राष्ट्रपति कार्यालय : रामचन्द्रको प्रवेश, विद्याको बिदाइ
सोमबार, फागुन २९, २०७९

स्ववियु निर्वाचन : तीन विद्यार्थी सङ्गठनद्वारा तालमेल
आइतबार, फागुन २८, २०७९
प्रमुख तीन पार्टीका निकट विद्यार्थी सङ्गठनले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशभरि नै तालमेल गरेका छन् ।

उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी
शनिबार, फागुन २७, २०७९
उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । शनिबार भएको उम्मेदवारी दर्तामा सत्ता गठबन्धनबाट तीन जना र एमालेबाट एक जनाको उम्मेदवारी परेको हो । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालबाट २ जना, जनमत पार्टीबाट १ र एमालेबाट एक जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

पाल्पा त्रिभुवन बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी
शनिबार, फागुन २७, २०७९
पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले तालाबन्दी गरेको छ । उसले स्ववियु निर्वाचनको मनोनयन गर्ने समयमा विभिन्न माग राखेर कार्यालयमा तालाबन्दी गरेको हो ।

उपराष्ट्रपतिमा पुरूष उम्मेदवार हुन नपाउने
शनिबार, फागुन २७, २०७९
निर्वाचन आयोगले उपराष्ट्रपतिको उम्मेदवार महिलानै हुनुपर्ने स्पष्ट पारेको छ । आयोगले राष्ट्रपति पुरुष र खस आर्य समुदायबाट भएका कारण उपराष्ट्रपति राष्ट्रपति भन्दा फरक समुदाय र लि·बाट हुनुपर्ने स्पष्ट पारेपछि पुरुष उम्मेदवार हुुन नपाउने भएका हुन् ।

नवनिर्वाचित राष्ट्रपति पौडेललाई सभापति देउवाको बधाई
बिहीबार, फागुन २५, २०७९
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाइ दिएका छन् ।

राष्ट्रपतिमा पौडेल विजयी
बिहीबार, फागुन २५, २०७९
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज भएको मतदानमा उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरी निर्वाचित भएका हुन् ।

आज राष्ट्रपति निर्वाचन : कसले मार्ला बाजी ?
बिहीबार, फागुन २५, २०७९
मुलुकको नयाँ राष्ट्रपति चयनका लागि आज मदान हुँदै छ । काठमाडौंको बानेश्वरस्थित संसद्भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ । मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन बेग्लाबेग्लै मतदान...

‘नेपालको संविधान विश्वमै नमूना’
बिहीबार, फागुन २५, २०७९
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले समावेशी, समानुपातिक र लैङ्गिक हिसाबले नेपालको संविधान विश्वमै नमूना रहेको बताएका छन् । राज्यका माथिल्लो तहदेखि तल्लो तहसम्मका सबै संरचनामा महिलाको समानुपातिक प्रतिनिधित्व हुने संवैधानिक व्यवस्थासँगै महिला समानतासँग सम्बन्धित विभिन्न अधिकारका विषयलाई संविधानले मौलिक हकका रुपमा समेत व्याख्या गरेको उनले उल्लेख गरे ।

स्ववियु निर्वाचन : रेसुङ्गामा नेविसंघद्वारा उम्मेदवार घोषणा
बुधबार, फागुन २४, २०७९
स्ववियु निर्वाचन मिति नजिकिदै जाँदा देशभर विद्यार्थी संगठनहरुले उम्मेदवारी घोषणा गर्न थालेका छन् । गुल्मीको रेसुुङ्गा बहुुमुुखी क्याम्पसमा पनि नेपाल विद्यार्थी संघले सभापतिको उम्मेदवार घोषणा गरेको छ । उसले आगामी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनका लागि सभापतिमा पुनाराम घिमिरेलाई उम्मेदवार घोषणा गरेको हो । घिमिरे क्याम्पसका इकाई सभापति...

प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा रिट, माओवादी वृत्तमा आयो तरंग
बुधबार, फागुन २४, २०७९
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाही गर्न आदेश माग गर्दै मंगलबार सर्वोच्चमा दुई वटा रिट दर्ता भएका हुन् ।

राष्ट्रपति निर्वाचन : प्रचार–प्रसार गर्न निषेध
बुधबार, फागुन २४, २०७९
निर्वाचन आयोगले यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि सोमबार राति १२ बजेदेखि प्रचार–प्रसार गर्न निषेध गरेको छ । आयोगले फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचार–प्रसार गर्न निषेध गरेको हो ।