Shittalpati
प्रदेश पाँचमा दुई विधेयक प्रमाणीकरण
प्रदेश पाँचमा दुई विधेयक प्रमाणीकरण प्रदेश नं ५ को प्रदेशसभा बैठकबाट पारित दुई विधेयकलाई प्रदेश प्रमुख धर्मनाथ यादवले आज प्रमाणीकरण गरेका छन् । स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधासम्बन्धी कानूनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७६ र लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ प्रमाणीकरण भएको...
गुल्मीमा नगर प्रमुखको अभिव्यक्तिप्रति सत्तापक्षले गर्‍यो बचाउ, प्रतिपक्षले विरोध
गुल्मीमा नगर प्रमुखको अभिव्यक्तिप्रति सत्तापक्षले गर्‍यो बचाउ, प्रतिपक्षले विरोध जिल्लाको मुसिकोट नगरपालिकामा क्वारेन्टाइनको विषयलाई लिएर दुई ठूला राजनैतिक दलहरुले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका छन् । केही दिन अघि मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले क्वारेन्टाइनको विषयमा दिएको अभिव्यक्तिप्रति नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका हुन् । मेयरको अभिव्यक्ति प्रति सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मुसिकोट...
रुपन्देही घटनामा संलग्नलाई कारवाही माग
रुपन्देही घटनामा संलग्नलाई कारवाही माग राष्ट्रियसभाका सदस्यले पछिल्लो समयमा मुलुकका विभिन्न स्थानमा बढ्दै गएको हत्याहिंसा अन्त्य गर्नुपर्ने माग गरेका छन् । सभाको आजको बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट (पार्टी) का गोपाल भट्टराईले पछिल्लो समयमा रुकुम र रुपन्देहीलगायत जिल्लामा भएको हत्यामा संलग्न दोषीमाथि कारवाही गर्नुपर्ने माग गरे ।
कोरोनाबाट भएको निधनप्रति काँग्रेस पाल्पाद्वारा दुःख व्यक्त
कोरोनाबाट भएको निधनप्रति काँग्रेस पाल्पाद्वारा दुःख व्यक्त नेपाली काँग्रेस पाल्पाले कोभिड– १९ संक्रमणबाट जिल्लाको पूर्वखोला गाउँपालिकाका एक पुरुषको निधन भएको प्रति दुख व्यक्त गरेको छ । काँग्रेसले एक विज्ञप्ती जारी गर्दै पूर्वखोला गाउँपालिका वडा १ सिलुवाका ४६ बर्षिय पुरुषको उपचारका क्रममा कोरोनाबाट निधन भएको भन्दै दुःख व्यक्त गरेको हो ।
संस्थागत विकास आवश्यक : प्रदेशप्रमुख यादव
संस्थागत विकास आवश्यक : प्रदेशप्रमुख यादव प्रदेश पाँचका प्रदेश प्रमुख धर्मनाथ यादवले सघीय लोकतान्त्रिक व्यवस्थाको संस्थागत विकास, शासकीय सुधार तथा सुशासनको निरन्तरताबाट नै जनताको जीवनस्तरमा अपेक्षित सुधार ल्याउन सकिने बताएका छन् ।
संविधान संशोधनको आवाज कमजोर बन्दै
संविधान संशोधनको आवाज कमजोर बन्दै आजको प्रतिनिधी सभा बैठकमा पेश हुने भनेर बहुचर्चा गरिएको परिवर्तिक नेपालको नक्सालाई संविधानको अंग बनाउने काम एका एक रोकिएपछि सरकार फेरि नयाँ षड्यन्त्रमा फँसेको अनुभूति हुनु थालेको छ ।
शाक्यको निधनप्रति विभिन्न संघ संस्थाद्वारा श्रद्धाञ्जली
शाक्यको निधनप्रति विभिन्न संघ संस्थाद्वारा श्रद्धाञ्जली नेपाली काँग्रेस पाल्पाका नेता तथा सामाजिक अभियान्त चकोरमान शाक्यको स्मृतिमा बुधबार शोक सभाको आयोजना गरी श्रद्धाञ्जली व्यक्त गरिएको छ । नेपाली काँग्रेस र पार्टीका विभिन्न भातृसंस्था र शुभेच्छुक संस्थाहरुले स्व.शाक्यको निवास टक्सार टोलमै पुगी श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
सरकार नागरिकप्रति संवेदनशील छ : प्रधानमन्त्री ओली
सरकार नागरिकप्रति संवेदनशील छ : प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नागरिकप्रति संवेदनशील रहेको बताएका छन् । राष्ट्रका नाममा सोमबार सम्बोधन गर्दै ओलीले कोरोना महामारीका कारण कुनै पनि नागरिक रोग र भोकबाट समस्यामा नपर्ने र त्यसका लागि सरकार संवेदनशील रहेको बताएका हुन् ।
संवादबाटै जमीन फिर्ता लिइन्छ :  सञ्चारमन्त्री
संवादबाटै जमीन फिर्ता लिइन्छ : सञ्चारमन्त्री सरकारले वार्ता र कूटनीतिक प्रयासबाट प्रमाणका आधारमा सीमा समस्याको सहज समाधान गर्ने जनाएको छ । मन्त्रिपरिषद्को शुक्रबार बिहान बसेको बैठकको निर्णय सार्वजनिक गर्दै अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले संवादकै आधारमा मित्रराष्ट्रसँग आफ्नो भूमि स्वतः फिर्ता गर्ने अवस्थामा पुर्‍याइने दृढता व्यक्त गरेका थिए ।
गुल्मीका कोरोना संक्रमितको पुनः पिसीआर परीक्षण गर्न काँग्रेस गुल्मीको माग
गुल्मीका कोरोना संक्रमितको पुनः पिसीआर परीक्षण गर्न काँग्रेस गुल्मीको माग नेपाली काँग्रेस गुल्मीले जिल्लाको मदाने गाउँपालिका–६ पुर्कोटदहका कोरोना पोजेटिभ देखिएका व्यक्तिको पुनः पिसीआर परीक्षण गर्न माग गरेको छ । बुधबार नेपाली काँग्रेस गुल्मीका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले विज्ञप्ती जारी गर्दै कोरोना संक्रमति व्यक्तिको उपचारमा विशेष ध्यान पुर्‍याउन माग गरेका हुन् ।
पीडितका पक्षमा लाग्न काँग्रेस पाल्पाको आग्रह
पीडितका पक्षमा लाग्न काँग्रेस पाल्पाको आग्रह नेपाली काँग्रेस पाल्पाले कोरोना महामारीका बेला जिल्लाका स्थानीय सरकारका काम कारवाही प्रभावकारी हुनुपर्ने कुरालाई महत्वका साथ उठाउँदै आएको छ ।
गुल्मी काँग्रेसद्वारा भारतमा रहेका नागरिक प्रति चासो
गुल्मी काँग्रेसद्वारा भारतमा रहेका नागरिक प्रति चासो नेपाली काँग्रेस गुल्मीले भारत रहेका नागरिक प्रति चासो देखाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपका कारण उत्तरभारत क्षेत्र लगायत देश विदेशका विभिन्न स्थानमा रहेका नागरिकहरुप्रति गुल्मी काँग्रेसले चासो देखाएको हो ।
Weather Update