Shittalpati
मंगलबार ३ हजार १ सय ४२ जना कोरोना मुक्त
मंगलबार ३ हजार १ सय ४२ जना कोरोना मुक्त पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय ४२ जना कोरोना संक्रमणबाट निको भएका छन् । मंगलबार देशभर ३ हजार १ सय ४२ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
वडा अध्यक्षद्वारा कार्यकर्ता माथि भएको कुटपिटको घटनाप्रति काँग्रेसको ध्यानाकर्षण
वडा अध्यक्षद्वारा कार्यकर्ता माथि भएको कुटपिटको घटनाप्रति काँग्रेसको ध्यानाकर्षण आफ्ना कार्यकर्ता माथि भएको कुटपिटको घटनाप्रति नेपाली काँग्रेस निस्दी गाउँपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार निस्दी गाउँपालिका ५, गल्धामा वडा अध्यक्षद्वार आफ्ना कार्यकर्ताको कुटपिट भएको घटनाप्रति काँग्रेसले एक विज्ञप्ती जारी गरी ध्यानाकर्षण भएको जनाएको हो ।
मन्त्रिमण्डल पुनर्गठन
मन्त्रिमण्डल पुनर्गठन मन्त्रिमण्डल पुनर्गठन भएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्‍मा हेरफेर गरेकी हुन् ।
बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु
बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा एकजना कोराना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार बुटवल उपमहानगरपालिका–३ का ७२ वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार बिहान ९ः४५ बजे मृत्यु भएको हो ।
सुशील कोइराला सोसलिष्ट युथ सर्कल पाल्पाको अध्यक्षमा चन्द
सुशील कोइराला सोसलिष्ट युथ सर्कल पाल्पाको अध्यक्षमा चन्द पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्व सभापति स्व.सुशील कोईरालाको सम्झनामा स्थापित सुशील कोईराला सोसलिष्ट युथ सर्कल पाल्पाको अध्यक्षमा विद्यार्थी नेता युबराज चन्द ठकुरी चयन भएका छन् । चन्दलाई सर्कलका केन्द्रीय अध्यक्ष तारा बहादुर थापाले जिल्ला कार्यसमितिको अध्यक्ष पदको जिम्मेवारीको हस्ताक्षरित पत्र पठाएका छन् ।
प्रदेश राजधानी देउखुरीका विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप
प्रदेश राजधानी देउखुरीका विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप नेपाली कांग्रेसले प्रदेश नं ५ को स्थायी राजधानी देउखुरीका विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ । आज बस्ने प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकाले दाङस्थित देउखुरीका विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलले ह्विप लगाएको हो ।
पाल्पामा दुई राप्रपा बिच पार्टी समायोजन
पाल्पामा दुई राप्रपा बिच पार्टी समायोजन पाल्पामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच पार्टी समायोजन भएको छ । केन्द्रमा दुई पार्टी बिच एकता भएपछि पाल्पामा पनि पार्टी समायोजन भएको हो ।
काँग्रेसद्वारा भोलि रुपन्देही बन्दको घोषणा
काँग्रेसद्वारा भोलि रुपन्देही बन्दको घोषणा नेपाली कांग्रेसले रुपन्देही बन्दको घोषणा गरेको छ । सरकारले प्रदेशसभामा स्थायी राजधानी दाडको देउखुरीमा बनाउने प्रस्ताव लगेपछि त्यसको विरोधमा नेपाली काँग्रेसले भोलि अर्थात् असोज १८ गते बन्दको घोषणा गरेको हो ।
न्याय प्राप्तिको संघर्षबाट कहिल्यै विचलित हुँदैन : सभापति श्रेष्ठ
न्याय प्राप्तिको संघर्षबाट कहिल्यै विचलित हुँदैन : सभापति श्रेष्ठ नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले जतिबाधा कष्ट परे पनि बर्बर राज्य आतङ्क नसहने बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै हजार घात खान तयार रहेको तर न्याय प्राप्तिको संघर्षबाट विचलित नहुने उल्लेख गरेका छन् ।
नेपाली काँग्रेस गुल्मीको आन्दोलनको कार्यक्रम स्थगित
नेपाली काँग्रेस गुल्मीको आन्दोलनको कार्यक्रम स्थगित नेपाली काँग्रेस गुल्मीले आफ्ना कार्यकर्ता कुटपिटमा संलग्नलाई कानुन अनुसार कारवाही गर्न जिल्ला प्रशासन कार्यालय सहमत भएपछि नेपाली काँग्रेसले आन्दोलनको कार्यक्रम स्थगित गरेको छ । मंगलबार भएको वार्तामा आफ्ना कार्यकर्ता कुटपिटमा संलग्नलाई कानुन अनुसार कारबाही गर्न गुल्मी प्रशासन सहमत भएपछि नेपाली काँग्रेसले धर्ना कार्यक्रम स्थगित गरेको हो ।
‘भारतसँग छिट्टै वार्ता हुन्छ’
‘भारतसँग छिट्टै वार्ता हुन्छ’ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसंँगको कूटनीतिक संवाद र छलफलबाटै सीमा समस्याको समाधान गरिने बताएका छन् । प्रेस सङगठन नेपाल, रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले नेपाल कुनै छिमेकी मुलुकतिर नढल्किने स्पष्ट पार्दै सीमा समस्या समाधानलगायत विषयमा प्रधानमन्त्रिस्तरमा भारतसँग चारपटक फोन संवाद भएको बताए ।
Weather Update