गुल्मी काँग्रेसको प्रदेश क्षेत्रीय कार्यालय उद्घाटन
शुक्रबार, फागुन २०, २०७८

एमसीसी अनुमोदन, सडकमा चर्कियो आन्दोलन
मंगलबार, फागुन १७, २०७८
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता संसद् सचिवालयमा दर्ता भएको साढे दुई वर्षपछि अनुमोदन भएको छ । सत्ता गठबन्धनले १२ बुँदे ‘व्याख्यात्मक घोषणा’ सहित सम्झौतालाई आइतबार प्रतिनिधिसभाबाट बहुमतले अनुमोदन गरेको हो ।

पाल्पामा ७ जना बन्दकर्ता पक्राउ
सोमबार, फागुन १६, २०७८
अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएको विरोधमा ६ दलीय मोर्चाले गरेको बन्दका क्रममा पाल्पामा ७ जना प्रदर्शनकारी पक्राउ परेका छन् । तानसेनको आन्दोलनचोकमा जबर्जस्ती भेला गराएर सडक अबरोध गरेको भन्दै पाल्पा प्रहरीले सात जना प्रदर्शनकारीलाई पक्राउ गरेको हो ।

एमसीसी सम्झौता संसदबाट अनुमोदन
सोमबार, फागुन १६, २०७८
प्रतिनिधि सभाबाट एमसीसी सम्झौता अनुमोदन भएको छ । सत्ता गठबन्धनले १२ बुँदे ‘व्याख्यात्मक घोषणा’ सहित सम्झौतालाई बहुमतले अनुमोदन गरेको हो ।

एमसीसीमाथि सैद्धान्तिक छलफलको प्रस्ताव बहुमतले स्वीकृत
आइतबार, फागुन १५, २०७८
प्रतिनिधसभाबाट एमसीसीमाथिको सैद्धान्तिक छलफलको प्रस्ताव बहुमतले पारित भएको छ । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

गुल्मी काँग्रेसको कार्यसम्पादन समिति गठन
शनिबार, फागुन १४, २०७८
नेपाली काँग्रेस गुल्मीले कार्यसम्पादन समिति गठन गरेको छ । नेपाली काँग्रेसको शनिबार बसेको जिल्ला कार्यसमिति बैठकले कार्यसम्पादन समिति गठन गरेको हो ।

प्रतिनिधिसभाको बैठक पुनः स्थगित
शनिबार, फागुन १४, २०७८
प्रतिनिधि सभा बैठक पुनःस्थगित भएको छ । अमेरिकी सहायता परियोजना एमसीसीमा सहमति जुट्न नसेकपछि शुक्रबारका लागि बोलाइएको बैंठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको हो ।

नेतृत्व सत्तामा, नेता–कार्यकर्ता सडकमा
शुक्रबार, फागुन १३, २०७८
माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी वर्तमान सरकारका सहयात्री हुन् । यी दल सरकारी एजेन्डा एमसीसी पारित गर्न नदिने भनेर सार्वजनिक रुपमा भनेका छन् । एकातिर एमसीसी पारित गर्न नदिने भनेर सडक र संसद दुवैमा आन्दोलन गर्ने, अर्काेतिर गठबन्धन र सरकार नछाड्ने दोहोरो चरित्र यी दलले प्रदर्शन गर्दै...

पाल्पामा पनि एमसीसी विरोधी प्रदर्शन
बिहीबार, फागुन १२, २०७८
एमसीसीका विरुद्धमा अहिले देशभर नै विरोध प्रदर्शन भइरहेको छ । पाल्पामा पनि सत्ताधारी दलहरु नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा सहित नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) ले एमसीसी खारेजीको माग राख्दै विरोधमा उत्रिएका छन् ।

गुल्मी काँग्रेसलाई सशक्तिकरण बनाउन प्रशिक्षण
बुधबार, फागुन ११, २०७८
जिल्लामा काँग्रेसको सशक्तिकरण एवं सबलीकरणका लागि एक दिने बृहत प्रशिक्षण कार्यक्रम गरिएको छ । मंगलबार ‘गुल्मी काँग्रेसको अठोट : सबल वडा, सक्षम टोल’ अभियान अन्तर्गत नेपाली काँग्रेस जिल्ला कार्य समिति गुल्मीको आयोजनामा जिल्लामा काँग्रेसलाई बलियो, सशक्तिकरण र सबलीकरण गराउनका लागि एक दिने बृहत प्रशिक्षण कार्यक्रम गरिएको हो ।

‘यदि एमसीसी राष्ट्रघाती हो भने हस्ताक्षर गर्नेले राजनीतिबाट सन्न्यास लिनुपर्छ’
बुधबार, फागुन ११, २०७८
नेपाली काँग्रेसका प्रभावशाली नेता तथा सह–महामन्त्रीका उम्मेदवार देवराज चालिसेले एमसीसी राष्ट्रघाती हो भने सम्झौतामा हस्ताक्षर गर्ने सबैले राजनीतिबाट सन्नयास लिनुपर्ने बताएका छन् । बुधबार नेपाली काँग्रेस पाल्पाले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै नेता चालिसेले एमसीसी ल्याउने प्रक्रियामा सबै दल र नेता संलग्न रहेको भन्दै अहिले आएर राष्ट्रघाती भन्नेहरु सबैले राजनीतिबाट...

पाल्पाका ६ राजनीतिक दलहरु एमसीसीको विपक्षमा
मंगलबार, फागुन १०, २०७८
पाल्पाका ६ राजनीतिक दलहरु अमेरिकी सहयोगको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विपक्षमा देखिएका छन् ।
सत्ताधारी दलहरु नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा सहित नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) एमसीसीको विपक्षमा देखिएका हुन् ।

एमाले पाल्पाको पहिलो बैंठक, घरदैलो अभियानदेखि सरकारलाई खबरदारी गर्ने
मंगलबार, फागुन १०, २०७८
नेकपा एमाले पाल्पाको पहिलो बैंठक बसेको छ । बैंठकले घरदैलो अभियान सञ्चालन गर्नेदेखि सरकारका नराम्रा गतिविधिहरुको खबरदारी गर्ने सम्मका निर्णय गरेको छ । उसले यही फागुन १५ गतेबाट एक महिने घरदैलो अभियान सञ्चालन गर्ने जनाएको छ । अभियानमा वडा कमिटीका बैठकहरु, टोल कमिटी गठन एवं बैठक, पालिका र वडास्तरीय जनसंगठनको...