Shittalpati
त्रिभुवन बहुमुखी क्याम्पसमा नेविसंघको नेतृत्वमा स्ववियु
त्रिभुवन बहुमुखी क्याम्पसमा नेविसंघको नेतृत्वमा स्ववियु तानसेनमा रहेको त्रिभुवन बहुमुखी क्याम्पसमा काँग्रेस निकट नेपाल विद्यार्थी संघको नेतृत्वमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) गठन भएको छ । नेपाल विद्यार्थी संघका कृष्ण अर्यालको अध्यक्षमा सर्वपक्षीय स्ववियु गठन भएको हो ।
आज प्रधानमन्त्री दाहालले विश्वासको मत लिदैं
आज प्रधानमन्त्री दाहालले विश्वासको मत लिदैं प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिंदै छन् । एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गरेर प्रतिपक्षमा गएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् ।
उपराष्ट्रपतिको शपथ सोमबार
उपराष्ट्रपतिको शपथ सोमबार नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको कार्यक्रम तय भएको छ ।
सभामुखलाई पत्रकार महासंघको चुनौती : ‘पत्रकारमाथि लगाएको आरोप पुष्टि गर्नुहोस्’
सभामुखलाई पत्रकार महासंघको चुनौती : ‘पत्रकारमाथि लगाएको आरोप पुष्टि गर्नुहोस्’ पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारमाथि लगाएको आरोप पुष्टि गर्न चुनौति दिएको छ । सभामुुख घिमिरेले शुक्रबार पत्रकारहरु बिक्रीमा रहेको अभिव्यक्तिप्रति महासंघले आपत्ति जनाउँदै त्यसको पुुष्टि गर्न चुनौति दिएको हो ।
सभामुखको अभिव्यक्तिप्रति नेपाल  प्रेस युनियनको ध्यानाकर्षण
सभामुखको अभिव्यक्तिप्रति नेपाल प्रेस युनियनको ध्यानाकर्षण प्रतिनिधि सभाका सभामुख देवराज घिमिरले पत्रकारहरुमाथि आँच आउने गरी दिएको अभिव्यक्तिप्रति नेपाल प्रेस युनियनले ध्यानाकर्षण भएको जनाएको छ । सभामुुख घिमिरेले शुक्रबार पत्रकारहरु बिक्रीमा रहेको अभिव्यक्ति दिएपछि युनियनले गम्भीर ध्यानाकर्षण जनाएको हो ।
उपराष्ट्रपतिमा यादव निर्वाचित
उपराष्ट्रपतिमा यादव निर्वाचित गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
स्ववियु निर्वाचन : प्रचार–प्रसार गर्न निषेध
स्ववियु निर्वाचन : प्रचार–प्रसार गर्न निषेध चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनका लागि बिहीबार राती १२ बजेदेखि प्रचार–प्रसार गर्न निषेध गरिएको छ । चैत २ गते मध्यरातदेखि चैत ५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचार–प्रसार गर्न निषेध गरिएको हो ।
उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा
उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा उपराष्ट्रपति पदको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शुक्रबार उपराष्ट्रपतिका लागि मतदान हुँदैछ । संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको छ । बिहान १० देखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
आयोगको ध्यानाकर्षण
आयोगको ध्यानाकर्षण निर्वाचन आयोगले यही चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि प्रचारप्रसार निषेधका अवधिमा राजनीतिक दलको बैठकबाट उम्मेदवारलाई मत दिने वा नदिने निर्णय नगर्न/नगराउन ध्यानाकर्षण गराएको छ ।
काँग्रेस लुम्बिनी प्रदेश सचेतकमा सांसद निमा गिरी नियुक्त
काँग्रेस लुम्बिनी प्रदेश सचेतकमा सांसद निमा गिरी नियुक्त नेपाली काँग्रेस लुम्बिनी प्रदेशको सचेतकमा सांसद निमा गिरी नियुक्त भएकी छिन् । लुम्बिनी प्रदेश सभाको नेपाली काँग्रेस दलको तर्फबाट सांसद गिरीलाई कांग्रेसको सचेतक पदमा संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले नियुक्ती गरेका हुन् ।
नवनिर्वाचित राष्ट्रपति पौडेलबाट शपथ ग्रहण
नवनिर्वाचित राष्ट्रपति पौडेलबाट शपथ ग्रहण नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन् । उनी यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।
Weather Update