Shittalpati
पाल्पामा काँग्रेस र प्रेस युनियनबिच छलफल
पाल्पामा काँग्रेस र प्रेस युनियनबिच छलफल नेपाली काँग्रेस पाल्पा र नेपाल प्रेस युुनियन पाल्पा शाखाबिच तानसेनमा छलफल भएको छ । नेपाली काँग्रेसका गतिविधि, पार्टी र प्रेस युनियनले खेल्नुपर्ने भूमिका लगायतका विषयमा व्यापक छलफल भएको हो । 
राज्यको नियम कानुन सबैले मान्नु पर्छ  : सासंद गैरे
राज्यको नियम कानुन सबैले मान्नु पर्छ  : सासंद गैरे प्रतिनिधीसभा सदस्य ठाकुर प्रसाद गैरेले राज्यको नीति नियम कानुन सबैले मान्नु पर्ने बताएका छन् । राज्य भन्दा माथि नत सरकार छ, नत संघ संस्था छन् नत कुनै व्यक्ति , त्यसैले राज्यले बनाएको नीति नियम कानुन सबै पक्षले पालना गर्नु पर्ने सांसद गैरेले बताए ।
काँग्रेस लुम्बिनी प्रदेशले भदौ पहिलो हप्ता प्रशिक्षण दिदै
काँग्रेस लुम्बिनी प्रदेशले भदौ पहिलो हप्ता प्रशिक्षण दिदै संगठन सुुदृढीकरणमा लागेको नेपाली काँंग्रेस लुम्बिनी प्रदेशले भदौ पहिलो हप्ता प्रशिक्षण दिन लागेको छ । शुक्रबार दाङको भालुबाङस्थित प्रदेश कार्यालयमा बसेको प्रशिक्षण विभागको बैठकले आगामी भदौ पहिलो हप्ता प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको हो ।
वडा अध्यक्ष अधिकारीले भने ‘ नदीजन्य पदार्थ निकासीमा राजनीतिक पूर्वाग्रह साँधियो’ 
वडा अध्यक्ष अधिकारीले भने ‘ नदीजन्य पदार्थ निकासीमा राजनीतिक पूर्वाग्रह साँधियो’  जिल्लाको बगनासकाली गाउँपालिका –६ का वडा अध्यक्ष लक्ष्मी प्रसाद अधिकारीले नदिजन्य पदार्थ निकासीमा राजनीतिक पूर्वाग्रह साँधिएको बताएका छन् । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै पालिकाले गरेको निर्णय र समाचारमा आएका कुराहरुमा कुनै सत्यता नभई राजनीतिक पूर्वाग्रह साँधिएको बताएका हुन् ।
संसद्प्रति एमाले सधै ‘अनुदार’
संसद्प्रति एमाले सधै ‘अनुदार’ सत्तामा हुँदै पनि संसद्प्रति अनुदार देखिएको नेकपा एमाले सत्ताबाहिर हुँदा निरन्तर त्यसविरुद्ध उभिँदै आएको छ । उसले संसद्लाई जनताका समस्या उठाउने र समाधान खोज्ने थलोभन्दा आफ्नो स्वार्थ पूरा गर्न त्यसलाई प्रयोग गर्दै आएको छ । आफ्नो राजनीतिक अभिस्ट पूरा गर्न प्रधानमन्त्री, मन्त्रीहरुको राजीनामा माग्ने र संसद अवरुद्ध गर्ने एमालेको नियमित...
एमालेको अवरोध कायमै : राष्ट्रिय सभा बैंठक पनि स्थगित
एमालेको अवरोध कायमै : राष्ट्रिय सभा बैंठक पनि स्थगित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध कायमै राखेको छ । सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै  प्रतिनिधि सभा बैंठक अवरोध गर्दै आएको एमालेले विहीबारको राष्ट्रिय सभाको बैठक समेत अवरोध गरेको छ ।
कोसी प्रदेशको मुख्यमन्त्री थापा नियुक्ती, शपथ भोलि
कोसी प्रदेशको मुख्यमन्त्री थापा नियुक्ती, शपथ भोलि कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई आजबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । थापा संविधानको धारा १६८ को उपधारा(२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
तरुण दल कालीगण्डकीको सभापतिमा श्रेष्ठ
तरुण दल कालीगण्डकीको सभापतिमा श्रेष्ठ नेपाल तरुण दल कालीगण्डकी गाउँपालिका गुल्मीको सभापतिमा सुरेश श्रेष्ठ सर्वसमत निर्वाचित भएका छन् । दरुण दल पालिकाको प्रथम अधिवेशनले श्रेष्ठलाई सभापतिमा सर्वसमत निर्वाचित गरेको हो ।-
काँग्रेसको महासमिति बैठक मंसिरमा गर्ने  
काँग्रेसको महासमिति बैठक मंसिरमा गर्ने   नेपाली काँग्रेसले विधान महाधिवेशनको सट्टा महासमितिको बैठक आगामी मंसिरमा गर्ने भएको छ । केन्द्रीय कार्यसमितिको बैठकले नीति महाधिवेशनले गर्ने कार्य महासमितिको बैठकबाट गर्ने निर्णय गरेको हो ।
पूर्वउपप्रमुख खनालको निधन
पूर्वउपप्रमुख खनालको निधन बुटवल उपमहानगरपालिकाका (साविक बुटवल नगरपालिकाका) पूर्वउपप्रमुख रामप्रसाद खनालको निधन भएको छ । दम बढेपछि बुटवलस्थित तिनाउ अस्पतालमा उपचाररत खनालको  आइतबार बिहान निधन भएको हो ।
पाल्पामा चार दलले गरे समाजवादी मोर्चा गठन
पाल्पामा चार दलले गरे समाजवादी मोर्चा गठन पाल्पामा चार दलले समाजवादी मोर्चा नेपाल गठन गरेका छन् । केन्द्रमा समाजवादी मोर्चा गठन भएसँगै पाल्पामा पनि सोही अनुरुप मोर्चा गठन गरिएको हो ।
वर्तमान सरकार बिपीको नीतिबाट प्रेरित :उपप्रधानमन्त्री खड्का
वर्तमान सरकार बिपीको नीतिबाट प्रेरित :उपप्रधानमन्त्री खड्का उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकार बिपी कोइरालाको नीतिबाट प्रेरित भइ देश र जनताको पक्षमा काम गरिरहेको बताए  । 
Weather Update