लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरीको दाबी
बिहीबार, वैशाख १४, २०८०
बारा–२ मा यादव विजयी
बुधबार, वैशाख १३, २०८०
वैशाख १० गते सम्पन्न प्रतिनिधि सभाको उपनिर्वाचनमा बारा –२ मा जसपा अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका यादवले निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले पराजित गरेका हुन् ।
उपनिर्वाचन : चितवनमा लामिछाने, तनहुँमा वाग्ले विजयी
मंगलबार, वैशाख १२, २०८०
वैशाख १० गते भएको प्रतिनिधि सभाको उपनिर्वाचनमा चितवन–२ र तनहुँ क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका दुई उम्मेदवार विजयी भएका छन् । मंगलबार आएको अन्तिम मत परिणाम अनुसार चितवन –२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, तनहुँ क्षेत्र नं १ मा डा. स्वर्णिम वाग्ले विजयी भएका हुन् ।
केन्द्रीय समीकरणको प्रभाव, लुम्बिनीमा ढल्यो एमाले सरकार
मंगलबार, वैशाख १२, २०८०
केन्द्रीय समीकरणको प्रभाव लुम्बिनी प्रदेशमा पनि देखिएको छ । केन्द्रको समीकरण अकस्मात फेरिएपछि लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका एमालेका लिला गिरी नेतृत्वको सरकार ढलेको छ । मुख्यमन्त्री गिरीले प्रदेशसभा बैठकमा पेस गरेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकार भएपछि एमालेको सरकार ढलेको हो ।
मंगल नेशनलका उम्मेदवारले गरे खर्च विवरण सार्वजनिक
मंगलबार, वैशाख १२, २०८०
मंगल नेशनल अर्गनाइजेशनका उम्मेदवारहरुले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा पाल्पाबाट उम्मेदवार बनेका मंगल नेशनल अर्गनाइजेशनका ६ उम्मेदवारले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका हुन् ।
पूर्वमन्त्री पाण्डेयको चुनावी खर्च सार्वजनिक
मंगलबार, वैशाख १२, २०८०
नेकपा एकिकृत समाजवादीका नेता तथा पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेयले चुनावी खर्च सार्वजनिक गरेका छन् । मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा पाल्पा क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका पाण्डेयले सञ्चारमाध्यममार्फत चुनावी खर्च सार्वजनिक गरेका हुन् ।
मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत
सोमबार, वैशाख ११, २०८०
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले बिश्वासको मत पाएनन्। प्रदेशसभाको आजको बैठकमा बिश्वासको मत मागेका मुख्यमन्त्री गिरीले आफ्नो पक्षमा ३३ मत मात्रै पाएका हुन् ।
पूर्व मन्त्री रानाको चुनावी खर्च १४ लाख ७२ हजार
सोमबार, वैशाख ११, २०८०
लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाको चुनावी खर्च १४ लाख ७२ हजार रहेको छ । मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा पाल्पा निर्वाचन क्षेत्र नं.२ (१) प्रदेश सभा सदस्यमा निर्वाचित रानाले मतदाता नामावली खरिद, सवारी साधन, सवारी इन्धन, प्रचार–प्रसार सामग्री, ढुवानी तथा कुरियर, गोष्ठी, अन्तरक्रिया, बैठक, अन्य प्रचार–प्रसार, कार्यालय...
आज तीन जिल्लामा उपनिर्वाचन हुँदै
आइतबार, वैशाख १०, २०८०
बारा–२, चितवन–२ र तनहुँ–१ मा आज उपनिर्वाचन हुँदै छ । आमनिर्वाचन भएको पाँच महिनामै यी तीन जिल्लामा उपनिर्वाचन हुन लागेको हो । गत मंसिर ४ को आमनिर्वाचनमा विजयी भएका नेपाली काँग्रेसका रामचन्द्र पौडेल राष्ट्रपतिमा चुनिएपछि तनहुँ–१ मा उपनिर्वाचन हुुन लागेको हो ।
उपनिर्वाचन : प्रचार–प्रसार गर्न रोक
शुक्रबार, वैशाख ८, २०८०
वैशाख १० गते हुने उपनिर्वाचनका लागि प्रचारप्रसार गर्न रोक लगाइएको छ । निर्वाचन आयोगले बिहीबार राति १२ बजेदेखि प्रचार–प्रसारमा रोक लगाएको हो । प्रतिनिधिसभा सदस्यका लागि बारा–२, चितवन–२ र तनहुँ–१ मा हुन लागेको उपनिर्वाचनका लागि आयोगले वैशाख ७ गते मध्यरातदेखि वैशाख १० गते मतदान बन्द नभएसम्म प्रचार–प्रसार निषेधको अवधि कायम...
चन्द्र भण्डारीले नयाँ वर्षको शुभकामना दिंदै भने–‘सुधार भइरहेको छ, छिट्टै फर्किन्छु’
शनिबार, वैशाख २, २०८०
उपचाररत नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरबाट नयाँ वर्षको शुुभकामना व्यक्त गरेका छन् । भिडियो सन्देशमार्फत नेता भण्डारीले नेपालीहरुमा नयाँ वर्षको शुभकामना व्यक्त गरेका हुुन् ।
प्रेस चौतारी पाल्पाको भित्तेपात्रो विमोचन
बिहीबार, चैत ३०, २०७९
प्रेस चौतारी नेपाल पाल्पाले नव बर्ष २०८० को अवसरमा शुभकामना आदान–प्रदान गर्दै चौतारी भित्तेपात्रो विमोचन गरेको छ । चौतारी भित्तेपात्रोको नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा र चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्कीले संयुक्त रुपमा विमोचन गरेका हुन् ।