तिनाउका किसानलाई मकै रोप्ने मेसिन
आइतबार, फागुन १४, २०७९

गुल्मीमा राँगाको तथ्याङ्क संकलन गरिदैं
बिहीबार, फागुन ११, २०७९
गुल्मीमा राँगाको तथ्याङ्क संकलन गरिने भएको छ । भैँसीपालनलाई थप व्यवस्थित गर्नका लागि सत्यवती गाउँपालिकाले राँगाको तथ्याङ्क संकलन गर्न लागेको हो । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद खनालका अनुसार यसबारे गाउँपालिकाले किसानसँग छलफल गरिरहेको छ ।

रामपुर र निस्दीका उत्कृष्ट कृषक पुरस्कृत
मंगलबार, फागुन ९, २०७९
कृषि तथा पशुपन्छीपालनमा उत्कृष्ट कार्य गर्ने कृषकलाई पुरस्कृत गरिएको छ । रामपुर नगरपालिका र निस्दी गाउँपालिका क्षेत्रका ३६ कृषकलाई व्यवसायमा प्रोत्साहन गर्दै पुरस्कृत गरिएको हो ।

पशुको बाँझोपन परीक्षण गर्न एक्स–रे सेवा
बुधबार, फागुन ३, २०७९
गुल्मीमा भिडियो एक्स–रेबाट पशुको बाँझोपनको समस्या र गर्भ परीक्षण गर्न सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले जिल्लाको रेसुङ्गा नगरपालिका र इस्मा गाउँपालिकामा यो सेवा सुरु गरेको हो ।

पशु बधशाला सञ्चालनको तयारी
मंगलबार, फागुन २, २०७९
बुटवल उपमहानगरपालिका–१० रामनगरमा दुई बिघा तीन कठ्ठा क्षेत्रफलमा बधशाला निर्माण भएको पशु बधशाला सञ्चालनमा आउने भएको छ । बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिबीचमा सहमति भएको उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।

भण्डारण गरिएको सुन्तला कुहियो, किसान चिन्तित
शुक्रबार, माघ २०, २०७९
स्याङ्जामा शीतभण्डारमा भण्डारण गरिएको सुन्तला कुहिएपछि किसान चिन्तित भएका छन् । स्याङ्जा शीतभण्डार सहकारीले सञ्चालनमा ल्याएको शीत भण्डारमा भण्डारण गरिएको केही सुन्तला कुहिएको हो ।

बिचौलियाको मारमा सुन्तला कृषक
बिहीबार, माघ १९, २०७९
गुल्मीको सदरमुकाम तम्घास बजारमा अहिले सुन्तलाको भाउ प्रतिकिलोग्राम एक सय छ । दानाको आकारका भरमा पाँचदेखि १० तलमाथि भए पनि यो समयमा सुन्तलाको मूल्य स्थिर रहन्छ । गुल्मीमा पर्याप्त मात्रामा सुन्तला उत्पादन, स्थानीय बजारमा खपत र बाहिरी बजारमा निर्यात हुँदै आए पनि यसको फाइदा बिचौलीयाले उठाइरहेका छन् ।

डोकोमै सुन्तला बेचेर दुई लाख आम्दानी
बुधबार, माघ १८, २०७९
गुल्मीकी पार्वता पाण्डेले डोकोमै सुन्तला बेचेर दुई लाख आम्दानी गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–४ की पाण्डेले सडक छेउमै बसेर यो समयमा मात्र दुई लाख आम्दानी गरेका हुन् । मदन भण्डारी राजमार्गको तम्घास–छल्दी सडकखण्ड पश्चिम गुल्मीको मुख्य सडक हो ।

सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी
सोमबार, माघ १६, २०७९
यसवर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी गर्न सफल भएका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका किसान मुक्ति अधिकारीले उक्त आम्दानी गरेका हुन् । सुन्तला टिप्न थालेको सुरुआती अवस्थामा प्रतिकेजी ५५ बाट सुरु गरेर अहिले अन्तिममा प्रतिकेजी ८९ मा सुन्तला बिक्री भइरहेको उनले बताए ।

एउटै वडाबाट १४ करोडको सुन्तला विक्री
शनिबार, माघ १४, २०७९
स्याङ्जाको पुतलीबजार नगरपालिका–१० ले यस वर्ष सुन्तला बिक्रीबाट १४ करोड आम्दानी गरेको छ । व्यावसायिकरुपमा सुन्तला खेती गरिरहेका किसानले ठेक्का तथा आफैले विक्री गरेर १४ करोडसम्म आम्दानी गरेका छन् ।

पाल्पाका कृषक व्यावसायिक सुन्तला खेतीतर्फ
शुक्रबार, माघ ६, २०७९
जिल्लाका धेरैजसो गाउँहरुमा अहिले व्यावसायिक सुन्तला खेती फस्टाउँदै गएको छ । यहाँका कृषहरुले व्यावसायिक रुपमा गर्न थालेपछि सुन्तला खेती फस्टाउँदै गएको हो । लामो समयसम्म अन्य खेती गर्दै आएका यहाँका किसानले सुन्तला खेतीबाट राम्रो आम्दानी हुन थालेपछि अहिले व्यावसायिक खेतीतर्फ लागेका हुन् ।
व्यवसायिक किवी खेतीमा कृषकको मोह बढ्दै
बुधबार, माघ ४, २०७९
गुल्मीमा किवी खेतीमा कृषकहरुको आकर्षण बढ्दै जान थालेको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ भार्सेका किसानहरु आजभोलि किवी खेतीमा आकर्षित हुन थालेका छन् । विगत १० वर्ष अघिदेखि किवी खेती सुरु गरेका त्यहाँका कृषकहरु यतिबेला किवीको व्यावासायिक उत्पादन सुरु गरेका छन् ।

बाख्रापालनबाट जीविकोपार्जन गर्दै पाल्पाका किसान
बुधबार, पुस २७, २०७९
‘बाख्रा पाल्छु राम्रै छ बजार, दुईवटा बोका बेच्यो कि तीस हजार चिन्ता छैन केही...।’ गायक पशुपति शर्माको यो गीत नारायण भण्डारीको जीवनमा पनि मेल खान पुगेको छ । एउटै खसी ३२ किलोसम्म उत्पादन गरी बजारमा बिक्री गरेपछि उनको खुसीको सीमा छैन । छोटो समयमै बाख्रापालन व्यावसायबाट अहिले मनग्य कमाई हुन...