Shittalpati
५६ लाखको मेसिनबाट सुन्तला ग्रेडिङ
५६ लाखको मेसिनबाट सुन्तला ग्रेडिङ सुन्तला गे्रडिङका लागि प्रविधिको प्रयोगले सहज भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकस्थित त्रिपुत्र बागवानी फार्मले सुन्तलाको ग्रेडिङ थालेसँगै सहज भएको हो ।
दूध बेचेर वार्षिक ३० लाख आम्दानी
दूध बेचेर वार्षिक ३० लाख आम्दानी बागलुङ नगरपालिका–१४ नेपानेका ४५ वर्षीय कुमार बस्नेतले व्यावसायिक रूपमा गाईभैंसी पाल्न थलेको १२ वर्ष पुगेको छ। अहिले उनले दूध बिक्री गरेर वार्षिक ३० लाख आम्दानी गर्दै आएका हुन् ।
गाईको नश्ल सुधार गरेर उत्पादन बढाउने मुख्यमन्त्री आचार्यको भनाइ
गाईको नश्ल सुधार गरेर उत्पादन बढाउने मुख्यमन्त्री आचार्यको भनाइ लुम्बिनी प्रदेश सरकारले छाडा पशु चौपायाको समस्या समाधान गर्न दीर्घकालीन योजनालाई प्राथमिकतामा राखेको छ । एकीकृत गरेर गौशालामा पशुचौपाया पाल्ने, नश्ल सुधार गरेर उत्पादन क्षमता बढाउने, जैविक मल उत्पादन र प्रयोगलाई प्राथमिकतामा राख्ने गरी कार्यक्रम तर्जुमा गरिने भएको  मुख्यमन्त्री चेतनारायण आचार्यले बताए । उनले छाडा पशुचौपायाको समस्या समाधान गर्न समुदायस्तरमा...
गाईपालक किसानलाई पालिकाद्वारा अनुदान
गाईपालक किसानलाई पालिकाद्वारा अनुदान गाईपालक किसानलाई यहाँको सत्यवती गाउँपालिकाले अनुदान दिने भएको छ । पहिलो बेत ब्याउने गाई पाल्नेलाई प्रति गाई रु दश हजार अनुदान दिने निर्णय गरेको हो । गाईपालक किसानलाई पहिलो पटक प्रोत्साहनस्वरुप अनुदान वितरण गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
गुल्मीमा धान उत्पादन बढ्यो
गुल्मीमा धान उत्पादन बढ्यो जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष २४ हजार चार सय २६ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २५ हजार एक सय ४३ मेट्रिक टन  धान फलेको छ । 
स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै
स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत बिरुवा गाउँपालिका–७ कुसुमभञ्ज्याङस्थित जीवनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले कुखुरापालन गरेका छन् । त्यसबाट उनीहरूले सामान्य खर्चको जोहो गर्दै आएका छन् ।
‘ड्रागन फ्रुट बिक्री गर्न समस्या छैन’
‘ड्रागन फ्रुट बिक्री गर्न समस्या छैन’ यहाँका एक किसानले ‘ड्रागन फ्रुट’ बिक्रीबाट रु १८ लाख आम्दानी गर्न सफल भएका छन् । स्याङ्जाको वालिङ–१ धरमपानीमा व्यावसायिक रूपमा ड्रागनखेती गरेका कृष्णप्रसाद ढुङ्गानाले ड्रागन बेचेर रु १८ लाख आम्दानी गरेका हुन् ।
बाख्रापालनबाट वार्षिक १५ लाख आम्दानी
बाख्रापालनबाट वार्षिक १५ लाख आम्दानी तुलसीपुर उपमहानगरपालिका–१० टरिगाउँका ४० वर्षीय रुद्रगोपाल डाँगीले उन्नत जातका बाख्रापालन व्यवसायबाट वार्षिक रु १५ लाखसम्म आम्दानी गरिरहेका छन् । नेपाल प्रहरीबाट सेवानिवृत्त भएपश्चात् विसं २०७५ देखि व्यावसायिक बाख्रापालन सुरु गर्नुभएका उहाँले सबै खर्च कटाएर वार्षिक रु छ लाख बचत हुने गरेको बताए । 
किसानलाई धान  भित्र्याउने चटारो
किसानलाई धान भित्र्याउने चटारो यति बेला पहेँलपुर भएर पोकेको धान काट्न, चुट्न र भित्र्याउन किसान बिहानदेखि बेलुकासम्म खेतमै व्यस्त छन् । कतिपयले भने मंसिर अघि नै धान थन्क्याइसकेका छन् ।
तरकारीका बेर्ना उमारेर मनग्य आम्दानी
तरकारीका बेर्ना उमारेर मनग्य आम्दानी रामपुरका गोविन्दप्रसाद दुवाडीले एक मौसममा प्याजका बिरुवा बेचर  एक लाख ५० हजा बढी आम्दानी गर्छन् । विगत २८ वर्षदेखि व्यावसायिक रूपमा प्याजका बिरुवा उत्पादन गर्दै आएका उनी गाउँमा असल बिरुवा उत्पादक किसानका रूपमा चिनिन्छन् । 
दाङमा धान उत्पादन बढ्यो
दाङमा धान उत्पादन बढ्यो गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 
जग्गा भाडामा लिएर कृषि गर्नेलाई अनुदान
जग्गा भाडामा लिएर कृषि गर्नेलाई अनुदान गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले जग्गा भाडामा लिएर कृषि गर्ने किसानलाई जग्गाको भाडाबापतको रकम तिरिदिने भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार गाउँपालिकाले भाडामा लिने जग्गाको ५० प्रतिशत अनुदान दिने निर्णय गरेको हो । जग्गाबापतको अनुदान प्राप्त गर्नका लागि किसानले कृषि फर्म दर्ता गरी कम्तीमा पनि १५ रोपनी...
Weather Update