Shittalpati
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सोमबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले बढेर दुई हजार छ सय ३३ दशमलव ८७ विन्दुमा कायम भएको हो ।
दुई वर्षमा सम्पन्न गर्नुपर्ने काम पाँच वर्षमा पनि पूरा भएन
दुई वर्षमा सम्पन्न गर्नुपर्ने काम पाँच वर्षमा पनि पूरा भएन निर्माण व्यवसायीले समयमै काम गरेको भए अहिले काठेखोला गाउँपालिकाको केन्द्रबाट वडा नम्बर ७ को रेशसम्म पुग्ने सडक कालोपत्र भइसक्थ्यो । गाउँपालिकाले पहिलोपटक रेश जाने सडक कालोपत्रका लागि २०७६ सालमा काम थाले पनि उक्त सडक अझै अधुरै छ । सम्झौताको पाँच वर्ष बित्दा पनि सडक कालोपत्र हुन नसक्दा स्थानीयलाई यात्रा गर्न...
भैरहवाका व्यवसायी भन्छन् ‘ विमानस्थल पूर्णक्षमतामा सञ्चालन गर्न तत्काल आवश्यक प्रबन्ध गरौँ’
भैरहवाका व्यवसायी भन्छन् ‘ विमानस्थल पूर्णक्षमतामा सञ्चालन गर्न तत्काल आवश्यक प्रबन्ध गरौँ’ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक अन्तर्राष्ट्रिय उडानअवतरण भएसँगै खुसी भएका यहाँका पर्यटन व्यवसायीलाई अहिले सेवाको निरन्तरताको प्रश्नले सताएको छ । विमानस्थल निर्माण थालेसँगै लगानी बढाएका यहाँका पर्यटन व्यवसायीलाई अहिले विमानस्थल पूर्णरुपमा सञ्चालन हुन्छ कि हुँदैन भनी चिन्तित तुल्याएको छ । 
सालझण्डी–ढोरपाटन खण्डः १४ वर्षमा ३० प्रतिशत काम
सालझण्डी–ढोरपाटन खण्डः १४ वर्षमा ३० प्रतिशत काम सालझण्डी–ढोरपाटन खण्ड आयोजनाको काम १४ वर्षमा ३० प्रतिशत मात्र सम्पन्न भएको छ । पहाडी जिल्लालाई तराईसँग जोड्नका लागि विसं २०६७ देखि सुरु भएको आयोजनाको कामले गति लिन नसकेको हो । 
टिमुरका बिरुवा बिक्री गरेर वार्षिक रु दुई लाख आम्दानी
टिमुरका बिरुवा बिक्री गरेर वार्षिक रु दुई लाख आम्दानी बङ्गलाचुली गाउँपालिका–४ स्थित जुम्लेपानी गढी सामुदायिक वन उपभोक्ता समूहले टिमुरका बिरुवा बिक्री गरेर वार्षिक रु दुई लाख बढी आम्दानी गरेको छ । टिमुरका बिरुवा उत्पादन गरेर जिल्लाका साथै प्यूठान, रोल्पा, सल्यान, रुकुमलगायत जिल्लामा बिक्री गरेर आम्दानी गर्ने गरेको वन समूहका अध्यक्ष इन्द्रबहादुर बुढाले बताए ।
प्रदेश राजाधानीमा जग्गा व्यवस्थापनको काम अगाडि बढ्यो
प्रदेश राजाधानीमा जग्गा व्यवस्थापनको काम अगाडि बढ्यो लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको क्षेत्रको जग्गा व्यवस्थापनको काम पनि अघि बढेको छ ।  प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलका अनुसार चालु वर्षमा शीतगङ्गा नगरपालिका र गढवा गाउँपालिकाको क्षेत्रमा काम गर्ने गरी तयारी गरिएको छ ।
दाङमा गाडी दुर्घटना हुँदा दुईको मृत्यु
दाङमा गाडी दुर्घटना हुँदा दुईको मृत्यु दाङमा गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउखोला बक्सकटिङ नजिकै आज बिहान लु १ ज ४२९८ नम्बरको विङ्गर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दूध बेचेरै मासिक एक लाख बढी आम्दानी
दूध बेचेरै मासिक एक लाख बढी आम्दानी बर्दघाट सुस्तापूर्वको गैँडाकोटका कृषकले दूध बिक्री गरेर मासिक रु  एक लाख ५० हजार बचत गर्दै आएका छन् । गैँडाकोट–६ गैरीका व्यावसायिक पशुपालक कृषक नारायण पौडेलले गरेको पशुपालन व्यवसायबाट सबै खर्च कटाएर मासिक सो रकम बचत हुने गरेको जानकारी दिए ।
भालुले बाख्रा मार्न थालेपछि किसान चिन्तित
भालुले बाख्रा मार्न थालेपछि किसान चिन्तित दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित खुमखानीमा भालुले बाख्रा खान थालेपछि किसान चिन्तित भएका छन् । राति बाख्रा खोरमा पसेर बाख्रा मारिदिने र खाइदिने गरेको किसानले बताएका छन् । त्यहाँ अहिलेसम्म पाँच घरका २१ बाख्रा मारिदिएको स्थानीयले बताएका छन् । 
गलैँचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी
गलैँचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी यहाँस्थित कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आयआजर्न गर्दै आएका छन्भने केहीले परिवारलाई खर्चसमत  पठाउने गरेका छन् । 
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो अन्तर्राट्रिय बजारमा सुनको मूल्यमा गिरावट  भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेकोे  छ । आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ  । 
जिप दुर्घटनामा तीनजनाको मृत्यु
जिप दुर्घटनामा तीनजनाको मृत्यु पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै बलेरो जिप दुर्घटना हुँदा  तीन जनाको मृत्यु भएको छ । गएराति बुटवल उपचारका लागि बिरामी बोकेर आउँदै गरेको लु२च २४८० नम्बरको बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 
Weather Update