Shittalpati
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन । 
अग्निपीडितलाई प्रवासी नेपालीको सहयोग
अग्निपीडितलाई प्रवासी नेपालीको सहयोग पूर्वखोला गाउँपालिका–६ हेक्लाङका अग्निपीडित छ परिवारलाई प्रवासी नेपालीले सहयोग गरेका छन् । हङकङमा रहेका नेपालीले हङकङ मगर सङ्घ र पाल्पा श्रीनगर समाजले रु दुई लाख ३० हजार नगद सङ्कलन गरेर पीडितलाई प्रदान गरेका हुन् ।
रोल्पा परेवा छहरा जिप दुर्घटना : सातको मृत्युु, आठजना घाइते
रोल्पा परेवा छहरा जिप दुर्घटना : सातको मृत्युु, आठजना घाइते रोल्पामा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ ।  रोल्पाको घर्तीगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु १ज ३२५२ नम्बरको फोर्स जिप घर्तीगाउँ–तालाबाङ सडकखण्डमा पर्ने परेवा छहरानजिक सोमबार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा आठजना घाइते भएका छन् ।
किसानलाई आत्मनिर्भर बनाउन पाँच हजार बिरुवा वितरण
किसानलाई आत्मनिर्भर बनाउन पाँच हजार बिरुवा वितरण जिल्लाको सन्धिखर्क नगरपालिकाले किसानलाई व्यावसायिक र आत्मनिर्भर बनाउन पाँच हजार फलफूलका बिरुवा वितरण गरेको छ । किसानको मागका आधारमा नगरपालिकाको कृषि शाखाले अनुदानमा लिची, सुन्तला, कागती, मौसमी, ड्रागन फ्रुटलगायत पाँच हजारभन्दा बढी फलफूलका बिरुवा वितरण गरेको हो ।
बिहीबारसम्म मनसुन थप सक्रिय हुने, सतर्क रहन अनुरोध 
बिहीबारसम्म मनसुन थप सक्रिय हुने, सतर्क रहन अनुरोध  देशभर बिहीबारसम्म मनसुन थप सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखाका कारण यो सक्रिय हुन थालेको हो ।  
संरक्षणको पर्खाइमा मायादेवी सुत्केरीपथ
संरक्षणको पर्खाइमा मायादेवी सुत्केरीपथ बुद्धको जन्मसँग जोडिएको मायादेवी सुत्केरीपथ (लुम्बिनी–तिलौराकोट) मार्ग प्रचारप्रसार, संरक्षण र प्रवद्र्धनको पर्खाइमा रहेको छ । मायादेवी सुत्केरी भएपछि शिशुसहित घर फर्किएको उक्त मार्गको प्रचारप्रसार र संरक्षण नहुँदा ओझेलमा परेको हो ।
बागलुङ पहिरो : घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाति घाइते
बागलुङ पहिरो : घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाति घाइते बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा दुईजना घाइते भएका छन् ।
गुल्मीमा ट्रयाक्टर दुर्घटनामा बालकको मृत्यु
गुल्मीमा ट्रयाक्टर दुर्घटनामा बालकको मृत्यु म्घास–सिमलटारी सडकखण्डअन्तर्गत छल्दीबाट तम्घासतर्फ आउँदै गरेको लु४त २४६५ नम्बरको ट्रयाक्टर  रेसुङ्गा नगरपालिका–४ रायढुङ्गामा दुर्घटना हुँदा छ वर्षीय बालकको मृत्यु भएको छ ।
‘एसइईमा आधाभन्दा बढी विद्यार्थी के कारणले असफल भए सरकारले जवाफ दिनुपर्छ ’
‘एसइईमा आधाभन्दा बढी विद्यार्थी के कारणले असफल भए सरकारले जवाफ दिनुपर्छ ’ प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले गतवर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा ५२ प्रतिशत विद्यार्थी के कारणले असफल भए समीक्षा  गर्न आग्रह गरेका छन  । 
प्रतिनिधिसभा बैठक : बाढीपहिरो पीडितको उद्धार गर्न माग
प्रतिनिधिसभा बैठक : बाढीपहिरो पीडितको उद्धार गर्न माग प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका धेरै स्थानमा धनजनको क्षति भएको हुँदा उद्धार, राहत तथा पुनःस्थापनका लागि सरकारसँग आग्रह गरेका छन ।
इस्मा गाउँपालिकाले प्राविधिक शिक्षा निःशुल्क पढाउने
इस्मा गाउँपालिकाले प्राविधिक शिक्षा निःशुल्क पढाउने गुल्मीको इस्मा गाउँपालिकाले जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा विद्यार्थीलाई निःशुल्क रुपमा अध्यापन गराउने भएको छ । इस्मा अन्तर्गत वडा नं ५ मा रहेको जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा अध्ययनरत सबै विद्यार्थीको शुल्क गाउँपालिकाले बेहोर्ने निर्णय गरेको हो ।
एसईईको नतिजा सार्वजनिक
एसईईको नतिजा सार्वजनिक राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ ।  परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा  सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
Weather Update