Shittalpati
तीन मन्त्री नियुक्त
तीन मन्त्री नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिमण्डलमा तीन जना मन्त्री थपिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री दाहालको सिफारिसमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्ति गरेका छन् ।
चन्द्र भण्डारीको नेपालमै उपचार हुँदै
चन्द्र भण्डारीको नेपालमै उपचार हुँदै आगलागीमा परी घाइते भएका नेपाली काँग्रेसका प्रभावशाली नेता तथा सांसद डा चन्द्र भण्डारीको नेपालमै थप उपचार भइरहेको छ । साढे दुुई महिना भारतको मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा उपचार गराई नेपाल फर्किएका भण्डारीको मंगलबारदेखि नेपालमै उपचार सुरु गरिएको हो ।
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेश सभाको पहिलो अधिवेशन अन्तर्गत दशौँं बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत प्राप्त गरेका हुन् ।
नेपाल ट्रेड युनियन काँग्रेस पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा देवकोटा
नेपाल ट्रेड युनियन काँग्रेस पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा देवकोटा नेपाल ट्रेड युनियन काँग्रेस पाल्पामा नयाँ नेतृत्व आएको छ । सोमबार तानसेनमा भएको युनियनको सातौं अधिवेशनले निलकण्ठ देवकोटाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । निर्माण व्यवसायी, सहकारी अभियान्ता तथा सामाजिक क्षेत्रमा क्रियाशिल देवकोटालाई अधिवेशनले निर्विरोध निर्वाचित गरेको छ ।
लुम्बिनी प्रदेशमा मन्त्रीका आकांक्षी धेरै
लुम्बिनी प्रदेशमा मन्त्रीका आकांक्षी धेरै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुने भएको छ । सत्ता गठबन्धन दलमा मन्त्रीका आकांक्षी धेरै भएपछि उनीहरूको व्यवस्थापनपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरी पुगेका छन् । उनले मंगलबार विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।
मुख्यमन्त्री चौधरीले गरे पदभार ग्रहण, सोमबार विश्वासको मत लिने
मुख्यमन्त्री चौधरीले गरे पदभार ग्रहण, सोमबार विश्वासको मत लिने लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदभार ग्रण गरेका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।
बौद्धिक पलायन रोक्न सांसदको माग
बौद्धिक पलायन रोक्न सांसदको माग प्रतिनिधिसभामा सांसदहरुले मुलुकमा अवसरको कमी हुँदा बौद्धिक पलायन भइरहेको बताउँदै यसलाई रोक्नका लागि आवश्यक नीति ल्याउन सरकारको ध्यानाकर्षण गराए । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद राजेन्द्रप्रसाद लिङ्देनले नेपालमा बौद्धिकता पलायन भइरहेको बताउँदै बौद्धिक पलायन रोक्नका लागि सरकारले आवश्यक कार्यक्रम अघि बढाउनपर्ने धारणा व्यक्त गरे ।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री र तीन मन्त्रीले लिए शपथ
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री र तीन मन्त्रीले लिए शपथ लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री र तीन मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री र मन्त्रिपरिषद्का सदस्यलाई शपथ ग्रहण गराएका हुन् ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरीको दाबी
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरीको दाबी नेपाली काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
बारा–२ मा यादव विजयी
बारा–२ मा यादव विजयी वैशाख १० गते सम्पन्न प्रतिनिधि सभाको उपनिर्वाचनमा बारा –२ मा जसपा अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका यादवले निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले पराजित गरेका हुन् ।
उपनिर्वाचन : चितवनमा लामिछाने, तनहुँमा वाग्ले विजयी
उपनिर्वाचन : चितवनमा लामिछाने, तनहुँमा वाग्ले विजयी वैशाख १० गते भएको प्रतिनिधि सभाको उपनिर्वाचनमा चितवन–२ र तनहुँ क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका दुई उम्मेदवार विजयी भएका छन् । मंगलबार आएको अन्तिम मत परिणाम अनुसार चितवन –२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, तनहुँ क्षेत्र नं १ मा डा. स्वर्णिम वाग्ले विजयी भएका हुन् ।
केन्द्रीय समीकरणको प्रभाव, लुम्बिनीमा ढल्यो एमाले सरकार
केन्द्रीय समीकरणको प्रभाव, लुम्बिनीमा ढल्यो एमाले सरकार केन्द्रीय समीकरणको प्रभाव लुम्बिनी प्रदेशमा पनि देखिएको छ । केन्द्रको समीकरण अकस्मात फेरिएपछि लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका एमालेका लिला गिरी नेतृत्वको सरकार ढलेको छ । मुख्यमन्त्री गिरीले प्रदेशसभा बैठकमा पेस गरेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकार भएपछि एमालेको सरकार ढलेको हो ।
Weather Update