बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल
सोमबार, वैशाख २५, २०८०
सङ्घीय संसद्को बर्खे अधिवेशन सुरु
आइतबार, वैशाख २४, २०८०
सङघीय संसद्को बर्खे अधिवेशन आजदेखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेश आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ भएको हो ।
नवनियुक्त तीन मन्त्रीद्वारा शपथ
बिहीबार, वैशाख २१, २०८०
नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले शपथ लिएका हुन् ।
सन्दीपलाई तीन दिन हिरासतमा राख्न अनुमति
बिहीबार, वैशाख २१, २०८०
नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने कार्यमा संलग्नता भएको आरोपमा पक्राउ परेका सन्दीप रायमाझीलाई जिल्ला अदालत काठमाडौँले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
टोपबहादुर रायमाझी र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी
बुधबार, वैशाख २०, २०८०
नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला अदालत काठमाडौँबाट आज उनीहरु विरुद्धको पक्राउ पुर्जी लिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
तीन मन्त्री नियुक्त
बुधबार, वैशाख २०, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिमण्डलमा तीन जना मन्त्री थपिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री दाहालको सिफारिसमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्ति गरेका छन् ।
चन्द्र भण्डारीको नेपालमै उपचार हुँदै
बुधबार, वैशाख २०, २०८०
आगलागीमा परी घाइते भएका नेपाली काँग्रेसका प्रभावशाली नेता तथा सांसद डा चन्द्र भण्डारीको नेपालमै थप उपचार भइरहेको छ । साढे दुुई महिना भारतको मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा उपचार गराई नेपाल फर्किएका भण्डारीको मंगलबारदेखि नेपालमै उपचार सुरु गरिएको हो ।
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त
मंगलबार, वैशाख १९, २०८०
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेश सभाको पहिलो अधिवेशन अन्तर्गत दशौँं बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत प्राप्त गरेका हुन् ।
नेपाल ट्रेड युनियन काँग्रेस पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा देवकोटा
मंगलबार, वैशाख १९, २०८०
नेपाल ट्रेड युनियन काँग्रेस पाल्पामा नयाँ नेतृत्व आएको छ । सोमबार तानसेनमा भएको युनियनको सातौं अधिवेशनले निलकण्ठ देवकोटाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । निर्माण व्यवसायी, सहकारी अभियान्ता तथा सामाजिक क्षेत्रमा क्रियाशिल देवकोटालाई अधिवेशनले निर्विरोध निर्वाचित गरेको छ ।
लुम्बिनी प्रदेशमा मन्त्रीका आकांक्षी धेरै
सोमबार, वैशाख १८, २०८०
लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुने भएको छ । सत्ता गठबन्धन दलमा मन्त्रीका आकांक्षी धेरै भएपछि उनीहरूको व्यवस्थापनपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरी पुगेका छन् । उनले मंगलबार विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।
मुख्यमन्त्री चौधरीले गरे पदभार ग्रहण, सोमबार विश्वासको मत लिने
आइतबार, वैशाख १७, २०८०
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदभार ग्रण गरेका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।
बौद्धिक पलायन रोक्न सांसदको माग
शुक्रबार, वैशाख १५, २०८०
प्रतिनिधिसभामा सांसदहरुले मुलुकमा अवसरको कमी हुँदा बौद्धिक पलायन भइरहेको बताउँदै यसलाई रोक्नका लागि आवश्यक नीति ल्याउन सरकारको ध्यानाकर्षण गराए । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद राजेन्द्रप्रसाद लिङ्देनले नेपालमा बौद्धिकता पलायन भइरहेको बताउँदै बौद्धिक पलायन रोक्नका लागि सरकारले आवश्यक कार्यक्रम अघि बढाउनपर्ने धारणा व्यक्त गरे ।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री र तीन मन्त्रीले लिए शपथ
शुक्रबार, वैशाख १५, २०८०
लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री र तीन मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री र मन्त्रिपरिषद्का सदस्यलाई शपथ ग्रहण गराएका हुन् ।