Shittalpati
पत्रकार महासंघको निर्वाचनमा माधव अर्यालको उम्मेदवारी फिर्ता
पत्रकार महासंघको निर्वाचनमा माधव अर्यालको उम्मेदवारी फिर्ता नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश)को उम्मेदवारी दिएका माधवप्रसाद अर्यालले उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार उम्मेदवारी फिर्ताको घोषणा गर्दै अर्यालले सोही पदका भवानी पाण्डे (विपुल पोखरेको नेतृत्वको संयुक्त प्यान) लाई समर्थन गर्ने घोषणा गरेका छन् ।
प्रजातान्त्रिक आन्दोलनका योद्धा गाहाको स्मृतिमा शोक सभा
प्रजातान्त्रिक आन्दोलनका योद्धा गाहाको स्मृतिमा शोक सभा सभामा नेपाली काँग्रेस पाल्पामा सभापति तथा लुम्बिनी प्रदेशका सांसद वीरबहादुर रानाले कुशल नेतृत्वका कारण प्रजातान्त्रिक आन्दोलन सफल भएको बताउदै गाहाले नेपालमा चलेको स्वतन्त्रताकाको आन्दोलनमा महत्वपूर्ण भूमिका रहेको बताए ।
जनमोर्चाको चौँथो राष्ट्रिय सम्मेलन बुटवलमा हुने
जनमोर्चाको चौँथो राष्ट्रिय सम्मेलन बुटवलमा हुने सम्मेलनमा नयाँ केन्द्रीय समिति चयन, राजनीतिक प्रतिवेदन पेश, पार्टीको विधान संशोधन गर्नेलगायतको कार्यक्रम रहेको पार्टीका नेता आनन्द शर्माले जानकारी दिए ।
जीपी कोइराला फाउण्डेसन पाल्पाले गिरिजा बाबुलाई यसरी सम्झियो
जीपी कोइराला फाउण्डेसन पाल्पाले गिरिजा बाबुलाई यसरी सम्झियो फाउण्डेशनले गिरिजा बाबुको तस्वीरमा माल्यापर्ण गर्दै उनको राजनितिक योगदान र विचारको चर्चा गर्दै सम्झिएको छ । कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका सभापति तथा लुम्बिनी प्रदेशका सांसद वीरबहादुर रानाले गिरिजा बाबु नेपालको राजनितिक प्रजातान्त्रिक आन्दोलनको प्रमुख योद्धा भएको सम्झदै कोइरालाकै अगुवाईमा नेपालमा शान्ति प्रक्रिया अघि बढेको स्मरण गरे । उनले नेपालको लोकतान्त्रिक...
राष्ट्रिय दलित पत्रकार संघको अध्यक्षमा पुनःपहाडी
राष्ट्रिय दलित पत्रकार संघको अध्यक्षमा पुनःपहाडी बुटवल, राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय महाधिवेशनले विनोद पहाडीलाई अध्यक्षमा चयन गरेको छ । लुम्बिनी प्रदेशको बुटवलमा भएको महाधिवेशनले पहाडीलाई पुनः अध्यक्षतामा चयन गरेको हो ।
आगामी मंसिर २ देखि एमालेको महाधिवेशन हुने
आगामी मंसिर २ देखि एमालेको महाधिवेशन हुने नेकपा एमालेको दशौं महाधिवेशन आउँदो मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ । शुक्रबार बसेको प्रधानमन्त्री तथा नेकपा एमाले केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटीको बैठकले दसौं महाधिवेशनको मिति तोकेको हो । केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा माधवकुमार नेपाल पक्ष भने सहभागी थिएन ।
संविधान च्यात्न खोज्ने शक्ति नै सकिन्छ : काँग्रेस नेता खाँण
संविधान च्यात्न खोज्ने शक्ति नै सकिन्छ : काँग्रेस नेता खाँण नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधान च्यात्न खोज्ने शक्ति नै सकिने बताएका छन् । शुक्रबार राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय महाधिवेशनलाई बुटवलमा सम्बोधन गर्दै नेता खाँणले संविधानलाई च्यात्ने शक्ति आफै सकिएर जाने बताएका हुन् ।
अध्यक्ष दाहालबाट शान्तिपूर्ण आन्दोलनमा जोड
अध्यक्ष दाहालबाट शान्तिपूर्ण आन्दोलनमा जोड रुपन्देही, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा संविधानको रक्षाका लागि शान्तिपूर्ण आन्दोलन आवश्यक भएको बताएका छन् । राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई शुक्रबार बुटवलमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री दाहालले लामो संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धी गुम्ने खतरा भएकाले रक्षाका लागि शान्तिपूर्ण आन्दोलन अपरिहार्य...
गुल्मीमा पनि राखियो एमालेको बोर्ड
गुल्मीमा पनि राखियो एमालेको बोर्ड गुल्मी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गुल्मीको पार्टी कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी एमाले लेखिएको बोर्ड राखिएको छ । जिल्ला सदरमुकाम तम्घास स्थित मदन आश्रीत भवनमा पार्टीका जिल्लास्तरका नेता तथा कार्य कर्ताहरुको उपस्थितीमा बोर्ड राखिएको अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य काशीराम पाण्डेयले जानकारी दिए ।
पाल्पामा नेकपाको बोर्ड झिकेर एमालेको राखियो
पाल्पामा नेकपाको बोर्ड झिकेर एमालेको राखियो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाल्पाको पार्टी कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको छ । सर्वोच्च अदालतले एमाले ब्यूँताइदिएपछि सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो ।
महाधिवेशन सरे कांग्रेस समाप्त हुन्छ : नेता भण्डारी
महाधिवेशन सरे कांग्रेस समाप्त हुन्छ : नेता भण्डारी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले तोकिएको मितिमा महाधिवेशन हुन नसके कांग्रेस समाप्त (कोल्याप्स) हुने बताएका छन् । पत्रकारसँग सोमबार कुराकानी गर्दै उनले अब भने महाधिवेशन तोकिएकै मितिमा गर्नुपर्ने बताए ।
Weather Update