Shittalpati
बसको ठक्करबाट हजुरआमा र नातीको मृत्यु
बसको ठक्करबाट हजुरआमा र नातीको मृत्यु नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट  हजुरआमा र नातीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिका–१० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना ७ ख २५२५ नम्बरको बसले शुक्रबार राति सात वर्षीय बालक विशाल श्रेष्ठ र बालककी हजुरआमा श्रीमाया मानन्धरलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गैँडाकोट–११ का सात...
स्थानीय र प्रदेश कर्मचारी ऐन यसै वर्ष पारित हुन्छ : मुख्यमन्त्री आचार्य
स्थानीय र प्रदेश कर्मचारी ऐन यसै वर्ष पारित हुन्छ : मुख्यमन्त्री आचार्य लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय कर्मचारी ऐन र प्रदेश कर्मचारी ऐन यसै वर्षबाट लागू हुने बताएका छन् । कर्मचारी ऐन लागू हुन नसक्दा कर्मचारीमा निराशा छाएको भन्दै उनले यस वर्ष ऐन पारित गरेर कर्मचारीको मनोबल उचो बनाइने बताए ।
बागलुङ बाढीमा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो  
बागलुङ बाढीमा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो   यहाँको बान्द्रे खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका बागलुङ नगरपालिका –४ बान्द्रे अढाइथरका २० वर्षीय कमल सापकोटाको शव फेला परेको छ । सापकोटाको शव फेला परेसँगै मृतकको संख्या तीन पुगेको छ ।
दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने
दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने नेपाल राष्ट्र बैंकले यसपटकको दसैँमा सर्वसाधारणका लागि हाल प्रयोग गरिरहेकै चलनचल्तीका योग्य नोट सटही दिने भएको छ । राष्ट्र बैंकले विगतका वर्षहरूमा नयाँ नोटको सटही दिने गरेको थियो । यसपटक भने प्रयोगमा आइसकेका सुकिलो वा सफा नोट साट्न पाइने नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोखरेलले जानकारी दिए ।
अस्वस्थ जीवनशैलीले बढाउँदै नसर्ने रोगको जोखिम
अस्वस्थ जीवनशैलीले बढाउँदै नसर्ने रोगको जोखिम नसर्ने रोग विश्वमै जटिल बन्दै गइरहेको छ । विश्वव्यापीकरण, सहरीकरण, जनसङ्ख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन तथा वातावरणीय प्रदूषणलगायत कारणले नसर्ने रोगको जोखिम बढ्दै गइरहेको विज्ञ बताउन्छन् । उनिहरुका अनुसार अस्वस्थ जीवनशैलीका कारण क्यान्सर, मधुमेह, मुटुरोग, दमलगायतका रोग बढ्दो क्रममा छ ।
आजको मौसम :  देशको  केही स्थानमा हल्का, कतै भारी वर्षा
आजको मौसम :  देशको  केही स्थानमा हल्का, कतै भारी वर्षा हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जारी रहेको छ ।  मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाद्वारा आज जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव ९० अङ्कले बढेर दुई हजार आठ सय ३० को विन्दुमा कायम भएको हो
जानकी साहित्य पुरस्कारबाट भण्डारी सम्मानित
जानकी साहित्य पुरस्कारबाट भण्डारी सम्मानित किरण पुस्तकालय तम्घासद्वारा प्रदान गरिने ‘जानकी साहित्य पुरस्कार’ साहित्यकार ठाकुर शर्मा भण्डारीलाई प्रदान गरिएको छ । कविता, समालोचना, निबन्ध, नियात्रालगायत विधामा कलम चलाउँदै आएका भण्डारीलाई यस वर्षको जानकी साहित्य पुरस्कार–२०८१ बाट सम्मनित गरिएको हो । 
गुल्मीका दुई पालिकाद्वारा तरकारीको बजारीकरण
गुल्मीका दुई पालिकाद्वारा तरकारीको बजारीकरण गुल्मीका दुई पालिकाले तरकारी र फलफूलको बजारीकरणको सुरुवात गरेका छन् । जिल्लाको धुर्कोट र रुरुक्षेत्र गाउँपालिकाले गाउँको कृषिजन्य उत्पादनको बजारीकरणको सुरुवात गरेका हुन् । 
फालिएका बोत्तल बेचेर विद्यार्थीलाई शैक्षिक सामग्री
फालिएका बोत्तल बेचेर विद्यार्थीलाई शैक्षिक सामग्री फोहरका रूपमा फालिएका बोतल बेचेर दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्याण प्रावि डाँडापातुका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।  तुलसीपुर बजार सफा गर्ने क्रममा भेटिएका बोतल बेचेर त्यहाँ अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिइएको हो । 
तरकारी बेचेर जीविकोपार्जन गर्दै महिला
तरकारी बेचेर जीविकोपार्जन गर्दै महिला कृषि पेसामा संलग्न थारू महिला तरकारी बेचेर जीविकोपार्जन गरिरहेका छन् । लमही नगरपालिका–४ घुम्नाकी दुखराजी चौधरी दैनिक तरकारी बिक्री गर्न लमही बजार पुग्ने गर्छिन। आठ कट्ठा जमिनमा खेती गरेकी दुखराजी बारीमा उत्पादन भएका तरकारीको भारी बोकेर बिक्री गर्न लमही बजार आउने गरेको अनुभव सुनाईन् । उनले बारीमा फलेका तरकारी बजारमा...
मौन स्नान गरी मनाइयो सोमबारे औँसी
मौन स्नान गरी मनाइयो सोमबारे औँसी सोमबारे औँसी आज बिहान मौन स्नान गरी मनाइएको छ ।
Weather Update