ढोरपाटनमा एक वर्षमै फल्यो स्याउ
बुधबार, भदौ २६, २०८१

डेङ्गु सङ्क्रमण तीव्र, जोगिने कसरी ?
मंगलबार, भदौ २५, २०८१
गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण तीव्र भइरहेका बेला उक्त रोगको सङ्क्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका छन् । सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले उक्त रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गुबाट बच्ने उत्तम उपाय भएको उनीहरुको भनाइ छ ।

संस्कृति संरक्षण तथा पुस्तान्तरणका लागि पञ्चेबाजा प्रतियोगिता
मंगलबार, भदौ २५, २०८१
बाल दिवसका अवसरमा स्याङ्जामा पञ्चेबाजा प्रतियोगिता आयोजना गरिने भएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा बालबालिका समूहको जिल्लास्तरीय पञ्चेबाजा प्रतियोगिता हुने भएको हो ।

बाढीले बगाएर बेपत्ता माझीको शव फेला
मंगलबार, भदौ २५, २०८१
बकैया खोलाले बगाएर विगत चार दिनदेखि बेपत्ता भएका एकजनाको शव आज बिहान फेलापरेको छ । रौतहट चन्द्रपुर नगरपालिका–२ जुडिबेलाका ४२ वर्षीय अकले कुस्वार माझीको शव बाराको कोल्बी नगरपालिका–२ बकैया खोलाको बगरमा फेलापरेको प्रहरीले जनाएको छ ।

नेप्से परिसूचक पछिल्लो चार कारोबार दिनदेखि निरन्तर ओरालो
सोमबार, भदौ २४, २०८१
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो चार कारोबार दिन लगातार गिरावट देखिएको छ । गत साताको बुधबार ९० दशमलव ७३ र बिहीबार १२ दशमलव १० अङ्कले घटेको नेप्से परिसूचक यो साता कारोबारको पहिला दिन हिजो २५ दशमलव ४६ अङ्कले घटेको थियो ।

खुला मिनीम्याराथन प्रतियोगितामा इटहरीका धनु मानन्धर प्रथम
सोमबार, भदौ २४, २०८१
एक सय ११औँ बिपी जयन्तीको अवसरमा नेपाली कांग्रेस रुपन्देहीद्वारा आयोजित खुला सडक दौड प्रतियोगितामा इटहरीका धनु मानन्धरले प्रथम स्थान प्राप्त गरेका छन् ।

सवारी साधन एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु
सोमबार, भदौ २४, २०८१
चितवनमा कन्टेनर र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्जबाट कुखुराको दाना लिएर भरतपुरतर्फ आइरहेको ना८ख २८१८ नम्बरको कन्टेनर र विपरीत दिशाबाट गइरहेको बागमती प्रदेश ०६–००३प ४८५१ नम्बरको मोटरसाइकल आज बिहान रत्ननगर नगरपालिका–३ शान्तिचोकमा एकापसमा ठक्कर खाँदा मोटरसाइकल चालक रत्ननगर–१५ का ३४ वर्षीय...

जहाज ‘ग्राउन्डेड’ भएपछि टरिगाउँमा अब प्रत्येक शुक्रबार मात्र उडान भरिने
सोमबार, भदौ २४, २०८१
नेपाल वायुसेवा निगमले तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा प्रत्येक शुक्रबार मात्र उडान भर्ने भएको छ । गत हप्तादेखि प्रत्येक शुक्रबार मात्र उडान गरिएको निगमका दाङ प्रमुख बलबहादुर सुनारले बताए ।

चालीस वर्षदेखि सारङ्गी रेट्दै लालबहादुर
सोमबार, भदौ २४, २०८१
टालेको झुत्रो झोला, हातमा सारङ्गी । त्यही सारङ्गी रेट्दै घरघरमा मिठो धुन सुनाउँदै हिँड्नुभएका सल्यान खलङ्गाका ५५ वर्षीय लालबहादुर गन्धर्व हालै यहाँको घोराही बजार आइपुगेका छन् ।

असुरक्षित भवनबाट सेवा दिँदै इलाका प्रशासन कार्यालय
सोमबार, भदौ २४, २०८१
तत्कालीन मर्चवारको १८ गाविसलाई सेवा दिने उद्देश्यले २०४६ सालमा स्थापना गरिएको थियो, इलाका प्रशासन कार्यालय मझगावा । अहिले पनि उक्त कार्यालयले रुपन्देहीको दक्षिणी क्षेत्र कोटहीमाई, सम्मरीमाई र मर्चवारी गाउँपालिकाका सेवाग्राहीलाई सेवा प्रदान गरिरहेको छ ।

चाडपर्व लक्षित सडक दुर्घटना न्यूनीकरणमा जोड
आइतबार, भदौ २३, २०८१
दसैँ, तिहारजस्ता चाडपर्वमा हुनसक्ने सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जोड दिएको छ । चाडपर्वका समयमा काठमाडौँबाट बाहिरिने यात्रुको घुइँचो अत्यधिक हुने र उक्त समयमा दुर्घटनाको जोखिम पनि उच्च हुने भएकाले त्यसको नियन्त्रण गर्न मन्त्रालयले अग्रसरता लिएको हो ।

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम पनि घट्यो
आइतबार, भदौ २३, २०८१
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ४६ अङ्कले ओरालो लागेर दुई हजार सात सय एक दशमलव ९० मा सिमित भएको छ ।
-1721213853.jpg)
तोलामा एक हजार दुई सयले घट्यो सुनको मूल्य
आइतबार, भदौ २३, २०८१
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा एक हजार दुई सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा एक लाख ५३ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ५२ हजार एक सय निर्धारण भएको छ ।