Shittalpati
गोरु पाल्ने किसानलाई पालिकाको अनुदान
गोरु पाल्ने किसानलाई पालिकाको अनुदान चन्द्रकोट गाउँपालिकाले हल गोरु पाल्ने किसानलाई अनुदान दिनेभएको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार पालिकाभित्र हल गोरु पाल्ने किसानलाई प्रतिकिसान रु तीन हजारका दरले अनुदान दिने जनाएको छ । 
सुनको भाउ हालसम्मकै उच्च, प्रतितोला रु चार हजारले बढ्यो
सुनको भाउ हालसम्मकै उच्च, प्रतितोला रु चार हजारले बढ्यो स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुनको मूल्य प्रतितोला रू चार हजारले बढेर रू एक लाख ७४ हजार पाँच सय कायम भएको छ । स्थानीय बजारमा बिहीबार सुन प्रतितोला रू एक लाख ७० हजार पाँच सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला...
सिद्धपृथ्वी जनता क्याम्पसको स्ववियु सभापतिमा चौधरी
सिद्धपृथ्वी जनता क्याम्पसको स्ववियु सभापतिमा चौधरी दाङको दङ्गीशरण गाउँपालिका–६ स्थित सिद्धपृथ्वी जनता क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापतिमा अखिल (क्रान्तिकारी) का उम्मेदवारले मात्रै उम्मेदवारी दर्ता गरेपछि निर्विरोध नेतृत्व चयन भएको छ ।
देशका अधिकांश भागमा आज मौसम सफा रहने
देशका अधिकांश भागमा आज मौसम सफा रहने हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने बाँकी भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा...
ऊनबाट आम्दानी खोजिरहेका आमा
ऊनबाट आम्दानी खोजिरहेका आमा  बागलुङको निसी, भुजी र तमान क्षेत्रका अधिकांश स्थानीय पुस्तौँदेखि भेडापालनमा सक्रिय छन् । पहाडी भेग भएकाले पशुपालनमा रमाइरहेका यहाँका स्थानीय किसान पछिल्लो समय भेडाको मासुसँगै ऊनको समेत उपयोगमा लाग्न थालेका हुन् ।
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्यमा सामान्य गिरावट स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन प्रतितोला रु पाँच सय र चाँदी प्रतितोला रु १५ ले घटेको हो ।
महिलालाई रोजगारी दिँदै भूमिकास्थान
महिलालाई रोजगारी दिँदै भूमिकास्थान अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले सञ्चालन गरेको कर्मशिल जनशक्ति परिचालन कार्यक्रमबाट महिला रोजगारीमा जोडिन थालेका छन् । गत आर्थिक वर्षमा एक सयभन्दा बढी महिला उद्यमी तयार गरी मकैको पोस्कर र थाकलबाट टोपी तथा झोला निर्माण गरेको पालिकाले यस वर्ष उक्त परिमाणमा रोजगारी दिने लक्ष्य लिएको छ । 
घुम्ती सेवाबाट आठ सयजना लाभान्वित
घुम्ती सेवाबाट आठ सयजना लाभान्वित गुल्मीको धुर्कोट गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती सेवाबाट आठ सय ७६ जना लाभान्वित भएका छन् । धुर्कोट–३ हाडहाडेमा सञ्चालन गरिएको उक्त सेवाअन्तर्गत चार सय गाईभैँसी र एक हजार तीन सय ५० बाख्राका लागि औँषधि समेत वितरण गरिएको छ । 
पाल्पाका किसान आलु थन्क्याउन व्यस्त
पाल्पाका किसान आलु थन्क्याउन व्यस्त खेतबारीमा किसानहरु आलु खन्ने काममा व्यस्त छन् । आलु खन्ने र उत्पादित आलु घरघरमा थन्क्याउने कार्य भइरहेका छन् । व्यावसायिक उत्पादनका लागि आलु लगाएका किसानले खेताला लगाएर आलु खन्ने काम गरिरहेका छन् ।
विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन
विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन विश्व शान्तिको कामनासहित बुद्धजन्मस्थल लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन गरिएको छ ।  चौथौ त्रिपिटक पाठ समारोहको समापनलगत्तै शनिबार साँझ केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी स्क्वायरमा सात हजार दीप प्रज्ज्वलन गरिएको हो ।
जसलाई महिला दिवसले छोएन...
जसलाई महिला दिवसले छोएन... बगनासकाली गाउँपालिका–२ घोरबन्दकी सुन्तली कुमालको दिन ज्याला मजदुरीमै बित्ने गर्छ । अकाशिएको महँगीसँगै छोराछोरीको पढाइ खर्च र बिहानबेलुकाको हातमुख जोड्ने जोहो गर्न दैनिक रूपमा काममा निस्कनु उनको बाध्यता हो ।
बस्ती संरक्षणका लागि तटबन्धन
बस्ती संरक्षणका लागि तटबन्धन बागलुङको गलकोटमा बस्ती संरक्षणका लागि दरमखोला र गौदीखोलामा तटबन्धन गर्न थालिएको छ । बर्खाको समयमा खोला उर्लिएर आउँदा गलकोट नगरपालिकाको हटिया बजार, दुधिलाभाटी, आँगाखेतलगायतका बस्ती जोखिममा पर्ने हुँदा तटबन्धन गर्न थालिएको हो । 
Weather Update