स्थानीय निर्वाचन : पाल्पामा एमालेविरुद्ध गठबन्धन
बुधबार, चैत २३, २०७८

पूर्वखोलाको झिरुदीमा काँग्रेसको अभियान
बुधबार, चैत २३, २०७८
नेपाली काँग्रेसले सञ्चालन गरेको ‘घर घर जाऔं काँग्रेसलाई जिताऔं’ अभियान अन्तर्गतको कार्यक्रम पूर्वखोला गाउँपालिका २ तल्लो झिरुदीमा भएको छ ।

राप्रपा पाल्पाको चुनावी तयारी बैठक
मंगलबार, चैत २२, २०७८
स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाको चुनावी तयारी बैंठक बसेको छ । चुनावमा कसरी जाने र आफ्ना उम्मेदवारलाई कसरी विजयी गराउने भन्ने विषयमा छलफल गर्न राप्रपाले तानसेनमा तयारी बैठक राखेको हो ।

रामपुरमा काँग्रेसको अन्तरक्रिया
सोमबार, चैत २१, २०७८
पाल्पाको रामपुर नगरपालिका वडा नं. ८ मा घर घर जाआँै काँग्रेस जिताऔ अभियानअन्तर्गत अन्तरक्रिया भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सरस्वती तिवारी अर्यालले नेपालमा लोकतान्त्रिक पार्टीको विजय नहुँदासम्म विकास सम्भव नहुने बताईन् ।
.jpg)
रैनादेबी छहरामा ५५ बढी नेपाली काँग्रेसमा प्रवेश
सोमबार, चैत २१, २०७८
स्थानीय चुनाव नजिकिएसँगै पाल्पामा काँग्रेस प्रवेश गर्ने क्रम बढेको छ । कम्युनिष्ट पार्टीका गतिविधिहरुबाट असन्तुष्ट जनाउँदै काँग्रेस प्रवेश गर्ने क्रम बढेको हो । रैनादेवी छहरा गाउँपालिकाका ५५ जना बढी नेता तथा कार्यकर्ता अन्य पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेको छन् ।

काँग्रेस क्षेत्र नं. एक पाल्पाको क्षेत्रीय संसदीय समिति गठन
आइतबार, चैत २०, २०७८
नेपाली काँग्रेस क्षेत्र नं. १ पाल्पाले क्षेत्रीय संसदीय समिति गठन गरेको छ । काँग्रेस क्षेत्रीय समितिको ताहुँमा बसेको बैंठले प्रतिनिधी सभा क्षेत्रीय संसदीय समितिको गठन गरेको हो । बैंठकले क्षेत्रीय संसदीय समितिको सभापतिमा झमनबहादुर राज मगरलाई मनोनित गरेको छ । सभापति मगरले काँग्रेसको विधान २०१७ परिच्छेद ८ दफा ३१ (१)...

पाल्पामा प्रेस युनियन र काँग्रेसबिच अन्तरक्रिया
शनिबार, चैत १९, २०७८
नेपाल प्रेस युनियन र नेपाली काँग्रेस पाल्पाबिच अन्तक्र्रिया भएको छ । नेपाल प्रेस युनियन पाल्पा शाखाको आयोजनामा शनिबार तानसेनमा अन्तरक्रिया कार्यक्रम भएको हो । आसन्न स्थानीय तहको निर्वाचनका विषयमा पत्रकारको भूमिका र समसामियक विषयमा अन्तरक्रिया भएको हो ।

पाल्पामा सत्तारूढ गठबन्धनको बैंठक
शुक्रबार, चैत १८, २०७८
स्थानीय तहको निर्वाचन नजिकएसँगै पाल्पामा सत्तारुढ गठबन्धनको बैंठक बसेको छ । विहीबार केन्द्रमा बसेको गठबन्धनको बैंठकको निर्देशन अनुसार शुक्रबार पाल्पामा पनि गठबन्धनको बैंठक बसेको हो ।

गुल्मीमा गठबन्धनको बैंठक
शुक्रबार, चैत १८, २०७८
सत्तारुढ गठबन्धनका दलहरुबीचको बैठक गुल्मीमा बसेको छ । शुक्रबार नेपाली काँग्रेसको जिल्लास्थित पार्टी कार्यालय बी.पी.स्मृति भवन तम्घासमा बसेको बैठकले आसन्न निर्वाचनलाई केन्द्रीत गरी पाँच सदस्यीय जिल्ला संयन्त्रण गठन गर्ने निर्णय गरेको पार्टी सचिव भगतसिंह खड्काले जानकारी दिए ।

प्रधानमन्त्री देउवा नयाँदिल्ली प्रस्थान
शुक्रबार, चैत १८, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मित्रराष्ट्र भारतको तीनदिने औपचारिक भ्रमणका निम्ति आज अपराह्न नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको मैत्रीपूर्ण निमन्त्रणामा ५० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल वायुसेवा निगमको नियमित उडानबाट प्रधानमन्त्री देउवा त्यसतर्फ प्रस्थान गरेका हुन् ।

निजामती सेवा व्यवस्थापनमा सरकार गम्भीर नभएको भन्दै युनियनको ध्यानाकर्षण
सोमबार, चैत १४, २०७८
नेपाल निजामती कर्मचारी युनियन गुल्मीले नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार नेपाल निजामती कर्मचारी युनियनले प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।

केपी ओलीलाई आउने चुनावमा धुलो चटाउँछौं : नेता नेपाल
शनिबार, चैत १२, २०७८
पूर्वप्रधानमन्त्री तथा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई आउने चुनावमा धुलो चटाउने बताएका छन् ।

बहुमत प्राप्त एमालेमा व्यक्तिवादी प्रवृत्ति हावी : झाँक्री
शनिबार, चैत १२, २०७८
सहरी विकास मन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सचिव रामकुमारी झाँक्रीले दुई तिहाइ प्राप्त गरेको नेकपा एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको बताएकी छन् ।