मंगल नेशनलका उम्मेदवारले गरे खर्च विवरण सार्वजनिक
मंगलबार, वैशाख १२, २०८०

पूर्वमन्त्री पाण्डेयको चुनावी खर्च सार्वजनिक
मंगलबार, वैशाख १२, २०८०
नेकपा एकिकृत समाजवादीका नेता तथा पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेयले चुनावी खर्च सार्वजनिक गरेका छन् । मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा पाल्पा क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका पाण्डेयले सञ्चारमाध्यममार्फत चुनावी खर्च सार्वजनिक गरेका हुन् ।

मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत
सोमबार, वैशाख ११, २०८०
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले बिश्वासको मत पाएनन्। प्रदेशसभाको आजको बैठकमा बिश्वासको मत मागेका मुख्यमन्त्री गिरीले आफ्नो पक्षमा ३३ मत मात्रै पाएका हुन् ।

पूर्व मन्त्री रानाको चुनावी खर्च १४ लाख ७२ हजार
सोमबार, वैशाख ११, २०८०
लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाको चुनावी खर्च १४ लाख ७२ हजार रहेको छ । मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा पाल्पा निर्वाचन क्षेत्र नं.२ (१) प्रदेश सभा सदस्यमा निर्वाचित रानाले मतदाता नामावली खरिद, सवारी साधन, सवारी इन्धन, प्रचार–प्रसार सामग्री, ढुवानी तथा कुरियर, गोष्ठी, अन्तरक्रिया, बैठक, अन्य प्रचार–प्रसार, कार्यालय...

आज तीन जिल्लामा उपनिर्वाचन हुँदै
आइतबार, वैशाख १०, २०८०
बारा–२, चितवन–२ र तनहुँ–१ मा आज उपनिर्वाचन हुँदै छ । आमनिर्वाचन भएको पाँच महिनामै यी तीन जिल्लामा उपनिर्वाचन हुन लागेको हो । गत मंसिर ४ को आमनिर्वाचनमा विजयी भएका नेपाली काँग्रेसका रामचन्द्र पौडेल राष्ट्रपतिमा चुनिएपछि तनहुँ–१ मा उपनिर्वाचन हुुन लागेको हो ।

उपनिर्वाचन : प्रचार–प्रसार गर्न रोक
शुक्रबार, वैशाख ८, २०८०
वैशाख १० गते हुने उपनिर्वाचनका लागि प्रचारप्रसार गर्न रोक लगाइएको छ । निर्वाचन आयोगले बिहीबार राति १२ बजेदेखि प्रचार–प्रसारमा रोक लगाएको हो । प्रतिनिधिसभा सदस्यका लागि बारा–२, चितवन–२ र तनहुँ–१ मा हुन लागेको उपनिर्वाचनका लागि आयोगले वैशाख ७ गते मध्यरातदेखि वैशाख १० गते मतदान बन्द नभएसम्म प्रचार–प्रसार निषेधको अवधि कायम...

चन्द्र भण्डारीले नयाँ वर्षको शुभकामना दिंदै भने–‘सुधार भइरहेको छ, छिट्टै फर्किन्छु’
शनिबार, वैशाख २, २०८०
उपचाररत नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरबाट नयाँ वर्षको शुुभकामना व्यक्त गरेका छन् । भिडियो सन्देशमार्फत नेता भण्डारीले नेपालीहरुमा नयाँ वर्षको शुभकामना व्यक्त गरेका हुुन् ।

प्रेस चौतारी पाल्पाको भित्तेपात्रो विमोचन
बिहीबार, चैत ३०, २०७९
प्रेस चौतारी नेपाल पाल्पाले नव बर्ष २०८० को अवसरमा शुभकामना आदान–प्रदान गर्दै चौतारी भित्तेपात्रो विमोचन गरेको छ । चौतारी भित्तेपात्रोको नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा र चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्कीले संयुक्त रुपमा विमोचन गरेका हुन् ।
त्रिबक्या पाल्पामा पूर्व स्ववियु पदाधिकारीलाई सम्मान
बुधबार, चैत २९, २०७९
स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले पूर्व स्ववियु पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको छ । युनियनले एक औपचारिक कार्यक्रम गरी पूर्व स्ववियुलाई सम्मान गरेको हो ।

राष्ट्रियसभाबाट अख्तियार र भ्रष्टाचार निवारण संशोधन सम्बन्धी विधेयक पारित
सोमबार, चैत २७, २०७९
राष्ट्रियसभाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो सशोधन) विधेयक २०७९ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७९ लाई सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट कृषि तथा पशुपन्छीमन्त्री डा वेदुराम भुसालले ती दुवै विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेकोमा सभाले सर्वसम्मतिले अनुमोदन गरेको हो । ती दुवै...

‘गौतमबुद्ध विमानस्थल छिट्टै सञ्चालन हुन्छ’
शनिबार, चैत २५, २०७९
नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले छिट्टै नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपले सञ्चालनमा आउने बताएका छन् । उनले विमानस्थल आवश्यकताले नै निर्माण भएको उल्लेख गर्दै छिट्टै सञ्चालन हुनेमा ढुक्क हुन आग्रह गरे ।

‘गौतमबुद्ध विमानस्थल छिट्टै सञ्चालन हुन्छ’
शुक्रबार, चैत २४, २०७९
नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले छिट्टै नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपले सञ्चालनमा आउने बताएका छन् । उनले विमानस्थल आवश्यकताले नै निर्माण भएको उल्लेख गर्दै छिट्टै सञ्चालन हुनेमा ढुक्क हुन आग्रह गरे ।