Shittalpati
सरकार र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग
सरकार र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासले आज यही पुस १९ गतेसम्म महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो ।
नेकपामा तोकिए सात प्रदेशका संयोजक
नेकपामा तोकिए सात प्रदेशका संयोजक नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय कमिटीको जारी तेस्रो बैठकले पार्टी प्रदेश संयोजकहरुको जिम्मेवारी हेरफेर तथा नयाँ संयोजकहरु तोकेको छ ।
संसद् विघटनविरुद्ध पाल्पामा जसपाद्वारा विरोध प्रदर्शन
संसद् विघटनविरुद्ध पाल्पामा जसपाद्वारा विरोध प्रदर्शन संसद् विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा) पाल्पाले विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदम असंवैधानिक,अलोकतान्त्रिक र प्रतिगमनकारी हर्कत भएको भन्दै त्यसको विरूद्ध बुधबार जसपाले विरोध प्रदर्शन गरेको हो ।
दाहाल संसदीय दलका नेतामा चयन
दाहाल संसदीय दलका नेतामा चयन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले संसदीय दलका नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बुधबार बसेको सो पक्षका पूर्वसांसद् र सांसदको बैठकले केपी शर्मा ओलीलाई दलको नेताबाट हटाएर दाहाललाई चयन गरेको निवर्तमान सांसद देवप्रसाद गुरुङले जानकारी दिए ।
माधव नेपाल अध्यक्ष बन्ने
माधव नेपाल अध्यक्ष बन्ने माधव कुमार नेपाल नेकपाको पार्टी अध्यक्ष बन्ने भएका छन् । पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल नेतृत्व समूहको केन्द्रीय कमिटीको बैठकले नेकपाको अध्यक्षबाट केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गरी हटाउने निर्णय गरेसँगै नेपाल अध्यक्ष बन्ने भएका हुन् ।
पाल्पामा संसद् विघटनको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन
पाल्पामा संसद् विघटनको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट भातृ संगठनहरुले संसद् विघटनको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । प्रधानमन्त्रीको कदम गैरसंवैधानिक भएको भन्दै तरुण दल, महिला संघ, दलित संघ, नेविसंघ लगायतका संगठनहरुले तानसेनको आन्दोलन चोकमा पुत्ला दहन गरेका हुन् ।
सरकारले दूरगामी महत्वका काम गरेको छ :  प्रधानमन्त्री (पूर्ण पाठसहित)
सरकारले दूरगामी महत्वका काम गरेको छ : प्रधानमन्त्री (पूर्ण पाठसहित) प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संसद्लाई केही नेताहरुको स्वार्थको बन्धक बनाइराख्नु जनादेश विपरीत हुन जाने’ भएकाले जनताको भावनानुसार काम गर्न अगाडि बढ्नै नसक्ने स्थितिबाट मुलुकलाई निकास दिन नयाँ निर्वाचनको मिति तोकिएको बताएका छन् । देशवासीका नाममा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनअनुमोदित नेकपाको वर्तमान सरकारलाई आफ्नै दलका नेताहरुले काम गर्न नदिने...
प्रधानमन्त्रीको सम्बोधन ३ बजे
प्रधानमन्त्रीको सम्बोधन ३ बजे धानमन्त्री केपी शर्मा ओली पछिल्लो राजनीतिक घटनालगायत विषयमा आज अपराह्न ३ बजे देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हुने सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने जनाइएको छ ।
प्रतिनिधिसभा विघटन, देशभर विरोध
प्रतिनिधिसभा विघटन, देशभर विरोध राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकी हुन् ।
संसद् विघटनप्रति आपत्ति जनाउदै सात मन्त्रीले दिए राजीनामा
संसद् विघटनप्रति आपत्ति जनाउदै सात मन्त्रीले दिए राजीनामा प्रतिनिधिसभा विघटन भएकोप्रति आपत्ति प्रकट गर्दै ७ जना मन्त्रीले राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरिएकोमा आपत्ति जनाउँदै ७ मन्त्रीले राजीनामा दिएका हुन् ।
प्रतिनिधिसभा विघटनको सिफारिस संविधानको अक्षर, मर्म र भावना विपरीत छ : काँग्रेस
प्रतिनिधिसभा विघटनको सिफारिस संविधानको अक्षर, मर्म र भावना विपरीत छ : काँग्रेस प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न सरकारले चालेको कदम संविधानको अक्षर, मर्म र भावना विपरीत रहेको छ । प्रधानमन्त्री ओलीले आज बिहान ताजा जनादेशका लागि भनी प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए ।
राष्ट्रपतिद्वारा संसद् विघटन,  बैशाख १७ र २७ मा निर्वाचन हुने
राष्ट्रपतिद्वारा संसद् विघटन, बैशाख १७ र २७ मा निर्वाचन हुने राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकी हुन् ।
Weather Update