‘कफी किसान पाठशाला’ तालिमले किसान उत्साहित
शुक्रबार, असार १, २०८०
रामपुरका महिलाहरुलाई बाख्रा उपहार प्रदान
मंगलबार, जेठ ३०, २०८०
रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तर्गत महिलाहरुलाई बाख्रा उपहार प्रदान गरिएको छ । रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग, पछौटेपन उन्मूलन समाज बेस नेपालको सहजीकरणमा सञ्चालनमा रहेको परियोजना मार्फत बाख्रा उपहार प्रदान गरिएको हो ।
किसानको गुनासो : ‘फलफूलका बिरुवा बाहिरको भित्रिन्छ, जिल्लाकै बिक्दैन’
सोमबार, जेठ २९, २०८०
गुल्मीको रेसुङ्गा नगरपालिका–९ मा वीरबहादुर कार्कीले उत्पादन गरेका बिरुवालाई बजारीकरणको समस्या देखिएको छ । रेसुङ्गा मदाने जडीबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि दर्ता गरेर १६ वर्षदेखि उनी बिरुवा उत्पादनमा सक्रिय छन् ।
कृषि पत्रकारिता पुरस्कारबाट शितलपाटीकर्मी पोखरेल पुरस्कृत
शनिबार, जेठ २७, २०८०
प्रेस चौतारी नेपाल पाल्पा शाखाले २४ औं स्थापना दिवसको अवसरमा नव जनचेतनाकर्मी तथा शितलपाटीकर्मी कृष्ण पोखरेललाई पुरस्कत गरेको छ । पत्रकार पोखरेल भद्रबहादुर स्मृति कृषि पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् । पुरस्कृत पोखरेललाई प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव...
लुम्बिनी सरकारको नीति तथा कार्यक्रम : कृषि र रोजगारलाई प्राथमिकता
शनिबार, जेठ २७, २०८०
लुम्बिनी प्रदेश सरकारले आगामी आव २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबारको बैंठकमा प्रदेश सरकारको तर्फबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
रामपुरका किसानलाई अनुदानमा धानको बीउ
बिहीबार, जेठ २५, २०८०
पाल्पाको रामपुर नगरपालिकाले किसानलाई अनुदानमा धानको बीउ वितरण गरेको छ । धान उत्पादनलाई बढावा दिन सहुलियत मूल्यमा धान उपलब्ध गराएको हो । नगरपालिकाभित्र बसोबास गर्ने किसानको मागको आधारमा बीउ वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले जानकारी दिए ।
बाँदरका कारण परम्परागत खेती छाडेर कफी खेतीमा
मंगलबार, जेठ २३, २०८०
गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका किसान परम्परागत खेती छाडेर कफी खेतीमा आकर्षित भएका छन् । बाँदर, बँदेललगायत जंगली जनावरबाट परम्परागत खेती जोगाउन सास्ती हुन थालेपछि यहाँका किसान पछिल्लो समय कफी खेतीमा लागेका हुन् ।
सरकारी अनुदानको मल निजी एग्रोभेटलाई, प्रहरीले लियो नियन्त्रणमा
सोमबार, जेठ २२, २०८०
सरकारले किसानलाई अनुदानमा उपलब्ध गराएको रासायनिक (युरिया) मल प्रहरीले फेला पारेको छ । पाल्पा रामपुर नगरपालिका–७ स्थित हराभरा कृषि सहकारीले अनुदानमा आएको मल निजी एग्रोभेटलाई बिक्री गरेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएर मल फिर्ता गरेको छ ।
गुल्मीको कफीमा सेतो गवारो र छहारीको समस्या
शुक्रबार, जेठ १९, २०८०
गुल्मीको कफीमा सेतो गवारो र छहारीको समस्या देखिएको छ । कफीले फलदिने समयमा सेतो गवारोले बिरुवा सुक्न थालेपछि किसान समस्यामा परेका हुन् ।
कृषकलाई गोलासहित माहुरी उपहार
सोमबार, जेठ १५, २०८०
गुल्मीको मुसिकोट नगरपालिकामा माहुरीपालक कृषकलाई उपहारस्वरुप मौरीका गोलासहित घार उपलब्ध गराइएको छ । सालिमे मौरी स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तर्गत मौरी पकेट समूहले ५१ कृषकलाई एक सय दुई थान माहुरीका गोलासहित घार उपलब्ध गराएको हो ।
तरकारी खेतीबाटै करौडौंको मालिक
मंगलबार, जेठ २, २०८०
सन्धिखर्क नगरपालिका–८ का कृषक पुष्कर बञ्जाडेले घोचेखोलामा रहेको हाइटेक प्रविधिभित्र टमाटर मात्रै अहिले एक हजार ८ सय बोट लगाएका छन् । लटरम्मै टमाटर फलेको छ । हाइटेक प्रविधिबाट टमाटरखेती सुरु गरेका उनले एउटा हाइटेकमै लगाएको टमाटर खेतीबाट सात लाख बराबरको टमाटर उत्पादन गर्ने लक्ष्य लिएका छन् ।
बाख्रापालनको व्यावसायीकरणमा जोड
सोमबार, वैशाख ११, २०८०
बाख्रापालनलाई व्यावसायीकरण गर्न पाल्पाको निस्दी गाउँपालिकाका किसानलाई माउ बाख्रा वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत निस्दी–४ मा साना व्यावसायिक उत्पादन केन्द्रको बाख्रा पकेट कार्यक्रममा आवद्ध किसानलाई माउ बाख्रा प्रदान गरिएको छ ।
व्यवसायिक मौरीपालनमा कृषक आकर्षित
मंगलबार, वैशाख ५, २०८०
पाल्पामा मौरीपालन फस्टाउँदै गएको छ । घरका आँगन, बारीका डिल, पाखापखेरामा मौरीघार राखेर व्यावसायिक उत्पादन गर्नेक्रम बढेको छ । कृषि ज्ञान केन्द्र पाल्पाले इच्छुक कृषकलाई प्रविधि सिकाउन थालेपछि यसप्रति कृषकको आकर्षण बढेको पाइएको हो ।