Shittalpati
गौचरन जग्गामा केराखेती
गौचरन जग्गामा केराखेती ठूलो राप्ती र सानो राप्तीको बीचमा रहेको लमही नगरपालिका–६ ढीकपुरमा २५ बिघा जमिनमा व्यावसायिक केराखेती गरिएको छ । उद्यमशील बहुउद्देश्य कृषि सहकारी संस्थाको लगानीमा गरिएको केराखेतीले बाझो जमिन हराभरा भएको छ । 
दैनिक दुई सय लिटर दूध बेचेर किसान पुरस्कृत
दैनिक दुई सय लिटर दूध बेचेर किसान पुरस्कृत यहाँको व्यास नगरपालिका–१३ बेलबासका लेखनाथ बाँस्तोला धेरै दूध उत्पादन गरेबापत पुरस्कृत भएका छन् । उनले प्रोत्साहन स्वरुप रु एक लाख ५० हजार पुरस्कार प्राप्त गरेका हुन् । गण्डकी प्रदेशको ‘उत्पादनमा आधारित अनुदान कार्यक्रम’अन्तर्गत पुरस्कार प्राप्त गरेपछि उनले गौरवान्वित महसुस गरेको प्रतिक्रिया दिए । पाँच वर्ष अघिदेखि कृषि पेशामा लागेका बाँस्तोलाले...
दाङमा मकै उत्पादन बढ्यो
दाङमा मकै उत्पादन बढ्यो
अध्ययन कृषि प्रविधि, इलम स्ट्रबेरीखेती
अध्ययन कृषि प्रविधि, इलम स्ट्रबेरीखेती पढाइ कृषि प्राविधिक । व्यवसाय स्ट्रबेरीखेती (भुइँऐसेलु) । पढाइ र काम मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेरीखेती फस्टाएको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको उनको स्ट्रबेरीखेतीमा कपिलवस्तुका भाष्कर पङ्गेनीले साथ दिएका छन् । 
अनुदानमा रामपुरका किसानलाई मकैको बीउ
अनुदानमा रामपुरका किसानलाई मकैको बीउ रामपुर नगरपालिकाले किसानलाई अनुदानमा मकैको बीउ उपलब्ध गराएको छ । नगरपालिकाभित्र रहेका १० वडाका किसानलाई अनुदान कार्यक्रममा समाहित गर्दै साढे सात टन बीउ वितरण गरिएको कृषि शाखाले जनाएको छ ।
दूध बेचेर मासिक दुई लाख कमाइ !
दूध बेचेर मासिक दुई लाख कमाइ ! जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबास निवासी लेखनाथ बाँस्तोला विगत चार वर्षदेखि व्यावसायिक गाईपालनमा लागेका छन् । गाडी व्यवसायीसमेत रहेका बाँस्तोलाले कोरोना सङ्क्रमणका बेला बन्दाबन्दी (लकडाउन) हुँदा चर्को समस्या खेप्नु परेपछि गाउँ फर्किएर पशुपालन पेसा गरेका हुन् ।
पाल्पाका किसान आलु थन्क्याउन व्यस्त
पाल्पाका किसान आलु थन्क्याउन व्यस्त खेतबारीमा किसानहरु आलु खन्ने काममा व्यस्त छन् । आलु खन्ने र उत्पादित आलु घरघरमा थन्क्याउने कार्य भइरहेका छन् । व्यावसायिक उत्पादनका लागि आलु लगाएका किसानले खेताला लगाएर आलु खन्ने काम गरिरहेका छन् ।
विदेशमा कमाएको भन्दा फूलखेतीबाट धेरै आम्दानी
विदेशमा कमाएको भन्दा फूलखेतीबाट धेरै आम्दानी घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका ३९ वर्षीय किसान लोकेन्द्र रोका मगरको बारीमा अहिले पनि  सयपत्रिका फुल ढकमक्क फुलेका छन् ।  उनि बेमौसमी समयमा पनि फूल, माला बिक्री गर्न व्यस्त छन् । 
स्ट्रबेरीखेतीबाट वार्षिक रु छ लाख बचत
स्ट्रबेरीखेतीबाट वार्षिक रु छ लाख बचत किसान वीरेन्द्र खड्काले व्यावसायिक रूपमा स्ट्रबेरी (भुइँऐसेलु)को खेती गर्दै आएका छन् । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ उनि विगत दुई वर्षदेखि स्ट्रबेरीखेतीमा छन् । उमेरले २६ वर्ष पुगेका उनले यही व्यवसायबाट वार्षिक रु छ लाख बचत गर्दै आएका छन् ।
बिक्री भएन ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’
बिक्री भएन ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’ कोटहीमाई गाउँपालिका– ५ देवनबक्सापुरका रामायन पालले विगत २० वर्षदेखि भेडा पालन गर्दै आएका छन् । उनको अधिकांश समय घर बाहिर नै बित्ने गरेको छ । 
डेढ करोड लगानीमा व्यावसायिक फलफूलखेती
डेढ करोड लगानीमा व्यावसायिक फलफूलखेती जिल्लाको ढोरपाटन नगरपालिका–५ पाखापानी भौगोलिक रूपमा विकट मानिन्छ । विकटताका कारण पर्याप्त सेवासुविधा गाउँमा पुग्न सकेको छैन । युवापुस्ता विदेश पालयन भएका छन् भने अधिकांश गाउँमा बस्ने सुविधाको खोजीमा बजार झरिरहेका छन् । गाउँलेको रोजाइमा बजार परिरहेको अवस्थामा यहाँका मानसिङ पुनले भने अवसर खोज्दै डेढ करोड लगानीमा व्यावसायिक फलफूलखेती सुरु...
म्याग्दीमा सुन्तला उत्पादन २५ प्रतिशतले बढ्यो
म्याग्दीमा सुन्तला उत्पादन २५ प्रतिशतले बढ्यो म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन करिब २५ प्रतिशतले वृद्धि भएको छ । सुन्तला म्याग्दीमा बिक्री हुने प्रमुख कृषि उपज हो । गत वर्षको तुलनामा यसपाली सुन्तला उत्पादन २४ दशमलव ७० प्रतिशतले वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख सञ्जिव बाँस्तोलाले नयाँ बगैँचा विस्तार, अनुकूल मौसम र रोग...
Weather Update