सभामुखमा काँग्रेस र एमालेको उम्मेदवारी
बिहीबार, माघ ५, २०७९

लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखद्वारा शपथ
बुधबार, माघ ४, २०७९
लुम्बिनी प्रदेशका नवनियुक्त सभामुख तुलाराम घर्ती र उपसभामुख मञ्जु खाण केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुख घर्तीलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् भने उपसभामुख खाणलाई सभामुख घर्तीले शपथ गराएका हुन् ।

लुम्बिनीको उपसभामुखमा केसी
मंगलबार, माघ ३, २०७९
लुम्बिनी प्रदेशसभाको उपसभामुखमा मेनुका खाँड केसी निर्विरोध निर्वाचित भएकी छन् । अन्य दुई उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित केसी उपप्रमुख बनेकी हुन् ।

मन्त्रिमण्डल विस्तार, नवनियुक्त मन्त्रीले लिए शपथ
मंगलबार, माघ ३, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मंगलबार एक उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ राज्य मन्त्री नियुक्त भएका छन् । योसँगै मन्त्रिमण्डल २३ सदस्यीय पुगेको छ । पुस १० गते ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका प्रचण्डले मंगलबार दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दै २३ सदस्यीय बनाएका छन् ।

लुम्बिनीको सभामुखमा बसन्त घर्ती निर्विरोध निर्वाचित
सोमबार, माघ २, २०७९
लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन् । उनको मात्र एकल उम्मेदवारी परेपछि घर्ती सभामुखमा निर्विरोध निर्वाचित भएका हुुन् ।

लुम्बिनीको सभामुखमा बसन्त घर्तीको सम्भावना
सोमबार, माघ २, २०७९
लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुख चयनका लागि आज (सोमबार) उम्मेदवारी मनोनयन दर्ता हुँदै छ । प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाअनुसार आज दिउँसो १ बजेदेखि ५ बजेसम्म दुवै पदमा निर्वाचन गर्नका लागि उम्मेदवारको नाम प्रस्ताव हुनेछ

सभामुख र राष्ट्रपतिमा काँग्रेसको दावी रहन्छ : केन्द्रीय सदस्य सतार
शनिबार, पुस ३०, २०७९
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेपाल मुस्लिम संघका संस्थापक अध्यक्ष अब्दुल सतारले सभामुख र राष्ट्रपतिमा काँग्रेसको दावी रहने बताएका छन् । लोकतन्त्र प्रजातन्त्रलाई संस्थागत गर्न, नेपालको संविधान २०७२ लाई रक्षा गर्न नेपाली काँग्रेसले सभामुख र राष्ट्रपतिमा काँग्रेसको दावी गर्ने बताए ।

लुम्बिनीमा मन्त्रालय घटाइयो
शुक्रबार, पुस २९, २०७९
लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ । यहाँ १३ वटा मन्त्रालय रहेकोमा एक मन्त्रालय घटाएर १२ पु¥याइएको हो ।

घाइतेहरुको अवस्था बुुझ्न अस्पतालमा काँग्रेस सभापति श्रेष्ठ
बिहीबार, पुस २८, २०७९
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ खुर्सानेमा भएको बस दुर्घटनाका घाइतेहरुको अवस्था बुुझ्दै नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, जिल्ला सचिव सुुनिता अधिकारी, पार्टी प्रवक्ता शोभाखर न्यौपाने लगायतका नेताहरु ।

लुम्बिनीको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त
बुधबार, पुस २७, २०७९
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरीलाई मूख्यमन्त्री नियुक्त गरेका हुन् ।

सभामुखको निर्वाचन आगामी माघ ५ मा
मंगलबार, पुस २६, २०७९
प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन आगामी माघ ५ गते हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले सो जानकारी दिए । उनले सभामुखको निर्वाचनका लागि संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमलाई निर्वाचन अधिकृत तोकेका छन् ।

प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभामा २ सय ६८ मत
मंगलबार, पुस २६, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा आज भएको विश्वासको प्रस्तावको मतदानमा उनको पक्षमा दुई ६८ र विपक्षमा दुई मत परेको थियो ।

प्रधानमन्त्री दाहालले मंगलबार विश्वासको मत लिदैं
सोमबार, पुस २५, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंंगलबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले प्रधानमन्त्री दाहालबाट प्राप्त विश्वासको मत लिनेसम्बन्धी सूचनाबारे जानकारी गराए ।