अर्यालले गरिन पदभार ग्रहण
बुधबार, माघ २५, २०७९

लुम्बिनी प्रदेश : आज राष्ट्रियसभा सदस्य उपनिर्वाचन हुँदै, कुन दलको कस्तो अवस्था ?
बुधबार, माघ २५, २०७९

मन्त्रिपरिषद्को निर्णय : दैलेखमा पेट्रोलियम अन्वेषण गरिने
मंगलबार, माघ २४, २०७९
सरकारले दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम अन्वेषण गर्ने भएको छ । उक्त प्रयोजनका लागि का लागि जलजलेमा ४५ रोपनी जग्गा अधिग्रह गर्ने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् ।

राष्ट्रियसभाबाट तीन विधेयक पारित
सोमबार, माघ २३, २०७९
राष्ट्रियसभाको आजको बैठकले ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सो विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

गृहमन्त्री नपाएपछि सरकारबाट बाहिरियो रास्वपा
आइतबार, माघ २२, २०७९
गृहमन्त्री नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकता मुद्दामा अदालतले पदमुक्त गरेपछि गैरसांसद बनेका रास्वपाका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन अस्वीकार गरेपछि सो पार्टीले सरकार छोड्ने निर्णयमा पुगेको हो ।

सांसद चौधरी पक्राउ
बिहीबार, माघ १९, २०७९
सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । बिहीबार दिउँसो बाँकेबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । चौधरी नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित सांसद हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग
बुधबार, माघ १८, २०७९
निर्वाचन आयोगमा रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता प्रक्रिया नै गलत रहेको भन्दै खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । युवराज पौडेल सफलले आयोगसमक्ष उजुरी दिएका हुन् ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक
सोमबार, माघ १६, २०७९
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको निर्णयानुसार आगामी फागुन २५ बिहीबार राष्ट्रपतिको र चैत ३ गते शुक्रबार उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी मिति तोकिएको छ ।

रास्वपाको सभापतिमा फेरि रवि लामिछाने
आइतबार, माघ १५, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा फेरि रवि लामिछाने चयन भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पुनः प्राप्ति गरेसँगै लामिछानेलाई आइतबार पार्टी केन्द्रीय समितिको बैठकले सभापतिको जिम्मेवारी सुम्पेको हो ।

रवि लामिछानेले लिए पुनः नागरिकता
आइतबार, माघ १५, २०७९
रवि लामिछानेले नेपाली नागरिकता पुनः लिएका छन् । उनले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आइतबार नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् । साढे ११ बजेतिर कार्यालय पुगेका उनले दिउँसो सवा २ बजेतिर नागरिकताको प्रमाणपत्र लिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा अर्याल
शनिबार, माघ १४, २०७९
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललाई राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ ।

‘प्रधानमन्त्रीले राष्ट्रपतिमा एमालेकै उम्मेदवारलाई राष्ट्रिय सहमति जुटाउने प्रयास गर्दै हुनुहुन्छ’
शनिबार, माघ १४, २०७९
नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले सात राजनीतिक दलबिच भएको सहमतिकै आधारमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको निर्वाचनमा एमालेका उम्मेदवारलाई नै साझा उम्मेदवार बनाउने प्रयासमा जुटेको बताएका छन् ।

रवि लामिछानेको सांसद् पद खारेज
शुक्रबार, माघ १३, २०७९
सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको प्रमाणपत्र हाललाई ‘कायम नरहेकाले’ त्यसले मान्यता नपाउने फैसला सुनाएको हो ।