काँग्रेसले बोलायो केन्द्रीय समितिको बैठक
बुधबार, पुस १३, २०७९

काँग्रेस पाल्पाका सभापति श्रेष्ठले दिए केन्द्रीय नेतृत्वलाई दनक
बुधबार, पुस १३, २०७९
नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले आफ्नै पार्टीको नेतृत्वलाई कडा आलोचना प्रहार गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनेपछि आफ्नै नेतृत्वलाई उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आलोचनात्मक दनक दिएका हुन् ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने तयारी
मंगलबार, पुस १२, २०७९
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरू गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिना अघि निर्वाचन हुनेगरी निर्वाचनको मिति तोक्नुपर्ने भएकाले आन्तरिक छलफल सुरु भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । निर्वाचनको मिति तोकी नेपाल सरकारलाई दिनुपर्ने व्यवस्था...

पाल्पाको सिद्धेश्वरमा एमालेको चुनावी समीक्षा
सोमबार, पुस ११, २०७९
नेकपा एमालेले चुनावी समीक्षा गरेको छ । एमाले रैनादेवी छहरा गाउँपालिका कमिटीले वडा नंं १ को सिद्धेश्वरमा चुनावी समीक्षा गरेको हो ।
मंसिर ४ गते भएको आम निर्वाचनको समीक्षा, पार्टी सदस्यता नविकरण लगायतका विषयमा छलफल भएको थियो ।

दाहाल नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन, नवनियुक्त मन्त्रीहरूले लिए सपथ
सोमबार, पुस ११, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी छिन् । सोमबार शीतल निवासमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाल र ३ जना उपप्रधानमन्त्री र ४ जना मन्त्रीलाई शपथ ग्रहण गराएकी हुन् ।

नेतृत्व हानथापले काँग्रेसलाई नोक्सान, एमालेको सरप्राइज, प्रचण्ड प्रधानमन्त्री
सोमबार, पुस ११, २०७९
असीमित सम्भावनाको पुञ्ज भएकाले राजनीतिमा कहिलेकाहीँ नसोचेको परिदृश्यसमेत देखिन्छ । सत्ता समीकरणको खेलमा आफू अनुकल नेताहरूले जुनसुकै निर्णय गर्छन् । नेपालजस्तो देशमा त झन् धेरैजसो समय राजनीतिमा नसोचेका निर्णय र परिदृश्यहरु देखा पर्ने गरेका छन् । आइतबार त्यस्तै परिदृष्य नेपाली राजनीतिको समीकरणले देखाएको छ ।
.jpg)
बालकोट बैठक : प्रचण्डलाई प्रधानमन्त्री बनाउने, एमालेले राष्ट्रपति लिने
आइतबार, पुस १०, २०७९
बालकोट बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्रीमा माओवादी केन्द्र र राष्ट्रपतिमा नेकपा एमाले हुने सहमति भएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टीको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदै
आइतबार, पुस १०, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी नयाँ सरकार गठनका लागि आह्वान गरेको एक साताको समय आज सकिँदै छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन गर्न राष्ट्रपतिले यही पुस ३ गते एक साताको समय निर्धारण गरी आह्वान गरेकी थिइन् ।

भूतपूर्व सैनिक संघ पाल्पाले गर्याे जनप्रतिनिधिलाई सम्मान
शुक्रबार, पुस ८, २०७९
नेपाली काँग्रेसको शुुभेच्छुक संस्था नेपाल भूतपूर्व सैनिक संघ पाल्पाले स्थानीय तह र प्रदेश सभा सदस्यमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । संघले शुक्रबार तानसेनमा एक औपचारिक कार्यक्रमकाबीच संघमा आवद्ध नवनिर्वाचित तीन जना जनप्रतिनिधिलाई सम्मान गरेको हो ।

प्रतिनिधिसभाका सांसदले लिए शपथ
बिहीबार, पुस ७, २०७९
तिनिधिसभामा नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा बिहीबार आयोजित समारोहमा जेष्ठ सदस्य पशुपति शमशेर जबराले सांसदहरुलाई शपथ खुवाएका हुन् ।

काँग्रेस संसदीय दलको नेतामा देउवा
बुधबार, पुस ६, २०७९
काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएका छन् । आज भएको निर्वाचनमा प्रधानमन्त्रीसमेत रहेका देउवाले ६४ मत ल्याएर विजयी भएका हुन् । उनीसँग प्रतिस्पर्धामा रहेका महामन्त्री गगन थापाले २५ मत ल्याए । काँग्रेस संसदीय दलको निर्वाचनमा नवनिर्वाचित ८९ सांसदले मतदान गरेका थिए ।

काँग्रेस संसदीय दलको नेतामा देउवा र थापाको उम्मेदवारी
मंगलबार, पुस ५, २०७९
नेपाली काँग्रेस संसदीय दलको नेताका लागि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् । आज दिउँसो सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा देउवा र थापाले उम्मेदवारी दर्ता गराएका हुन् ।
.jpg)
काँग्रेस संसदीय दलको नेतामा गगन लड्ने पक्का, शेखरले सहयोग गर्ने
मंगलबार, पुस ५, २०७९
नेपाली काँंग्रेसको संसदीय दलको नेतामा संस्थापनइतर समूहबाट महामन्त्री गगन थापा नै उम्मेदवार बन्ने पक्का भएको छ । शेखर कोइरालाले थापालाई नै समर्थन गर्ने भएपछि उनी संंसदीय दलको नेतामा लड्ने पक्का भएको हो ।