Shittalpati
स्थानीय तह उपनिर्वाचन: मतदान हुँदै , मत परिणाम वेबसाइटमै हेर्न सकिने
स्थानीय तह उपनिर्वाचन: मतदान हुँदै , मत परिणाम वेबसाइटमै हेर्न सकिने स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज आइतबार मतदान हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
गम्भीर रोगका बिरामीले पाए पुनर्जीवन
गम्भीर रोगका बिरामीले पाए पुनर्जीवन बर्दिया जिल्ला गेरुवा गाउँपालिका–६ मनाउका महावीर थारुको डेढ वर्षअघि मुखमा घाउ निस्कियो । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा चिकित्सकले मुखको क्यान्सरको आशड्ढा गरेर चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा जान सल्लाह दिए ।
रामेछापमा जिप दुर्घटना : वडा अध्यक्षसहित पाँचजनाको मृत्यु, तीन घाइते
रामेछापमा जिप दुर्घटना : वडा अध्यक्षसहित पाँचजनाको मृत्यु, तीन घाइते रामेछापमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालिका रहेका छन् । 
गाईपालक किसानलाई पालिकाद्वारा अनुदान
गाईपालक किसानलाई पालिकाद्वारा अनुदान गाईपालक किसानलाई यहाँको सत्यवती गाउँपालिकाले अनुदान दिने भएको छ । पहिलो बेत ब्याउने गाई पाल्नेलाई प्रति गाई रु दश हजार अनुदान दिने निर्णय गरेको हो । गाईपालक किसानलाई पहिलो पटक प्रोत्साहनस्वरुप अनुदान वितरण गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण अरुणखोलाको रिपाहाघाटमा झोलुङ्गे पुल निर्माण भएको छ । निस्दी गाउँपालिका–४ रिपाहा र नवलपुर ९नवलपरासी सुस्तापूर्व० को मध्यविन्दु नगरपालिका–१४ जोड्ने गरी रिपाहाघाटमा पुल निर्माण गरिएको हो ।
गुल्मीमा धान उत्पादन बढ्यो
गुल्मीमा धान उत्पादन बढ्यो जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष २४ हजार चार सय २६ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २५ हजार एक सय ४३ मेट्रिक टन  धान फलेको छ । 
स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै
स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत बिरुवा गाउँपालिका–७ कुसुमभञ्ज्याङस्थित जीवनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले कुखुरापालन गरेका छन् । त्यसबाट उनीहरूले सामान्य खर्चको जोहो गर्दै आएका छन् ।
सुनको मूल्य प्रतितोला नौ सय बढ्यो
सुनको मूल्य प्रतितोला नौ सय बढ्यो पछिल्लो दुई दिन लगातार घटेको सुनको मूल्य आज भने बढेको छ । आज प्रतितोला रु नौ सयले बढेर रु एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
‘ड्रागन फ्रुट बिक्री गर्न समस्या छैन’
‘ड्रागन फ्रुट बिक्री गर्न समस्या छैन’ यहाँका एक किसानले ‘ड्रागन फ्रुट’ बिक्रीबाट रु १८ लाख आम्दानी गर्न सफल भएका छन् । स्याङ्जाको वालिङ–१ धरमपानीमा व्यावसायिक रूपमा ड्रागनखेती गरेका कृष्णप्रसाद ढुङ्गानाले ड्रागन बेचेर रु १८ लाख आम्दानी गरेका हुन् ।
नेप्से परिसूचक ३३ अङ्कले बढ्यो
नेप्से परिसूचक ३३ अङ्कले बढ्यो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव ४१ अङ्कले बढेर दुई हजार सात सय १६ दशमलव ६६ कायम भएको छ । आज परिसूचक एक दशमलव २४ प्रतिशतले बढेको हो ।
बाख्रापालनबाट वार्षिक १५ लाख आम्दानी
बाख्रापालनबाट वार्षिक १५ लाख आम्दानी तुलसीपुर उपमहानगरपालिका–१० टरिगाउँका ४० वर्षीय रुद्रगोपाल डाँगीले उन्नत जातका बाख्रापालन व्यवसायबाट वार्षिक रु १५ लाखसम्म आम्दानी गरिरहेका छन् । नेपाल प्रहरीबाट सेवानिवृत्त भएपश्चात् विसं २०७५ देखि व्यावसायिक बाख्रापालन सुरु गर्नुभएका उहाँले सबै खर्च कटाएर वार्षिक रु छ लाख बचत हुने गरेको बताए । 
सुनको मूल्य दुई हजार छ सयले घट्यो
सुनको मूल्य दुई हजार छ सयले घट्यो सरकारले भन्सार दर घटाएपछि सोमबार नेपाली बजारमा उच्च गिरावट देखिएको सूनको मूल्य आज पनि घटेको छ । आज सुन प्रतितोला रू दुई हजार छ सयले घटेर एक लाख ४८ हजार सात सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
Weather Update