‘संविधान कार्यान्वयनको पहिलो दशक’ मा छलफल
बुधबार, भदौ २६, २०८१

लुम्बिनी प्रदेश सांसद् केसी जेल चलान
आइतबार, भदौ २३, २०८१
लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् । रुकुमपूर्व १ (२) बाट निर्वाचित कांग्रेस सांसद् केसी कागजात किर्ते मुद्दामा दोषी ठहर भएकोमा कारागार चलान भएका हुन् ।

काँग्रेस पाल्पाको बैंठक: विप्रको निधनमा शोक प्रस्ताव पारित, भदौ १९ गते श्रद्धाञ्जली सभा
सोमबार, भदौ १७, २०८१
नेपाली काँग्रेस पाल्पाले पार्टीका पूूर्व जिल्ला सभापति ठाकुर चन्द्र (विप्र) कोइरालाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सोमबार तानसेनस्थित पार्टी कार्यालयमा बसेको जिल्ला कार्यसमितिको २७ औं बैंठकले प्रजातन्त्र सेनानी तथा पूर्व सभापति कोइरालाको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

राष्ट्रपति पौडेलद्वारा टिआरसी विधेयक प्रमाणीकरण
बिहीबार, भदौ १३, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक प्रमाणीकरण गरेका छन् ।

एकीकृत समाजवादीको केन्द्रीय सचिवमा पाण्डेय निर्वाचित
बुधबार, भदौ १२, २०८१
नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवमा पाल्पाली नेता तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेय निर्वाचित भएका छन् । मंगलबार पदाधिकारीका लागि भएको निर्वाचनमा पाण्डेयले १ सय ४१ मत लिएर सचिवमा निर्वाचित भएका हुन् ।

एकीकृत समाजवादीको पदाधिकारीमा को-को भए निर्वाचित ?
बुधबार, भदौ १२, २०८१
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को १८ केन्द्रीय पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ ।

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
मंगलबार, भदौ ४, २०८१
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार प्रदेशसभाको चौथो अधिवेशनको २५ औं बैठकमा आचार्यले मतका लागि राखेको प्रस्तावमा दुईतिहाइभन्दा बढी मत प्राप्त भएको हो ।

लुम्बिनीका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै
मंगलबार, भदौ ४, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदैछन् । साउन ७ गते लुम्बिनी प्रदेशसभामा दुई ठूला दल एमाले र कांग्रेसको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका आचार्यले १ बजे बस्ने लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २५औं बैठकमा विश्वासको मत लिन थालेका हुन् ।

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै
मंगलबार, भदौ ४, २०८१
लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्तावित कार्यसूचि रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता आचार्य नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थियो ।

महासमिति सदस्य बस्यालले दिए काँग्रेस पाल्पालाई ११ बुँदे सुझाव
शनिबार, भदौ १, २०८१
नेपाली काँग्रेस पाल्पाका जिल्ला सदस्य तथा महासमिति सदस्य कृष्णप्रसाद बस्यालले नेपाली काँग्रेस जिल्ला कार्य समितिलाई ११ बुँदे रचनात्मक सुझाव पेश गरेका छन् । पार्टीलाई थप चलायमान बनाउनेदेखि पार्टी भित्रका कार्यकर्ताहरुको आन्तरिक व्यवस्थापनलाई जोड दिई सबै कार्यकर्ताहरु बीच सुमधुर सम्बन्धको विकास गर्न जोड दिदै उनले पार्टी सभापति हिमालदत्त श्रेष्ठलाई भेटेर सुझावसहितको...

राज्यका निर्देशक सिद्धान्त समिति सभापतिमा पाल्पाली सांसद गैरे निर्विरोध निर्वाचित
बिहीबार, साउन ३१, २०८१
पाल्पा क्षेत्र न. २ का संघीय सांसद तथा नेकपा एमालेका नेता ठाकुरप्रसाद गैरे संघीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।