवजनचेतना दैनिकसँग कुरा गर्दै पाण्डेले लोकतान्त्रिक संविधानको रक्षा र कार्यान्वयनका लागि संसद् पुनःस्थापना गर्नु विकल्प नरहेको बताएका हुन् ।

‘प्रचण्ड–माधवको घेराबन्दीकै कारण संसद् विघटन’
आइतबार, पुस १९, २०७७
परराष्ट्रमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य प्रदिपकुमार ज्ञवालीले प्रचण्ड–माधवको घेराबन्दीकै कारण संसद् विघटन भएको बताएका छन् । शनिबार तानसेनमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता ज्ञवालीले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षले पार्टीमा हालीमुहाली गर्न नपाएपछि चौतर्फी घेरावन्दी गरेकै कारण बाध्य भएर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्...

प्रतिनिधिसभा विघटन संवैधानिक : नेता ज्ञवाली
शनिबार, पुस १८, २०७७
परराष्ट्रमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य प्रदिप कुमार ज्ञवालीले प्रतिनिधिसभा विघटन संवैधानिक रहेको बताएका छन् । शनिबार नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता ज्ञवालीले दुई तिहाईको सरकार हटाएर पुनः गठवन्धनको सरकार निर्माण गर्दा मुलुक थप जटिलता र द्धन्द्धमा फस्ने भएकाले ताजा जनादेशको लागि प्रधानमन्त्रीले गरेको...

निर्वाचनमा जानु सरकारको बाध्यता : परराष्ट्रमन्त्री
शनिबार, पुस १८, २०७७
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीेले ताजा जनादेशका लागि निर्वाचनमा जानु सरकारको बाध्यता भएको बताएका छन् । उनले सरकारलाई घेराबन्दी गरेपछि प्रधानमन्त्रीले संसद् विघटन गर्न बाध्य भएको समेत बताए ।

माघ १५ –२१ गतेसम्म मतदाता नामावली अद्यावधिक हुँदै
शुक्रबार, पुस १७, २०७७
प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्न आगामी माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुँदैछ । निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्ने सन्दर्भमा यही पुस ५ गते १८ वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अद्यावधिक गरिने...