चितवन–२ मा चैत २० गते उम्मेदवारी दर्ता
बुधबार, फागुन ३, २०७९

अराजकता नियन्त्रण गर्न माग
मंगलबार, फागुन २, २०७९
राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसदले मुलुकमा पछिल्ला दिनमा फैलिएको अराजकताले सीमा नाघेको उल्लेख गर्दै त्यसको नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

उपप्रधानमन्त्री लिङ्देन र भारतीय विदेश सचिव क्वात्राबीच भेट
मंगलबार, फागुन २, २०७९
उपप्रधानमन्त्री तथा उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देन र नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विजयमोहन क्वात्राबीच आज शिष्टाचार भेट भएको छ ।

लामो कसरतपछि लुम्बिनी प्रदेश सरकारले पायो पूर्णता
सोमबार, फागुन १, २०७९
सरकार गठन भएको एक महिनाको लामो कसरतपछि लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रदेशमा सत्ता गठबन्धनमा भागबण्डाको टुँगो लागेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । मुख्यमन्त्री लीला गिरीले सरकारलाई समर्थन गरेका चार दलका सात जनालाई मन्त्रिमण्डलमा समावेश गरेर सरकारलाई पूर्णता दिएका हुन् ।

आगलागीमा परी घाइते भएकाहरुको कुरा संसद्मा उठ्यो
आइतबार, माघ २९, २०७९
कालीगण्डकी गाउँपालिका–७ भुर्तुङ्गमा आगलागीमा परी घाइते भएका १८ वर्षीय नामु भारती र १६ वर्षीय टीका गिरीका विषयमा संसद्मा कुरा उठेको छ । नेपाली काँग्रेस गुल्मी क्षेत्र १ का सांसद् डा. चन्द्र भण्डारीले प्रतिनिधिसभाको आइतबारको बैठकमा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

चितवन–२ मा वैशाख १० गते उपनिर्वाचन हुने
आइतबार, माघ २९, २०७९
निर्वाचन आयोगले प्रतिनिधिसभा चितवन–२ को उपनिर्वाचन आउँदो वैशाख १० गते गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबार चितवन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए शपथ
शुक्रबार, माघ २७, २०७९
सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा शाहले प्रदेश प्रमुख देवराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

३० दिनमै ढल्यो सुदूरपश्चिम प्रदेश सरकार
बिहीबार, माघ २६, २०७९
अन्ततः सुदूरपश्चिम प्रदेश सरकार ३० दिनमै ढलेको छ । मुख्यमन्त्री राजेन्द्र सिंह रावलले पेस गरेको विश्वासको मत बहुमतले अस्विकृत भएको पछि उनको नेतृत्वको प्रदेश सरकार ढलेको हो ।

परराष्ट्रमन्त्रीसँग साउदी राजदूतको भेटवार्ता
बिहीबार, माघ २६, २०७९
परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबु हैमेदले आज मन्त्रालयमा भेटवार्ता गरेका छन् ।

पाल्पामा सहिद स्मृति प्रतिष्ठान गठन, अध्यक्षमा पन्त
बुधबार, माघ २५, २०७९
पाल्पामा नेपाली काँग्रेसको शुभेच्छुक संस्था सहिद स्मृति प्रतिष्ठान गठन गरिएको छ । नेपाल महिला संघकी केन्द्रीय सदस्य रमा पन्तको अध्यक्षतामा प्रतिष्ठान गठन गरिएको हो ।

राष्ट्रियसभा सदस्यमा एमालेका दशौदी
बुधबार, माघ २५, २०७९
राष्ट्रियसभा उपनिर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एमालेका कुमार दशौदी विजयी भएका छन् । उनले ४ हजार २६ मत प्राप्त गरेर राष्ट्रियसभा सदस्यमा विजयी भएका हुन् ।

सभामुखसँग चिनियाँ राजदूतको भेट
बुधबार, माघ २५, २०७९
सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत छेन सोङबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यालयमा भएको भेटमा उनीहरुबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय गतिविधि आदानप्रदानलगायत विषयमा छलफल भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।