संघीयता विफल भए : त्यसकाे दोषी संघीय सरकार हुन्छ : मुख्यमन्त्री चौधरी
शुक्रबार, भदौ २९, २०८०

तिजलाई सद्भाव र संस्कृति जगेर्नाका रुपमा मनाऔं : सभापति श्रेष्ठ
शुक्रबार, भदौ २९, २०८०
नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले तिज पर्वलाई सामाजिक सद्भाव र संस्कृति जगेर्नाका रुपमा मनाउनुपर्ने बताएका छन् । नेपाली काँग्रेस पाल्पा–रुपन्देही सम्पर्क समितिले बुटवलमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले तिज पर्वलाई सामाजिक सद्भाव र संस्कृति जगेर्नाका रुपमा मनाउनुपर्ने बताएका हुन् ।

संविधानसभा अध्यक्ष नेम्वाङको अन्त्येष्टि
बिहीबार, भदौ २८, २०८०
दिवङ्गत संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टिका गरिएको छ । उनका छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिए । सो अवसरमा नेपाली सेनाको एक टुकडीले तोपसहित सलामी अर्पण गरेको थियो ।

एमालेले तीन दिनसम्म शोक मनाउने
मंगलबार, भदौ २६, २०८०
नेकपा (एमाले)ले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ्को निधनप्रति तीन दिन शोक मनाउने भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले पार्टीमा योगदानको मूल्याङ्कन गदैै नेता नेम्बाङको सम्मानमा विशेष शोक प्रस्ताव पारित गर्दै तीन दिनसम्म देशभरिका पार्टी कार्यालयको झण्डा आधा झुकाउने निर्णय गरिएको एमाले कार्यवहाक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिए...

राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येस्टि गर्ने सरकारको निर्णय
मंगलबार, भदौ २६, २०८०
सरकारले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संविधानसभा अध्यक्षको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति सरकारले समवेदना प्रकट गरेको छ ।

सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने तयारी
मंगलबार, भदौ २६, २०८०
सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने तयारी गरेको छ ।

काँग्रेस नेता यादवमाथि खुकुरी प्रहार प्रकरण : पाल्पा तरुण दलले भन्यो‘ खुकुरी प्रहार गर्नेलाई तुरुन्तै कारवाही गर’
आइतबार, भदौ २४, २०८०
सत्तारूढ दल नेपाली काँग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादवमाथि केही दिन अघि भएको सांघातिक आक्रमणको विषयलाई लिएर नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल पाल्पाले सरकारको ध्यानाकर्षण गराएको छ ।

बीपी जयन्ती : काँग्रेसले सम्झियो यसरी
आइतबार, भदौ २४, २०८०
नेपाली काँग्रेसले आइतबार पाल्पा, गुल्मीसहित देशैभर बीपीको सम्झनामा विभिन्न कार्यक्रम गरी ११० औं जन्मजयन्ती मनाएको छ । काँग्रेसले संस्थापक नेता कोइरालाको योगदानको बारेमा चर्चा गर्दै उनको सम्झना गरेको हो

भोली बीपी जयन्ती : पाल्पा र गुल्मीमा काँग्रेसका यस्ता छन् कार्यक्रम
शनिबार, भदौ २३, २०८०
प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११० औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी भोली देशभर मनाइँदैछ ।

लुम्बिनी : पहाड र मधेसका दलितलाई मात्रै आरक्षण
शनिबार, भदौ २३, २०८०
लुम्बिनी प्रदेशमा पहाड र मधेस दलितलाई मात्रै आरक्षण छुट्याइएको छ । शुक्रबार पारित भएको लुम्बिनी प्रदेशको ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ मा यस्तो कुरा उल्लेख छ ।

कोशी प्रदेश सरकार : अस्थिरताको सिकार
शनिबार, भदौ २३, २०८०
कोशी प्रदेशमा दोस्रो पटक मुख्यमन्त्री बनेका काँग्रेसका उद्धव थापाले पछिल्लो पटक प्रदेश सभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको सर्वोच्च अदालतको ठहरसँगै त्यहाँको राजनीति थप अस्थिर र पेचिलो बनेको छ । दलहरूले स्थापित मूल्य–मान्यता र संविधानमाथि बलमिच्याइँ गर्दा कोशीमा अस्थिरता सिर्जना भएको हो ।

राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित
शुक्रबार, भदौ २२, २०८०
राष्ट्रियसभाको यही भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि निर्धारित बैठक स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज जारी सूचनामा बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले अर्को सूचना जारी नभएसम्म स्थगित भएको उल्लेख छ ।

पाल्पाको करुवा र ढाकाको अध्ययन गरी ‘ब्राण्डिङ’ गर्छौं : मुख्यमन्त्री चौधरी
शुक्रबार, भदौ २२, २०८०
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पाल्पाको पहिचनाको रुपमा रहेको करुवा र ढाकाको विस्तृत अध्ययन गरी ‘ब्राण्डिङ’ गर्ने बताएका छन् । बिहीबार तानसेनमा नेपाली काँग्रेसले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले पाल्पाको ढाका र करुवाको विज्ञ टोलीमार्फत अध्ययन गरी त्यसको ‘ब्राण्डिङ’ गर्ने बताएका हुन् ।