गुल्मीका किसान उखुखेतीतर्फ आकर्षित, उत्पादित खुदो विदेशी बजारसम्म
बिहीबार, चैत २९, २०८०

विदेश पलायन रोक्न दूधमा अनुदान
सोमबार, चैत २६, २०८०
किसानलाई पशुपालनमा आकर्षित गर्ने उद्देश्यले स्याङ्जाको वालिङ नगरपालिकाले दूधमा प्रतिलिटर १० अनुदान दिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को विनियोजित बजेटमार्फत ‘दूधमा आत्मनिर्भर तथा गाईभैँसी प्रवद्र्धन कार्यक्रम’ अन्तर्गत नगरपालिकाले दूधमा अनुदान दिने भएको हो ।

उन्नत जातको मकैमा दाना नलागेपछि किसान चिन्तित
शनिबार, चैत २४, २०८०
उन्नत जातको मकैमा दाना नलागेपछि सर्लाहीका किसान चिन्तित भएका छन् । जिल्लाको बागमती, बरहथवालगायत स्थानमा सयौँ किसानले लगाएको उन्नत जातको मकैमा दाना नलागेपछि किसानलाई चिन्ताले सताएको हो ।

कफीखेती विस्तार गर्दै महाभारत गाउँपालिका
शनिबार, चैत २४, २०८०
जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित दुर्गम महाभारत गाउँपालिकाले कफीखेती विस्तारका लागि ‘पकेट क्षेत्र’ थपेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले थप दुई वडामा पकेट क्षेत्र बढाएको हो ।

बारीमा तरकारी, घरमै रोजगारी
शनिबार, चैत २४, २०८०
बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौना ललहीका ४५ वर्षीय टेकराज थारूको दैनिकी तरकारी गोडमेल र स्याहारसुसारमै बित्ने गर्दछ । उनको आम्दानीको स्रोत नै खेतबारी हो । टेकराजका धेरै साथीहरु रोजगारीका लागि विदेश पुगेका छन्, कतिपय साथी मजदुरी गर्न नेपालगञ्जमा भौँतारिरहेका छन् । उनले भने तरकारी खेती छोडेर रोजगारी गर्नेतिर कहिल्यै सोचेनन् ...

व्यवसायिक आलु खेतीबाट मनग्य आम्दानी
बिहीबार, चैत २२, २०८०
यहाँका किसान व्यावसायिक रुपमा आलु खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् । जिल्लाको मुसिकोट नगरपालिका, रुरुक्षेत्र, मदाने, सत्यवती र मालिक गाउँपालिकाका किसान व्यवसायिक आलु खेती मार्फत आत्मनिर्भर बनेका छन् ।
1711783660.jpg)
उखु किसानलाई प्रविधिले दियो खुसी
शनिबार, चैत १७, २०८०
परम्परागत रूपमा उखु खेती गर्दै आएका स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ लुङ्सिङका किसान प्रविधिको प्रयोग गर्न पाउँदा उत्साहित भएका छ न् ।

किसानलाई पशु बिमा गर्न कठिन
बुधबार, चैत ७, २०८०
स्याङ्जाको वालिङ नगरपालिका अन्तर्गतका किसानले पशु बिमा गर्न समस्या हुने गरेको बताएका छन् । वालिङ–११ स्वरेक पृतिपका कृषक राजु पङ्गेनीले बाख्राको बिमा गर्न निकै कठिन भएको गुनासो गरे ।

परम्परागत खेती छाडेर कफी खेतीमा गुल्मीका कृषक
आइतबार, चैत ४, २०८०
गुल्मीमा परम्परागत कृषि पेसा गर्दै आएका कृषक आजभोलि कफीखेतीमा लागेका छन् । जिल्लाको मदाने गाउँपालिका–३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका कृषकले बारीमा मकै र कोदो लगाउन छोडेर कफीखेती सुरु गरेका हुन् ।

अठार वर्षपछि विदेशबाट फर्केर व्यवसायिक बाख्रापालन
शुक्रबार, चैत २, २०८०
स्याङ्जाको गल्याङ नगरपालिका–६ पिडीँखोलास्थित सिस्नेरीका लालप्रसाद गुरुङले गाउँमा बाख्रापालक किसानको पहिचान बनाएका छन् । भारत, सिङ्गापुर, मलेसिया, कङ्गो, कुवेतलगायत देशमा १८ वर्ष रोजगार गरेर फर्किएपछि उनले गाउँमै बाख्रापालन व्यवसाय सुरु गरेका हुन् ।
रामपुरका कृषकलाई अनुदानमा मकैको विउ
बुधबार, फागुन ३०, २०८०
रामपुर नगरपालिकाले कृषकहरुलाई उन्नत जातको मकैको विउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा मकैको विभिन्न जातका विउ कृषकहरुलाई वितरण गरेको हो ।

म्याग्दीका वन पाखामा फक्रँदै सिमल
शनिबार, फागुन २६, २०८०
‘म्याग्दी,गायकद्वय ऋषि अधिकारी र शर्मिला गुरुङको स्वर रहेको यो गीतको टुक्काले त बिछोडको पल सम्झाउँछ । यतिखेर म्याग्दीको बेनी र वरपरका पाखा पखेरामा फक्रँदै गरेको सिमलको फूल देख्दा भने विछोडका हरेक पल बिर्सिएर मनै प्रफुल्ल हुन्छ ।