दुई महिनामै भत्कियो सत्ता गठबन्धन
आइतबार, फागुन १४, २०७९

एमालेबाट राष्ट्रपतिमा नेम्वाङको उम्मेदवारी
शनिबार, फागुन १३, २०७९
नेकपा (एमाले)का तर्फबाट यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिएका छन् । उनको उम्मेदवारी दर्ता गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन पुगेका थिए ।
.jpg)
वरिष्ठ नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
शनिबार, फागुन १३, २०७९
नेपाली कांग्रेसले यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि पार्टीका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको पार्टीका उपसभापति धनराज गुरुङले जानकारी दिए ।

समीकरण जोसँग भए पनि माओवादीकै नेतृत्वमा सरकार रहन्छ : नारायणकाजी श्रेष्ठ
शुक्रबार, फागुन १२, २०७९
नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष एवं उपप्रधान तथा भौतिक पूूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपतिको निर्वाचनमा समीकरण परिवर्तन भए पनि सरकार माओवादीको नेतृत्वमै रहिरहने बताएका छन् । शुक्रबार पार्टीको दुई महिने बैचारिक राजनीतिक तथा सांगठानिक अभियानको पाल्पामा शुभारम्भ गर्दै उनले राष्ट्रपति निर्वाचनमा नेपाली काँग्रेस वा एमाले जो सुकैको समीकरणमा माओवादीले समर्थन...

स्ववियु निर्वाचन तयारी तीव्र पार्दै नेविसङ्घ
शुक्रबार, फागुन १२, २०७९
नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले आगामी चैतमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा आफ्नो उम्मेदवारलाई जिताउने गरी तयारीलाई तीव्रता दिएको छ ।

देशको अर्थतन्त्र कमजोर : अध्यक्ष थापा
बुधबार, फागुन १०, २०७९
पूर्व उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक प्रणाली, शासकीयस्वरुप र राज्य संरचनाका विषयमा नयाँ खालले बहस थाल्नुपर्ने बताएका छन् । उनले देशको अर्थतन्त्र कमजोर बन्दै गइरहेको, तरलता अभाव तथा महँगी बढेपनि देश अहिले रेमिटयान्सको भरमा मात्रै चलेको बताए ।

राष्ट्रपति निर्वाचनमा ८ सय ८१ जनाले मतदान गर्ने
बुधबार, फागुन १०, २०७९
राष्ट्रपति निर्वाचनमा ८ सय ८१ जना मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचनका लागि ८ सय ८४ जनाले मतदान गर्न पाउने भए पनि निर्वाचन आयोगले तयार गरेको मतदाता नामावलीमा ८ सय ८१ जनाको नाम रहेको छ । प्रतिनिधिसभा सदस्य २ सय ७५, राष्ट्रियसभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५ सय...

‘विकासलाई उद्यम र व्यवसायसँग जोड्नुपर्छ’
बुधबार, फागुन १०, २०७९
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले विकासलाई उद्यम र व्यवसायसँग जोडनुपर्ने बताएका छन् । पाल्पाको रामपुरमा भएको महोत्सवको समापनलाई सम्बोधन गर्दै उद्योगपति समेत रहेका उनले विकास सँगसगै आर्थिक क्रान्ति अहिलेको आवश्यकता रहेकाले विकासलाई उद्यम र व्यवसायसँग जोड्नुपर्ने बताएका हुन् ।
नेकपा एमाले पाल्पाको दुुई महिने ‘मिसन ग्रासरुट’ अभियान सुरु
मंगलबार, फागुन ९, २०७९
नेकपा एमाले पाल्पाले पार्टीको ‘मिसन ग्रासरुट’ अन्र्तगत दुई महिने पार्टी सुदृढिकरण तथा विस्तार अभियान तानसेनबाट शुरु गरेको छ । अभियानको एमाले स्थायी कमिटी सदस्य एवं विदेश विभाग प्रमुख राजन भट्टराईले शुभारम्भ गरे ।

उपनिर्वाचनका लागि दल दर्ता आह्वान
आइतबार, फागुन ७, २०७९
आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो । सूचनामा २०७९ फागुन ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई दर्ता गर्न...

काँग्रेस नेता डा.भण्डारीकी आमाको उपचारको क्रममा निधन
बिहीबार, फागुन ४, २०७९
ग्यास विस्फोटपछि आगलागीबाट जलेर घाइते भएकी सांसद डा.चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भएको छ । आज बिहान १० बजेर ५७ मिनेटमा कीर्तिपुर अस्पालमा उपचारका क्रममा ८६ वर्षीया हरिकलाको निधन भएका हो ।

प्रदेश राजधानीलाई नमूना सहरका रुपमा विकास गर्छौँ : मुख्यमन्त्री गिरी
बुधबार, फागुन ३, २०७९
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आगामी पाँच वर्षमा प्रदेशवासीलाई नमूना राजधानी सहर हस्तान्तरण गर्ने बताएका छन् । लुम्बिनी प्रदेश छैटौँ स्थापना दिवसको अवसरमा आज प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा आयोजित कार्यक्रममा उनले आगामी पाँच वर्षभित्र प्रदेशको राजधानीलाई नमूना सहरका रुपमा विकास गर्ने योजनासहित सरकारले काम गरिरहेको बताए ।

कांग्रेसका नेता भण्डारीको घरमा सिलिन्डर विस्फोट : भण्डारी र आमा घाइते
बुधबार, फागुन ३, २०७९
नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीको काठमाडौं बुद्धनगरस्थित घरमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर विस्फोट भएको छ । गएराति खाना पकाइरहेका बेला गुल्मी निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद भण्डारीको घरमा सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका छन् ।